Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम
    भीरकोट नगरपालिका

    भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshMarch 24, 2025Updated:March 24, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० चैत । गण्डकी प्रदेशसभा सदस्य सरस्वती अर्यालले सकारात्मक सोच र भावले महिलाहरूका बहुआयामिक क्षमताको विकास हुने बताउनुभएको छ । सुख, शान्ति, समृद्धि सहित सुशासनका लागि महिला नेतृत्व सक्षम रहेको जनाउदै अव सबै तहमा महिला नेतृत्व आवश्यकता औल्याउनुभयोे ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र भिरकोट नगरपालिकाको समन्वयमा आइतवार भिरकोटमा आयोजित सकारात्मक सोच सहितको नेतृत्व विकास कार्यक्रमको उदघाटन गर्दै उहाले आफनो घरपरिवारको विस्वास जित्दै समाजिक तथा राजनीतिक क्षेत्रमा लाग्न समेत सुझाव दिनुभयो । आफैबाट सकारात्त्मक भाव सृजितगरि समाज र देशमा सुख, शान्ति कायम राख्दै अघि बढ्नु पर्नेमा बताउनुभयो । हर समस्याका समाधानका उपाय हुने जनाउदै समस्या र अवरोध चिर्दे अभिभावक तथा अग्रजको परामर्श लिएर अघि बढ्न आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘विगतभन्दा आज सबै क्षेत्रमा महिलामैत्री वातावरण राम्रो बन्दै गएको छ । भोली झनै राम्रो हुनेछ । यसतर्फ ध्यान दिदै ससाना कुरामा टिकाटिप्पणी गर्नुभन्दा सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । नेतृत्व लिन आफुलाई निखार्नुपर्छ । लक्ष्यमा पुग्न परिश्रम गर्नुहोस् । असम्भव छैन ।’

    गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहनु भएका अर्यालले समाजसेवाका निम्ति राजनीतिका लागेको जनाउदै महिला दिदीबहीनीका हक, हित, अधिकारका पक्षमा काम गर्नु पहिलो प्रथामिकतामा रहेकोे भन्नुभयो ।

    कार्यक्रममा भिरकोट नगरप्रमुख गोविन्दकुमार कर्मचार्यले जीवनमा आउने हरेक उतार चढावलाई सहज रूपमा स्वीकार गर्दै कार्यमा सफलता हासिल गर्न सकारात्मक तथा नेतृत्व विकास आवश्यक रहेको बताउनुभयो । आउदा दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।

    उपप्रमुख भगवती अर्यालले सकारात्मक सोचले कठिन परिस्थितिमा पनि सहजता ल्याउने भन्दै महिलाहरूको नेतृत्व विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

    नगर प्रवक्ता दिपेन्द्र केसी, वडा नं. ८ का अध्यक्ष नन्दलाल खनाल, पत्रकार भवानी अधिकारी, स्वास्थ्य स्वयंसेविका आमा समूहका अध्यक्ष एवं सहभागि मन्जुश्री अधिकारी लगायतले बिबिध बिषयगत प्रशिक्षणको प्रभावकारिता सहित आवश्यकताका बारेमा जोड दिनुभएको थियो ।

    प्रहरी निरीक्षक प्रवेश तिवारीले २०८१ सालको श्रावणदेखि फागुन महिनासम्म स्याङ्जामा १४ महिला र २४ पुरुषले आत्महत्या गरेको तथ्यांक बताउदै उहाँले आत्महत्या न्यूनीकरणका लागि परिवार, समुदाय तथा सरकारी–गैरसरकारी निकायको निरन्तर भूमिका आवश्यक रहेको बताउनुभयो ।

    यस्तै मनोपरामर्शदाता विजय राईले सकारात्मक सोचसहित जीवनलाई सरल, सहज र दीर्घकालीन बनाउन मनोपरामर्श प्रभावकारी हुने बताउनुभयो ।

    कार्यक्रममा बोल्ने कला र नेतृत्व विकास सम्बन्धी भवानी अधिकारीले र सकारात्मक सोचका विषयमा मधु अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा कार्यपालिका सदस्य सहित जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेवीकाहरु र स्वास्थ्य स्वयंसेविका आमा समूह सहित कर्मचारीगरि १ सय २० जना सहभागि थिए ।

    सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बालमैत्री सहजकर्ता विष्णुमाया काफ्लेले संचालन गर्नुभएको थियो ।

    सकारात्मक सोचले व्यक्तिको आत्मविश्वास, उत्साह र नेतृत्व क्षमतामा बढाउने उदेश्यले मानसिक स्वास्थ्य, आत्महत्या न्यूनीकरण, नेतृत्व विकास र सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिइएको प्रमुख पौडेलको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.