Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    बिरुवा गाउँपालिका

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    Syangja SandeshBy Syangja SandeshDecember 8, 2025Updated:December 8, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ मंसिर । गण्डकी प्रदेश स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्य उपचारलाई राज्यले पहिलो प्राथामिकतामा राखेको बताउनुभएको छ ।

    विरुवा गाउँपालिका ६ चिन्नेबासमा आधारभुत अस्पताल भवनको उद्दघाटन गर्दै मन्त्री पाठकले अस्पतालको सेवा विस्तारको लागि चाहिने उपकरण तथा अन्य आवश्यक भौतिक पूर्वाधारमा गण्डकी प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

    तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीको पालामा एक पालिका एक अस्पतालको अवधारणा अनुसार देशका विभिन्न पालिकाहरुमा अस्पताल निर्माण पश्चात सञ्चालनका कामहरु भैरहेको बताउनुभयो । विरुवामा अस्पताल भवन निर्माण संगै यहाँ दक्ष जनशक्ति र प्राविधिक उपकरण समेतको व्यवस्था गरिने भएकाले अस्पतालमा १ जना पालिकाले र १ जना प्रदेश सरकारको दरबन्दीमा चिकित्क पठाउने मन्त्री पाठकले जानकारी गराउनुभयो ।

    स्वास्थ्यका लागि ३ तहको सरकारको पोलिसि रहेको जनाउदै स्थानीय सरकारलाई प्रदेश सरकारले दक्ष जनशक्ति, औषधि तथा उपकरणहरुको व्यवस्थापन प्रदेश सरकारले गर्ने मन्त्री पाठकको भनाई छ । पछिल्लो समय नेपालमा नसर्ने रोग बढेका कारण प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरेर समुदायस्तरमा पुगेर स्क्रिनिङ गर्ने र नसर्ने रोगबाट बच्नका लागी नागरिकलाई सचेत बनाउने बताउनुभयो ।

    नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आफ्नो कार्यकालमा १३ अस्पतालको स्तरोन्नति गरिएको बताउँदै आयुर्वेद उपचारलाई समेत प्रदेशले उत्तिकै चासोका साथ काम गरिरहेको मन्त्री पाठकको भनाई छ । वर्तमान समय निकै असहज परिस्थितिमा रहेको भन्दै मुलुकमा संघिय गणतन्त्रको स्थापना पछि धेरै विकास निर्माणका कार्यहरु भएको मन्त्री पाठकले दावी गर्नुभयोे ।

    सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले अस्पताल सञ्चालनको उद्देश्य गाउँमा स्वास्थ्य चेतना, सहज पहुँच र आपतकालीन अवस्थामा तत्काल उपचार सुनिश्चित गर्नु भएको बताउनुभयो । “स्वस्थ नागरिक नै विकासको मेरुदण्ड हो,” भन्दै अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

    अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट थप सुदृढ बनाउँदै लैजानेछौँ, जसले बिरुवाको जनस्वास्थ्यमा दीर्घकालीन सुधार ल्याई ग्रामीण बासिन्दालाई सहज र गुणस्तरीय उपचार प्रदान गर्नु अस्पताल सञ्चालनको लक्ष्य सुनाउनुभयो । अस्पतालमा ओपीडी, आकस्मिक, एक्स–रे, भिडियो एक्स–रे तथा प्रयोगशाला परीक्षण सेवाहरू सञ्चालनमा ल्याइएको छ । अस्पतालमा हाल एम.वि.वि.एस. डाक्टर, रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अनमी, अहेव र फर्मेसी सुपरभाइजर लगायतका स्वास्थ्यकर्मी कार्यरत रहेको गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माको भनाई छ ।

    साविक चिन्नेवास गा.वि.स. थाँतथलो रहि हाल नेपालका विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको “सामाजिक विकासका लागी सहयोगी हातहरु“ नामक संस्थाले अस्पताल सञ्चालनको लागी सुविधा सम्पन्न भवन निर्माण गरि सोहि स्थानमा रहेको चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।

    अहिले सोहि भवनमा अस्पताल सञ्चालन गरिएको छ । अस्पताल सञ्चालनका लागी आवश्यक पर्ने थप भौतिक पूर्वाधार भने गत आर्थिक वर्षमा बिरुवा गाउँपालिकाले आफ्नै स्रोतबाट निर्माण सम्पन्न गरेको थियो । स्थानीयवासीहरूका अनुसार, अस्पतालमा स्वास्थ्य सेवा विस्तार भएपछि सामान्य उपचारका लागि समेत पोखरा लगायत राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    विशेषगरी आकस्मिक उपचार, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य परीक्षण गाउँमै उपलब्ध भएपछि जनजीवनमा सहजता आएको छ । गाउँपालिकाले आगामी वर्ष अस्पतालका सेवाहरु थप गरि अल्ट्रासोनोग्राफी तथा दन्त सेवा थप्ने तयारी गरेको र जसले बिरुवाबासीको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम पोखरेलले जानकारी दिनुभयो ।

    ६ रोपनी ७ आना ३ पैसा ३ दामको क्षेत्रफलमा फैलिएको अस्पताल १० शैयाको रहेको छ । अस्पतालमा मेडिकल अफिसर सहित १६ जना कर्मचारी रहनेछन् । अस्पताल सामाजिक विकासमा लागी सहयोग हात संस्थाले १ करोड ७४ लाख ८० हजारको लागतमा निर्माण गरिएको हो । अस्पतालबाट हरिनास गाउँपालिका सहित हरिनास गाउँपालिका र चापाकोट नगरपालिकाका नागरिकले प्रत्यक्ष सेवा पाउनेछन् ।

    गाउँपालिकाका अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भगवती शर्माले स्वागत र प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.