Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
    चापाकोट नगरपालिका

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    Syangja SandeshBy Syangja SandeshSeptember 4, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ भदौ । चापाकोटको पर्यटकीय क्षेत्र रामडाँडा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । बर्खा सकिए लगतै दृश्यावलोकनका लागि पुग्ने आन्तरिक पर्यटकले रामडाँडा भरिभराउ भएको हो । पछिल्लो समय रामडाँडामा दैनिक झण्डै ३÷४ सयको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

    जिल्लाका वालिङ्, गल्याङ्, हरिनाश, छिमेकी पाल्पा, गुल्मी, तनहुँ र पर्वत जिल्लाबाट आन्तरिक पर्यटक रामडाँडा पुगेका छन् । रामडाँडा पुग्ने अधिकांश आन्तरिक पर्यटकले धार्मिक मनोकांक्षा पुरा हुने अपेक्षा सहित दृश्यावलोकनलाई प्राथमिकता दिने गरेका छन् । आसपासका विद्यालय, युवा क्लब, आमा समूहले भ्रमण गर्ने रामडाँडा युवायुवतीका लागि पिकनिक गन्तव्य बन्दै गएको छ ।

    रामडाँडाबाट स्याङ्जाको उत्तरीभेग, पाल्पाको रामपुर उपत्यका, तनहुँ, कास्की, नवलपुर जिल्लाका पहाडी भूभाग दृश्यावलोकन गर्न सकिन्छ । विशेष गरि माछापुच्छ, धौलागिरी, अन्नपूर्ण सहितका हिमश्रंखला अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीय दानबहादुर थापाले बताउन्भयो । चाडपर्व शुरुवात भएसँगै आन्तरिक पर्यटकले रामडाँडा भरिभराउ भएको थापाले सुनाउनुभयो ।

    चापाकोट नगरपालिकाको सक्रियतामा गण्डकी प्रदेश सरकारको सहयोगमा रामडाँडामा पछिल्लो सयम भौतिक संरचना बन्दै गएको छ । पुरानो मनकामना मन्दिरको जिर्णोद्धार, भगवान शिवको अग्लो प्रतिमा सहितको पार्क निर्माण, प्रतिक्षालय, पिकनिक स्थल बनाउँनै पछिल्लो ६ वर्षको अन्तरालमा सरकारका तर्फबाट झण्डै ४० लाख लगानी भएको छ ।पर्यटकीय पूर्वाधार बन्दै गएपनि पर्यटक क्षेत्रको थप व्यवस्थापन गर्न आर्थिक अभाबले सकिएको छैन् । रामडाँडाको पर्यटकीय गतिविधि व्यवस्थापनको जिम्मेवारी स्थानीय सृजना क्लबले लिएको छ ।

    आन्तरिक पर्यटकले भरिभराउ भएपनि नियमित श्रोत अभाबमा पर्यटकलाई थप सेवा र आवश्यक सहजीकरण गर्न नसकिएको क्लबका अध्यक्ष निर्मल थापाले बताउनुभयो । रामडाँडामा पर्यटकको आगमनसँगै आर्थिक गतिविधि बढ्दै गएको छ । स्थानीय युवाहरु स्वरोजगार मुलक आयआर्जनमा लागेका छन् । युवायुवती विहीन बन्दै गएको गाउँमा आन्तरिक पर्यटकले चहलपहल बढाउँदै लगेको अध्यक्ष थापाले जानकारी दिनुभयो। रामडाँडा पुग्ने पर्यटकको बसाई लम्बाउन सके स्थानीयको आर्थिक उन्नतीमा टेवा पुग्नेमा थापाले विश्वास जनाउनुभयो ।

    पर्यटकीय क्षेत्र रामडाँडाबाट हिमश्रंखला र पहाडी क्षेत्रको दृश्यावलोकन गर्दा आनन्द हुने र सुखानुभूति मिल्ने गरेको पर्यटक बताउँछन् । जाडोयाममा घमाईलो र गर्मियाममा चिसो हावा पाईने रामडाँडा पुग्ने पर्यटकले वातावरणीय रुपमा मज्जा लिदै आएको उनीहरुको भनाई छ । आन्तरिक पर्यटकले खचाखच भरिने रामडाँडामा भने बिदेशी पर्यटक नगन्य मात्रामा पुग्ने गरेका छन् ।

    हिन्दु धर्मालम्बिहरुको आस्थाको मनकामना मन्दिरमा श्रावण बाहेक वर्षभरिको पूर्णिमाका दिन बलि चढाएर पुजाआजा गरिन्छ । बडादशै र चैतेदशैको पूर्णिमाका दिन ठूलो मेला र अन्य महिनाको पूर्णिमामा बलि चढाउन आउने आन्तरिक धार्मिक पर्यटकको संख्या पनि उत्तिकै छ । रामडाँडासँगै उपल्लो डाँडाको कोटकालिका मन्दिरमा त्यस क्षेत्रका हिन्दु धर्मालम्बिहरुले पञ्चबली (पाँच जनावरको एकसाथ बध गर्ने) पुजा लगाउने गरेका छन् ।

    सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्ड अन्र्तगत वालिङको मिर्दिबाट झण्डै २०, पृथ्वी राजमार्गको पोखरा–काठमाडौं खण्डको तनहुँको दुलेगौडाबाट हरिनाश हुँदै करिब ३० र पाल्पाको रामपुरबाट चापाकोट–८, दामाचौर हुँदै झण्डै ९ किलोमिटरको यात्रापछि चापाकोट नगरपालिका–५ सेखामास्थित समुन्द्र सहतदेखि झण्डै ११ सय मिटर उचाईमा रहेको प्याराग्लाईडिङ्गका लागि प्रचुर सम्भाबना बोकेको रामडाँडा पुग्न सकिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.