स्याङ्जा ७ साउन । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४३ औं स्मृति दिवसमा नानीमाया विश्वकर्मालाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस विरुवा गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा घरवास बिहीन ६० बर्षिया एकल महिला विश्वकर्मालाई संघीय सांसद राजु थापाले घर सहित घर सहित चावी हस्तान्तरण गर्नुभएको हो । चावी हस्तान्तरण गर्दै सांसद थापाले वीपी बिचार सिद्धान्त आज पनि उत्तिकै सार्थक रहेको बताउनुभयो ।
राजनीति र साहित्यिक क्षेत्रमा वीपीका योगदानको चर्चा परिचर्चा गर्नुभयो ।
वीपी, समाजवाद भनेको यस्तै अनुकरणीय कामबाट सिर्जित हुने परिणाम भएको पनि नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति समेत रहेका थापाले भन्नुभयो ।
बिरुवा गाउँपालिका ५ स्थित पुष्प गाउँमा निर्मित सो घर निर्माणका लागि ३ लाख ५० हजार रुपैंया खर्च भएको नेपाली कांग्रेस विरुवाका सभापति डोलराज पोखरेलले जानकारी दिनुभयो । बिजुली, खानेपानी, शौचालय सहित दुई कोठे भवन निर्माणमा घर निर्माणकालागि नेपाली काँग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ स्याङ्जाको आर्थिक सहयोगमा छ ।
ढुंगा माटाले बनेको एकतले कच्ची घर आगलागीबाट घर जलेर नष्ट भएपछि विश्वकर्मा छिमेकीको घरमा बस्दै आउनु भएको थियो । सुबिधायुक्त घर पाएपछि विश्वकर्मा खुशी हुनु भएको छ ।