Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बोलेर भन्दा काम गरेर नतिजा देखाउन उपप्रधानमन्त्री श्रेष्ठको सुझाव
    वालिङ् नगरपालिका

    बोलेर भन्दा काम गरेर नतिजा देखाउन उपप्रधानमन्त्री श्रेष्ठको सुझाव

    Syangja SandeshBy Syangja SandeshApril 30, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ बेैशाख । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठले बोलेर भन्दापनि कामबाट नतिजा देखिनुपर्ने बताउनुभएको छ ।

    केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिले स्याङ्जाको वालिङमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज वालिङ खेलमैदानमा उद्घाटन गर्नुहुँदै उहाँले नतिजामुखी काम हुनुपर्नेमा जोड दिनुभएको हो ।

    जनताले बोलीमाभन्दा पनि कामको नतिजामा विश्वास गर्ने भएकाले सबै जनप्रनितिधिहरुले नतिजालाई महत्व दिएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । पूर्वाधार निर्माणकाक्रममा तीन वटै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्दै गर्दा विकासले थप गति लिने भएकाले सरसल्लाह गरेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

    पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञको पूर्ण सफलताको कामना गर्नुहुँदै उहाँले महायज्ञले राखेका उद्देश्यहरु पूरा गर्नकालागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु थापा, गण्डकी प्रदेश सदस्य एवम् पूर्वमन्त्री सरस्वती अर्याल , गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सभाका पूर्व सदस्य भागवतप्रकाश मल्ल, समाजसेवी एवम् उद्योगी डोलराज शर्मा पंगेनी, वालिङका उपप्रमुख कविता तिवारी , भागवता लंकार पण्डित नेत्रप्रसाद पराजुली, खगेन्द्रप्रसाद अर्याल, महासचिव भुपराज बगालेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    धार्मिक एवम् ऐतिहासिक दृष्टिले महत्वको स्थलकोरुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिवधामकारुपमा स्थापित गर्नकालागि महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले बताउनुभयो ।

    मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीकालागि आवासको ब्यवस्था गर्ने, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकूलम्) सञ्चालन गर्ने, किरियापुत्री भवन निर्माण गर्ने, अन्न क्षेत्र स्थापना गर्ने र आर्थिक संकट मोचनकालागि सवा करोड हवन गरिने उहाँले बताउनुभयो ।

    केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुने भएको हो । महायज्ञमा भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथा वाचन गर्नुहुने भएको हो ।

    वालिङमा रहेको केदारनाथ क्षेत्रलाई शिव धाम निर्माण गर्ने योजनाका साथ वालिङमा महायज्ञ सुरु गरिएको हो । योगी नरहरि नाथलेद्वारा नामाकरण गरिएको केदारनाथ मन्दिरलाई स्त्तरोन्नति गरी धाम निर्माण गर्ने दीर्घकालीन योजना रहेको महायज्ञ आयोजक समितिका संयोजक दिलिपप्रताप खांणले बताउनुभयो ।

    सिद्धार्थ राजमार्गसँगै रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आयोजकको भनाइ छ । उपप्रधानमन्त्री सिंहले केदारनाथ मन्दिर तथा प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गह्रौंसुरमा रहेको कालिका मन्दिरको समेत दर्शन गर्नुभएको छ । वैशाख २३ गतेसम्म सञ्चालन हुने महायज्ञले वालिङमा केदारनाथ धाम स्थापनाका लागि आधार तयार गर्ने आयोजकको भनाइ छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.