Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    • फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    आँधीखोला गाउँपालिका

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshJuly 19, 2025Updated:July 19, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ साउन । स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सामाजिक संजाल मार्फत सम्पती विवरण सहित आफुले अतिरिक्त सेवासुबिधा नलिएको बताउनु भएको छ ।

    स्थानीय पालिकामा निर्वाचित भएको ३ बर्षे अवधिलाई स्मरण गराउदै उहाले राज्यले उपलब्ध गराए भन्दा बाहिरको कुनै पनि सेवा सुबिधा नलिएको संजालमार्फत जानकारी गराउदै आफनो सम्पती विवरण सार्वजनिक गर्नुभएको हो ।

    सम्पती विवरण सहितका सेवासुबिधा नलिएको दावी गर्नेमा उनी स्याङ्जाका पहिलो अध्यक्ष बन्नु भएको छ । यसअघि कसैले पनि यसप्रकारका कार्य गरेका छैनन्। उहाको यसकार्यको सबैले खुलेरै प्रशंसाा गरेका छन ।

    आर्थिक बर्ष सुरु भएको पहिलो दिन बिहीवार सामाजिक संजाल अर्थात फेसबुक पेज मार्फत उहाले लेख्नु भएको छ, “यो तिन बर्षको अबधिमा राज्यले तोकेबमोजिम प्रचलित ऐन कानुन वा नीति नियम भन्दा बाहिर गएर कुनै पनि आर्थिक, भौतिक, सामाजिक वा राजनीति अख्तियारि दुरुपयोग नगरेको, यो तीन बर्षको अबधिमा पालिकाबाट एक पैसा पनि भ्रमण भत्ता, कार्यपालिका बैठक भत्ता, प्लेन टिकट, वा अन्य कुनै अतिरिक्त वा बिबिध खर्च भनेर एक पैसापनि नलिएको, अध्यक्ष बाहेक राज्यलाई अतिरिक्त भार पर्ने गरि, मेरो कुनै सचिबालय, निजी सचिब, सहयोगी, भान्से, सल्लाहकार, बिज्ञ वा अन्य सल्लाहकार, बिज्ञ वा अन्य पालिकाबाट भुक्तानी दिनुपर्ने कुनै पद सृजना नभएको र त्यसबापद एक पैसा पनि कतै भुक्तानी नभएको समेत स्वघोषणा गर्दछु।”

    यसैगरी, ‘म खुल्ला किताब हो मैले सपथग्रहण पश्चात् आफ्नो सम्पत्ति बिबरण सार्बजनिक गरेको थिए। र प्रत्येक आर्थिक बर्ष समाप्त हुने बित्तिकै सार्बजनिक गर्ने गरेको छु। आज पनि सो बिबरण सहित उपस्थित भएको छ। मेरो ब्याक्तिगत स्वभाव शैली र यो अबधिमा सम्पादन गरेको कार्यप्रति आम समुदायले गर्ने मुल्यांकनलाई शिरोधार्यगरि आत्मसाथ गर्नेछ। सबै मानिसमा सबल र सुधार गर्नु पर्ने पक्ष रहेका हुन्छन्। सबैको चित्त बुझाउन र सबैका सबै माग, चाहना र योजना सम्पन्न गर्न संभब छैन। काम गर्न कति सके आम आँधीखोला बासिको मुल्यांकन मलाई शिरोधार्य छ। तर राज्य वा ब्याक्ति कोहि कसैको पनि केही बिगार गरेको छैन भन्नेमा म बिश्वस्त छ।’ यो पनि थप लेख्नु भएको छ ।

    ‘मलाई थाहा छ, इमान, सद्भाव, सेवाभाव र,प्रतिबद्ध सहित कर्मशीलता, र स्वच्छता छ भने त्यो मानिस खराब हुन सक्दैन। आम जनसमुदाय प्रति यो मेरो सार्बजनिक प्रतिबद्धता हो। म पारदर्शी, जबाफदेहि, उत्तरदायी र ईमानदार रहिरहने छु। यहाँहरूका सल्लाह सुझाब र आलोचनालाई आगामी दिनमा पनि सधैं आत्मसाथ गर्ने छु उहाले लेख्न्ु भएको हो ।’

    स्थनीय पालिकाको जिम्मेवारी सम्हालेको ३ बर्षे अबधिमा आफुलाई प्राप्त सहयोग र समन्वयको लागि आमसमुदायप्रति कृतज्ञता ब्यक्त गर्दै आउने दिनहरुमा पनि सहयोग र समन्वयको अपेक्षा राखेका छन्। आफना सहयात्री जनप्रतिनिधिहरू, राजनीति दलका सहयात्रीहरु, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, संघसंस्थाहरुसंग समन्वय र सहकार्य गर्दै स्वार्थरहित सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

    सेवा, सुबिधा र अर्थका बिषयमा अधिकांश पालिकामा छलकटप र झिनामmम्टीका बिषयमा विवाद र हात हालाहालाको अवस्था आइरहेका बेला आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलको यस्ता सकारात्मक कार्यले देशभित्र र वाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको भएको बताउँछन नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025

    स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.