Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 30
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    भीरकोट नगरपालिका

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    Syangja SandeshBy Syangja SandeshJune 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ जेठ । भीरकोट नगरपालिकामा कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन र विकासका लागि ‘भीरकोट कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । हेफर र भीरकोट नगरपालिकाको साझेदारीमा सञ्चालन हुने यो परियोजना मार्फत कृषकहरूलाई उद्यमशील र व्यवसायिक बनाउने लक्ष्य राखिएको छ ।

    कृषि र पशुपालन व्यवसायको विकास गरी सामाजिक पूँजी निर्माण गर्न, साना किसानहरूको वित्तीय पहुँचमा अभिवृद्धि गर्न, कृषकहरूले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण गर्न र युवाहरूलाई कृषि क्षेत्रमा रोजगारी सृजना गर्न परियोजना संचालन गरिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

    कृषि तथा पशु क्षेत्रको दीर्घकालीन एवं व्यवसायिक विकास गरी नगरबासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँगको सहकार्यमा परियोजना सञ्चालन गरिएको नगरप्रमुख कर्माचार्यको भनाई छ ।

    हेफर प्रोजेक्ट नेपालका सचिव निर्मला क्षेत्रीले नगरपालिकाभित्रका महिला तथा पछाडि परेका समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने जानकारी दिनुभयो । संविधानले दिएको अधिकारलाई स्थानीय सरकारले प्रयोग गर्न जरुरी रहेको भन्दै क्षेत्रीले परियोजना कार्यक्रम महिलाहरुको आर्थिक उन्नतीमा सहयोगी हुने बताउनुभयो ।

    परियोजना नगरपालिकाभित्रका ९ वटै वडामा संचालन हुनेछ । सबै वडाका निम्न आय घरपरिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिए । विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उहाको भनाइ छ ।

    हस्ताक्षर कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्ष नन्दलाल खनाल, लक्ष्मण खत्री क्षेत्री, हेफर प्रोजेक्टका वित्तीय निर्देशक चैतन्य गोपाल डंगोल, वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदी लगायतले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

    भीरकोट नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन गर्न जेठ २० गते मंगलबार हस्ताक्षर गरिएको हो । परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले जानकारी दिनुभयो ।

    २०८२ जेठ २० गतेबाट सुरू भएको परियोजना २०८३ पुस १६ गतेसम्म सञ्चालन हुनेछ । २० महिने परियोजनाको कुल तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले भन्नुभयो ।

    परियोजनाका कार्यक्रमहरू सञ्चालन गर्न नगरपालिकाले दुई करोड ४५ लाख रुपियाँ खर्च गर्नुपर्नेछ र यो सबै लक्षित समुदायको हितमा खर्च हुनेछ । यसैगरी परियोजनामा साझेदार संस्था हेफरले एक करोड ५ लाख ५० हजार रूपैयाँ खर्च गर्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.