स्याङ्जा ३० जेठ । पुतलीबजार नगरपालिकामा नवगठित विज्ञ समिति र नगरपालिकाका विषयगत समितिहरुबीच समसामयिक बिषयका बारेमा छलफल एवं अन्तरक्रिया गरिएको छ ।
नगरपालिकाद्धारा सम्पादित तथा अबका योजनाका बारेमा छलफल गरिएका हुन । सोही कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले बिज्ञ समिति, पुतलीबजार नगरपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीका राय, सुझाव सहित अघि बढ्ने बताउनुभयो । सबैको साथ र सहयोगले मात्र पुतलीबजारको विकास र समृद्धि सम्भव हुनेमा उहाले जोड दिनुभयो ।
छलफलमा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, विज्ञ सदस्यहरु धु्रवबन्धु पौडेल, मनोज मल्ल, भवानी अधिकारी, बोधराज अर्याल लगायतले पुतलीबजारको विकासका लागी मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा बिभिन्न विषयगत समितिका संयोजक, सदस्य सचिव, शाखा प्रमुखहरु, जनप्रतिनिधि सहित कर्मचारीहरु लगायतले बिषयगत जानकारी गराउनु भएको थियो ।
नगरको आगामी नगर सभाको विषयमा पनि सो छलफल केन्द्रित थियो । पुतलीबजार नगरपालिका विज्ञ समितिका संयोजक भरतप्रसाद लम्सालको अध्यक्षता, प्रशासन शाखा प्रमुख धनप्रसाद कोईरालाले गर्नुभएके थियो ।