स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले बालगृहलाई खाद्यान्न प्रदान गरेको छ ।
फेदिखोला गाउँपालिका १ मा रहेको अमोर बाल गृहमा खाद्यान्न सहयोग गरेकोे हो । चामल, दाल, तेल, लगायतका खाजा सहितका खाद्यान्न उपलब्ध गराएको छ ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले बालगृह संचालिका कमला पराजुलीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा जिल्ला तथा पालिका स्तरीय नेता तथा नेतृहरुको सहभागिता थियो ।