स्याङ्जा ३ कात्तिक । लायन्स क्लव अफ पुतलीबजारले बोनम्यारोबाट पिडित एक बालकलाई आर्थिक सहयोग गरेको छ ।
पुतली बजार नगरपालिका २ लामीडाँडाका १४ बर्षिय कौशल कुँवरलाई क्लवले २२ हजार २ सय ८० रुपैंया नगद सहयोग गरेको हो । बावुलाइ उपचारमा सहयोग पुरयाउने उदेश्यले स्याङ्जा एरिया लिडर लायन श्रीगुरुङले सो रकम हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण गर्दै गुरुङले मानवीय सेवामा समर्पित हुन पाउदा खुशी ब्यक्त गर्दे बावुको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा बिदेश बिभाग प्रमुख हर्ककुवंर, लायन्स क्लवका देवी अधिकारी, रुद्र बिस्वकर्माले स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
लायन्स क्लब स्याङ्जा पुतलीबजारको अध्यक्ष निरोज मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष सुनारले गर्नुभएको थियो। ।
