स्याङ्जा १८ असोज । जेन —जी आन्दोलनको क्रममा बिभिन्न जिल्ला कारागारबाट भागेका ६ कैदीबन्दी स्याङजामा पक्राउ परेका छन । कारागारबाट फरार उनीहरु लुकिछिपी बसेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कास्की कारागारबाट भागेका ३ जना, काठमाण्डौंबाट २ र तनहुँबाट एक जना छन्। पक्राउपछि उनीहरुलाई आवश्यक कारवाहीकालागि स्याङ्जा कारागारमा बुझाइएको छ ।
प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार, ‘कास्की कारागारबाट भागेका यामबहादुर रोका भीरकोट नगरपालिका ३ मा पक्राउ परेका हुन। कर्तव्य ज्यान मुद्धामा कारागार शाखा कास्कीमा रहेका उनी २४ गते फरार भएपछि आफनै घरमा आई बसेका थिए ।
भीरकोट ५ का २८ बर्षिय बिमल जिटी पनि घरबाटै पक्राउ परे। जि.टी जवरजस्ती करणीको मुद्धामा कास्की कारागारमा थिए ।
कास्कीबाटै भागेका अभिषेक नेपाली पुतलीबजार १ कालाखोलाबाट पक्राउ परे। पुतलीबजार ९ कोल्माका २६ बर्षिय नेपाली जवरजस्ती करणीको मुद्धामा सजाए भोग्दै थिए ।
यसैगरी, केन्द्रीय कारागार जग्गनाथदेव काठमाण्डौबाट भागेका चापाकोट नगरपालिक ४ का ३४ बर्षिय बिनोद दर्जी बिरुवा गाउँपालिका ६ धरादीबाट पक्राउ परका थिए । दर्जीलाई जवरजस्ती करणीको मुद्धामा दोषी हुन ।
पुतलीबजार ५ पौवेगौंडेका ६७ बर्षिया नुनुमाया कार्की पनि घरबाट पक्राउ परिन्। कर्तव्य ज्यान मुद्धाका अभियुक्त हुन ्।
र, तनहुँको कारागारबाट फरार यमबहादुर बिक पुतलीबजार नगरपालिका १४ बाट पक्राउ पर े। लागु औषध दुरुपयोगको मुद्धामा उनी कारागारमा थिए ।’
भदौ २३ र २४ गतेको आन्दोलनका कारण कारागारबाट फरार रहेका अन्य जो कोही भए पनि प्रहरी कार्यालयको १०० नम्बरमा फोनगरी सम्पर्कमा आउन जिल्ला प्रहरी प्रमुख न्यौपानेको आग्रह छ ।