Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 11
    Trending
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रजिअ अर्याललाई बालबालिकाका प्रश्नै ….. प्रश्न ??
    पुतलीबजार नगरपालिका

    प्रजिअ अर्याललाई बालबालिकाका प्रश्नै ….. प्रश्न ??

    Syangja SandeshBy Syangja SandeshApril 30, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ बैशाख । चापाकोट नगरपालिका बैडी माध्यमिक बिद्यालयका छात्रा आरती बस्यालले शिक्षक आन्दोलनको वाध्यता कसरी आयो ? किन भैरहेको ? हामीले पढ्न कहिलेदेखि पाउने ? आन्दोलनका कारण प्रशासनिक कार्य पनि प्रभावित भएका छन् वा छैनन् ? भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई प्रश्न गर्नुभयो ।

    बालसंजाल स्याङजाका कोषाध्यक्ष समेत रहेकी बस्यालले शिक्षक आन्दोलनले हाम्रो पढाई बिग्रीएको छ। कहि कतै पढाई नै भएको छैंन। भैहाले पनि गफगाफमा दिन बितेका छन् भन्दै गुनासा सुनाउनुभयो ।

    पुतलीबजार नगरपालिका सरस्वती माध्यमिक बिद्यालयका छात्रा दृष्टि शर्माले पनि अहिले नयाँ कक्षामा पढ्न पाउने समयमा नतिजा पाउन नसकेको र छिमेकी निजी बिद्यालयका साथीहरु नयाँ शैक्षिक सत्र बमोजिम पढ्न पाउदा हामीलाई नकरात्मक प्रभाव परिरहेको छ । हामीलाई चिन्ता लागेको छ । बिद्यालय सुचारु गराउन हजुरबाट के कस्तो सहयोग हुन सक्छ भन्दै प्रश्न गर्नुभयो ।

    जिल्ला बालसंजाका सहसचिव समेत रहेका शर्मा जस्तै झण्डै १२÷१५ जना बालबालिकाले यस्तै खालका प्रश्न गरेका थिए ।
    सामुदायिक बिद्यालयका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा रहेका बेला स्याङ्जा सदरमुकाममा भने बालबालिकाले नवआगन्तुक प्रजिअ अर्यालसंग साक्षात्कारसंगै आफना बालअधिकारका बारेमा जिज्ञासा राख्ने अवसर पाएका हुन ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा ‘बालबालिकासंग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम गरिएको हो।

    सामुदायिक बिद्यालयका पठनपाठन बन्द भएको, कक्षागत नतिजा पाउन नसकिएको, बालअधिकार र मौलिक अधिकार, छिमेकी साथीले निजी बिद्यालयमा अध्ययन गरिसकेको, बाल विवाह, जन्मदर्ता, नागरिकता, अभिभावक बिहीन बालबालिका, निशुल्क शिक्षा, दुब्र्यवहार, हत्या, हिंसा, बलात्कार, भू्रणहत्या, धुम्रपान तथा मद्यपान, कुलतको संगत लगायतका बिषयमा देखेका, भोगेका तथा सुनेगरेको जनाउदै, प्रजिअ बन्न कसरी पढ्नुपर्छ भन्ने बिषयमा केन्द्रितरही प्रजिअको बालापनको अवस्थाका बारेमा प्रश्न गरेका थिए ।

    बालबालिकाका जिज्ञासाको जवाफ दिदै प्रजिअ अर्यालले बिद्यालयको पठनपाठन सुचारु गर्ने वातावरण सरकारले गर्नु पर्ने बिषय भएको बताउनुभयो । बालबालिकालाई कुलतमा नलाग्न आफै सचेत बन्नुपर्ने र विद्यालय, शिक्षक र अभिभावकको भुमिका महत्वपूर्ण रहने उहाले जनाउनुभयो । बाल अधिकार लगायत अन्य बिबिध बिषयमा स्थानीय सरकार र सम्बन्धित कार्यालयसंग समन्वय गर्दै काम गर्न सकिनेमा जोड दिनुभयो ।

    महिलासंग सम्बन्धित घटनाका बारेमा बिगतका तुलनामा सकारात्मक प्रभाव बढ्देै गएको र महिलामा चेतना सहित जागरुकता बढेको बताए। जन्मदर्ता र नागरिकता जन्मसिद्ध अधिकार भएको र राज्यले पनि समायानुकुल ब्यवस्था मिलाएको जानकारी गराउनुभयो ।

    मेहनतले मात्र सफलता प्राप्ति हुने जनाउदै प्रजिअ बन्न ध्यानपूर्वक राम्ररी अध्ययन गरेमा प्रमुख जिल्ला अधिकारी भईने उहाले भन्नुभयो ।

    जिल्ला बाल संजाल स्याङ्जाका अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संजालका गण्डकी प्रदेशका कोषाध्यक्ष कुशुम रेग्मीले संचालन गर्नुभएको थियो ।

    जिल्लाका एघार पालिकाका बालबालिका समेटेर १८ सदस्यीय जिल्ला बाल संजाल गठन गरिएको र उनीहरुका क्षमता अभिबृद्धिका लागि यस्ता रचनात्मक कार्य गरिदै आएको सामाजिका विकास कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.