Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बोलबम धार्मिक यात्रामा निस्किए स्याङ्जाका ७८ युवा
    वालिङ् नगरपालिका

    बोलबम धार्मिक यात्रामा निस्किए स्याङ्जाका ७८ युवा

    Syangja SandeshBy Syangja SandeshJuly 20, 2025Updated:July 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ साउन । साउनको महिना शिवकै महिमा। सोही अवसर पारेर पहेंला र सिन्दुरे रंगका कपडा लगाएर मन्दिर मन्दिर धाउने प्रचलन पनि ह्वात्तै बढेको छ ।

    हरेक बर्षको साउन महिनामा वालिङ् बोलबम समितिद्धारा पनि धार्मिक यात्रा हुने गर्दछ। यसबर्ष पनि बोलबम समितिको आयोजनाकम ७८ जना युवा जिल्लाबाहिर बोलबम यात्रामा निस्किएका छन ।

    उहाहरुको यो २२ औं श्रृंखला हो। विस २०६० सालदेखि सुरु गरिएको यात्रा आजसम्म बर्षेनी निरन्तर जारी छ। सुबिधायुक्त २÷३ बसमा खाद्यान्न सहित आफुलाई आवश्यक पर्ने र अन्यलाई सहयोगका निम्ति सहयोगी सामाग्री लिएर उनीहरु निस्कन्छन। धार्मिक यात्रासंगै उनीहरुले दान र सहयोग पनि गर्दै आएका छन ।

    धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वालिङबाट सुरू गरेको वोलवम यात्रीले आइतबार (आज) देखि यात्रा सुरु गरेका हुन। यसैगरी, उनीहरुले देशभरका धेरै तिर्थस्थलको यात्रा गरिसकेका छन।

    यस वर्षको यात्रा दोलखा भिमेश्वर, कालिञ्चोक सहित २३ जिल्लाका प्रमुख धार्मिक स्थलको दर्शन गर्ने लक्ष्य सहित प्रारम्भ भएको सहभागी गोपिकृष्ण रेग्मीले जानकारी दिनुभयो । युवाहरूको सक्रियतामा धार्मिक एवं सहयोग भ्रमण हुदै आएको छ। सहभागिहरुले मानव सेवा आश्रमलाई सहयोग गर्दे यात्रामा हिड्ने गरेका हुन्छन ।

    वोलवम यात्रीहरूलाई वालिङस्थित केदारनाथ मन्दिरबाट गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी लगायत स्थानीयबासीले बिदाइ गर्नुभएको थियो । समितिका अध्यक्ष दिपेन्द्र तिवारीले सामाजिक सेवाभावसंगै थालिएको धार्मिक वोलवम यात्राले धार्मिक जागरण ल्याउनुका साथै सामाजिक एकता र सद्भाव बढाएको बताउनुभयो ।

    एक हप्ते यात्राको पहिलो दिन लम्जुङको राईनासकोट, दोस्रो दिन काठमाण्डौं, भक्तपुर हुँदै दोलखा कालिञ्चोक र जिरी, त्यसपछि सिन्धुली, रामेछाप, मकवानपुर लगायत जिल्लाका प्रमुख धार्मिक स्थलहरूको अध्ययन, अवलोकन, भ्रमण र दर्शन गर्दै फर्कने कार्यक्रम तय भएको पनि अध्यक्ष तिवारीले जानकारी गराउनुभयो ।

    यात्रा प्रारम्भ समारोहमा वोलवम समितिले मृगौला पीडित, क्यान्सर पीडित र गौशालालाई आर्थिक सहयोग गरेको जनाउनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.