स्याङ्जा २७ बैशाख । स्याङ्जा जिल्लामा नबआगन्तुक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
संघको कार्यालयमा शुक्रवार आयोजित स्वागत कार्यक्रममा प्रजिअ इश्वरीप्रसाद अर्याल र प्रहरी उपरीक्षक दधिराम न्यौपानेलाई स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं केन्द्रिय पूर्व सदस्य दिपक लम्साल, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदीले प्रजिअ एवं प्रहरी प्रम्ुखलाई जिल्लाको बस्तुगत अवस्था, आर्थिक अवस्थाका बारेमा जानकारी गराउदै कार्यकाल सफलताको शुभकामना सहित स्वागत गर्नुभएको थियो ।
स्वागत पछि प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेले उद्योग ब्यवसायी र सुरक्षा निकायबिच समन्वय र सहकार्य गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रविन केसीले गर्नुभएको थियो ।