स्याङ्जा २६ चैत । भीरकोट नगरपालिकाले बाख्रा पालन सम्बन्धी तालिम सुरु गरेको छ ।
भीरकोट वडा नं. ८ र वडा नं. ९ का बाख्रापालक कृषकलाई बाख्रा पालन सम्बन्धी तालिम दिइएको हो । तालिमपछि बाख्रापालनलाई ब्यावसायिकरुपमा आघि बढाउने उद्येश्यले तालिम सुरु गरिएको पालिकाले जनाएको छ ।
तालिमको उदघाटन गर्दै नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले यहाका बाख्रापालक किसानलाइ तालिम उपलब्ध गराउने बताउनुभयो । तालिमले बाख्रा पालन सम्बन्धि ज्ञान तथा सीप जानिने हुदाँ यसका समस्या र समस्याको समाधान कसरी गर्ने भने बिषयमा जानकारी पाउन सकिनेमा जोड दिनुभयो ।
भीरकोट नगरपालिका मासुमा आत्मनिर्भर भएको र आउदो दिनहरुमा जिल्ला बाहिर निर्यात गर्न यस्ता तालिमले सहयोग पुग्ने प्रमुख कर्माचार्यले भन्नुभयो ।
भीरकोट १ का अध्यक्ष एवं आर्थिक विकास समितीका संयोजक दीपेन्द्र के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ८ का अध्यक्ष नन्दुलाल खनालले गर्नुभएको थियो ।
तालिममा बाख्रा पालक १६ जना किसान सहभागी छन । भीरकोट नगरपालिका पशु शाखा कर्मचारीले तालिम दिने भएका छन् । मंगलबार (आज) देखी सुरु भएको तालिम ३ दिन सम्म चल्ने छ ।
