स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका १ स्थित वीपी चोकमा वीपीका शालिकमा माल्यापर्णगरि मनाइएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित वीपी चोकमा विपी कोईरालाको सालिकमा माल्यार्पण गरिएको छ । नेपाली काँग्रेस पुतलीबजार नगर समितिको आयोजनामा दिवस मनाईएको हो ।
वीपीको सालिकमा माल्यार्पण गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तीले बीपी कोईरालाको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यबहाक सभापति केदार काफ्ले, गण्डकी प्रदेश पुर्वसाँसद भागवत् प्रकाश मल्ल, प्रदेश सदस्य कुम बहादुर गुरुङ्, जिल्ला सचिव दामोदर लम्साल लगायतले सहभागीले वीपीको शालिकमा फुलमाल अर्पणगरी वीपीका योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
नगर सभापति सुरज कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव महादेव श्रेष्ठले गर्नुभएको थियो ।