स्याङ्जा २६ मंसिर । बिरुवा गाउँपालिकाले अध्यक्षसंग बिद्यार्थी कार्यक्रम अन्र्तगत दाँत सम्बन्धी ५ दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरबाट १ हजार ६०७ जना बिद्यार्थी लाभान्वित भएका छन् ।
गाउँपालिकाले विद्यार्थीहरुको मुख तथा दाँतको निःशुल्क परीक्षण सेवा उपलब्ध गराएको हो । गाउँपालिकाले चालू बर्षको २०८२÷०८३ को कार्यक्रम अन्र्तगत अध्यक्षसँग विद्यार्थी कार्यक्रम मार्फत शिविरको आयोजना गरेको जनाएको छ ।
पालिकाभित्रका सबै माध्यमिक विद्यालय बिद्यालयमा पुगी उपचार सहितको शिविर गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । मंसिर १९ देखि २३ गतेसम्म विद्यालय बिद्यालयहरुमै पुगी मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको थियो । मुख र दाँतमा समस्या देखिएकाले पुनः २४ र २५ गते थप उपचार गरिएको थियो । यहाँबाट पनि २ सय ३० जना लाभान्वित भएका थिए ।
बिरुवा गाउँपालिकाकोे आयोजना र कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर तथा वि एम फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर गरिएको हो । ६ जना चिकित्सक र १ जना जनस्वास्थ्य अधिकृतसहितको टोलीले दाँत तथा मुख परीक्षण गरेका थिए ।
यसैगरी ९० जना बिद्यार्थीलाई थप उपचारकालागि रिफर गरिएको छ ।
रिफर भएकालाई न्यूनतम मूल्यमा उपचारको व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गोगनसिहं थापाले जानकारी दिनुभयो ।
