स्याङ्जा २८ फागुन । नेपाल तरुण दल स्याङ्जाले तोकिएको समयसिमामै महाधिवेशन सम्पन्न गर्नेगरि तयारीको जुटेको छ ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति स्याङ्जाको बिहीवार बसेको बैठकले स्याङ्जाका सबै वडामा पुगेर नयाँ सदस्यता तथा सदस्यता नविकरण गर्ने निर्णय गरेको उपाध्यक्ष रविन के.सी.ले जानकारी दिनुभयो ।
आउदो चैत १० गतेभित्र स्याङ्जाका ९७ वटै वडामा पुगेर पूर्णकालिन सदस्यता बितरण तथा नविकरण गर्ने निर्णय भएको हो ।
नेपाल तरुण दल केन्द्रिय समितिले २०८१ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । केन्द्रिय समितिको निर्णय बमोजिम तोकिएको समयमै जिल्ला अधिवेशन सम्पन्न गर्न आँफू प्रतिवद्व रहेको नेपाल तरूण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले जानकारी दिनुभयो ।
नेपाली जनताको मुक्ति र लोकतन्त्र स्थापनाका लागि बिद्यार्थी र तरुणकै माध्यमबाट निरन्तर सङघर्ष गरिरहेको नेपाली काङ्ग्रेसको पहिलो र बलियो भातृ संगठन पनि नेपाल तरुण दल भएको अध्यक्ष मल्लको भनाई छ ।
प्रजातान्त्रिक समाजवादी विचारलाई युवाका माध्यमबाट जनतामा स्थापित गराउनेउदेश्य अनुरुप वी.पी. कोइरालाको प्रेरणाबाट २०१० साल कात्तिक १० गते नेपाल तरुण दलको गठन भएको हो ।