Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट नगरपालिकाका शतप्रतिशत योजना सम्पन्न
    भीरकोट नगरपालिका

    भीरकोट नगरपालिकाका शतप्रतिशत योजना सम्पन्न

    Syangja SandeshBy Syangja SandeshAugust 29, 2025Updated:August 29, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ भदौ । स्याङ्जाको भीरकोट नगरपालिकाले शतप्रतिशत योजनाको काम गरेको जनाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा कार्ययोजना अनुरुपतयार गरिएका २३८ योजनाहरुको काम गरेको हो । वार्षिक कार्ययोजनामा समाबेश भएका योजनाहरु उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट शतप्रतिशत काम गरेको छ ।

    कार्ययोजनामा सडक, भवन, सिँचाइ, खानेपानी, पर्यटन पूर्वाधार निर्माण, विस्तार रमर्मत समेतका सानाठूला गरि २३८ योजना थिए । योजना निर्माण गर्न १५ करोड ३८ लाख ९१ हजार विनियोजन भएकोमा ११ करोड २३ लाख ५१ हजार ३३८ रुपैयाँ खर्चेर नगरपालिकाले लक्ष्य अनुसार शतप्रतिशत योजनाको काम गरेको जनाएको छ ।

    नगरपालिकाले गएको वर्ष २३१ योजना उपभोक्ता समिति मार्फत काम गरेको नगरप्रमुख गोविन्द कुमार कर्मार्चायले जानकारी दिए ।सडक, तटबन्धन सहित ५ वटा योजना ठेक्काबाट निर्माण गरेको बताउँदै नगरप्रमुख कर्माचार्यले योजना अनुसारपार्कभित्र स्वीमिङ्ग पुल र ताल निर्माणका दुई योजना प्रदेश सरकारको विषेश अनुदानबाट खर्चनेगरि बहुवर्षिय ठेक्कामा काम भईरहेको जनाउनुभयो ।

    ठेक्का प्रक्रियाबाट नगरको सबैभन्दा ठूलो योजना आँधीखोला तटबन्धनको काम गरिएको छ । तिन करोड ७३ लाख ६९ हजार ४९८ रुपैयाँमा आँधीखोलाको झण्डै ११ सय मिटर दोहोरो (वारिपारि) तटबन्ध गरिएको छ ।बर्खासँगै बढेर आउने आँधीखोलाले कटान गर्ने सयौं रोपनी खेतीयोग्य जमिन र एक खेलमैदानलाई तटबन्धनले सुरक्षित गरेको नगरपालिकाले जनाएको छ ।

    बयरघारी मोहनडाँडा–ठूलिभञ्ज्याङ् पर्वतहिले सडक एक करोड ८७ लाख ५८ हजार ९२० रुपैयाँमा ठेक्का लगाएर १.५० किलोमिटर सडक निर्माण गरेको नगरपालिकाका योजना प्रमुख यामप्रसाद रेग्मीले बताए । गएकै वर्ष ठेक्काबाट पालिकाको पर्यटकीय क्षेत्र सुन्दरबजार–स्वरेक मैदानजोड्ने सडक ६४ लाख ६७ हजार ८२४ रुपैयाँमा झण्डै एक किलोमिटर निर्माण गरिएको उहाले बताउनुभयो । बयरघारीबाट मैदानको दुरीमा करिब १३ किमि सकड बन्नुपर्नेमा ५ किलोमिटरबनेको छ भने चालु वर्षमा पर्यटकीय क्षेत्र स्वरेक मैदान पक्की सडकले जोडिने योजना प्रमुख रेग्मीले दावी गर्नुभयो ।

    प्रदेश सरकारको विषेश अनुदानमा भीरकोट पार्कभित्र स्वीमिङ्ग पुल निर्माणमा ५३ लाख ४१ हजार ४११ रुपैयाँ खर्च भएको छ । प्रदेशकै ३७ लाख १८ हजार ५६१ रुपैयाँमा ताल (पोखरी) निर्माण गरिएको छ । नगरको विषेश पहलमा प्रदेश सरकारले पोखराको तालबाराही मन्दिरको स्वरुपमा निर्माणधिन ताल र मन्दिर निर्माणको काम यहि वर्ष सकिने नगरपालिकाले जनाएको छ ।

    आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाको ७८ करोड २६ लाख ९१ हजार कुल बजेटमा चालु ६० कारेड ७३ लाख ८० हजार १३० रुपैयाँ र पुँजीगत शिर्षकमा १७ करोड ५१ लाख ५० हजार रहेको थियो । चालुतर्फ ५५ करोड ५८ लाख २४ हजार २२८ रुपैयाँ अर्थात झण्डै ९२ प्रतिशत र पुँजीगत खर्चतर्फ करिब ६७ प्रतिशतले हुने ११ करोड ६६ लाख ११ हजार ५८५ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

    शतप्रतिशत योजनाको काम गरेको नगरपालिकाले गएकै वर्ष १२ दशमलब ३५ प्रतिशत बेरुजु फछ्र्यौट गरेको छ । दुई करोड ९६ हजार ४३ हजार कुल बेरुजुमा ३६ लाख ६६ हजार ६३७ रुपैयाँ फछ्र्यौट गरेको नगरपालिकाले जानकारी दिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.