स्याङ्जा २७ फागुन । चापाकोट नगरपालिकामा नगर स्तरीय क्रिकेट संघ गठन भएको छ । क्रिकेट खेलप्रति युवा उत्प्रेरणा जगाउने उद्देश्यले प्रेमनारायण रेग्मीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको हो ।
संघको उपाध्यक्षमा सागर पंगेनी, सचिवमा प्रकाश माझी, कोषाध्यक्षमा सुदीप गैह्रेलाई चयन गरिएको छ । यसैगरी, सदस्यहरूमा विनोद मल्ल, रामचन्द्र ढकाल, रविन भट्टराई, दामोदर भण्डारी र हिमाल भण्डारी रहनु भएको छ ।