स्याङ्जा २४ चैत । बाडखोला दुलेगौडा अन्र्तगत पुतलीबजार नगरपालिका ३ स्थित चम्पापानी सडक पक्की निर्माण भएसंगै उदघाटन गरिएको छ । नगरप्रमुख तुलसीराम रेग्मीले सो सडक पिच पुरा भएसंगै उदघाटन गर्नुभएको हो ।
बर्षातका समयमा पैदल तथा सवारी साधन हिड्न निकै कठिन भएका बेला नगरप्रमुख तुलसीराम रेग्मीको पहल र अठोटमा निर्माण सम्पन्न भएको जनाउदै स्थानीयबासीले स्वागत सम्मान सहित सडकको उदघाटन गर्ने वातावरण मिलाएका हुन ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, वडा नं. ७ का अध्यक्ष कृष्णबहादुर आले , ५ का अध्यक्ष अर्जुन कार्की, ३ का सदस्य अमिरबक्स मिया, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, च्याम्बर अफ कमर्शका सहसचिव प्रकाश गौतम लगायतले सडक निर्माणपछि स्याङ्जा पोखरासंगै पुतलीबजारका वडा नं. ३, ५, ६ र ७ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो ।
सडकखण्ड अन्तरगत अफठयारो र जोखिमपूर्ण रहेकाले यहाँ पिच भएको थिएन । जसका कारण समयमै अस्पताल पुरयाउन नसक्दा एक गर्भवती महिलाको पनि ज्यानै गएको स्थानीय उपभोक्ताले सुनाउनुभयो । सडक निर्माणका लागि नगर प्रमुखले गरेको भूमिकाप्रति सम्मान गर्दै पिच भएकै दिन प्रमुखद्धारा उदघाटन गर्न लागिएको स्थानीय उपभोक्ता विश्वराज मरासिनीले जानकारी दिनुभयो ।
खुरखुर ढुंग्याउन टोल बिकास संस्थाका अध्यक्ष जमूना मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय उपभोक्ताहरु एवं नेपाली कांग्रेसका जिल्ला सदस्य दिर्घनारायण शर्माले स्वागत वडा सभापति कमलकान्त मरासीनीले धन्यवाद र सचिव मोतीप्रसाद मरासिनीले संचालन गर्नुभएको थियो ।
