गोपिकृष्ण रेग्मी
स्याङ्जा २१ कात्तिक । चापाकोट नगरपालिका–८ का वडा अध्यक्ष टोपलाल (राजु) न्यौपानेले मणिमुकुन्देश्वर गुरुकुलमा अध्ययनरत आवासीय विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि ३५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा प्रदान गरेका छन् ।
वडाध्यक्ष न्यौपानेका अनुसार, गुरुकुलमा बस्ने विद्यार्थीहरू विरामी परेपछि अस्पताल लैजान अभिभावक वा समितिका प्रतिनिधिहरू समयमै उपस्थित नहुने समस्या देखिएकाले अब बीमा सुविधासँगै उपचार सचापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
हज र छिटो हुने अपेक्षा गरिएको उहाले भन्नुभयो ।
“विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो । अब कुनै बालक विरामी परे पनि उपचारका क्रममा ढिलाइ हुने अवस्था रहनेछैन ।”
मणिमुकुन्देश्वर गुरुकुलले विगतदेखि नै आफ्ना वटुक बालकहरूलाई भोजन, आवास, अध्ययन सामग्री र उपचार सुविधा निःशुल्क उपलब्ध गराउँदै आएको छ। विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई संस्थागत रूप दिन वडा नं. ८ कार्यालयले बीमा सेवा सुरु गरेको हो ।
गुरुकुल परिवारले यस मानवतामूलक र प्रेरणादायी कार्यका लागि वडा अध्यक्ष टोपलाल न्यौपाने, तथा सम्पूर्ण वडा नं. ८ परिवारप्रति हृदयदेखि आभार र धन्यवाद व्यक्त गरेको छ ।
गुरुकुलका पदाधिकारीहरूले वडाको यो सहयोगले विद्यार्थीहरूमा सुरक्षा, विश्वास र प्रेरणा जागृत भएको बताएका छन्। साथै, यसले गुरुकुललाई सेवा, संस्कार र समर्पणको यात्रामा अझ अघि बढ्न उत्प्रेरित गरेको जनाइएको छ।
Saturday, November 8
Trending
- चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
- स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
- स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
- पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
- फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
- खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
- कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
- कृषकका असल साथी, सम्झनामा माधव सर
