Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट नगरपालिकाले मनायो चौथो बालमैत्री दिवस
    भीरकोट नगरपालिका

    भीरकोट नगरपालिकाले मनायो चौथो बालमैत्री दिवस

    Syangja SandeshBy Syangja SandeshMarch 7, 2025Updated:March 7, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङना २३ फागुन । भीरकोट नगरपालिकाले चौथो बालमैत्री दिवस मनाएको छ । ‘सुखी बालबालिका समृद्ध भीरकोट’ भन्ने नाराका साथ स्याङ्जाको पहिलो बालमैत्री नगर घोषित बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको चौथो दिवस मनाएको हो ।

    दिवसकोे उदघाटन गर्दै नेपाली काँग्रेसका गण्डकी प्रदेश उपसभापति एवं पूर्व शिक्षा, बिज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उदघाटन गर्दे अन्य पालिकाले पनि भीरकोटले जस्तै बालमैत्री नगर तथा पालिका घोषणाका सूचकलाई कार्यान्वयन गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    बालमैत्री दिवस समारोहमा बोल्दै गण्डकी प्रदेशका पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठले नगरपालिकालाई बालमैत्री घोषणासँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनु पर्नेमा जोड दिनुभयो । नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन र गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नुपर्ने उहाले बताउनुभयो ।

    सांस्कृतिक प्रस्तुतिहरुका साथ आयोजित समारोहमा प्रमुख अतिथि श्रेष्ठले बालबालिकाको सर्वाङ्गीण विकासबिना समृद्ध राष्टको कल्पना गर्न नसकिने बताउँदै भीरकोट नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेको लगानी र प्राप्त गरेको प्रतिफलको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । सबै स्थानीयतहहरुले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

    सो अवसरमा निवर्तमान प्रमुख छायाराम खनाल, नगरउपप्रमुख भगवती अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, नेपाली काँग्रेसका नगर सभापति यामप्रसाद अधिकारी, एमालेका अध्यक्ष हर्कबहादुर गुरुङ, राप्रपाका अध्यक्ष हर्कबहादुर रोका, शहिदशुक्र माविका प्रअ चोलाकान्त काफ्ले, बालोदय माविका प्रिन्सिपल अमृत अर्याल, विद्यार्थी कुसुम रेग्मी लगायतले बालमैत्री स्थानीय शासनका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    सोही अवसरमा गत बर्षको एसईई परीक्षामा भीरकोटमै सबैभन्दा धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै वडा नं. ६ को बालोदय अंगेजी आवासीय माविलाई सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको छ । यसैगरी सामुदायीक तर्फ उत्कृष्ट नतिजा ल्याउने दभुङठाँटी मावि र दहथुम मावि पनि सम्मानित भएका छन् ।

    गत बर्षको एसईई परीक्षामा नेपाली र सामाजिक विषयमा सत प्रतिशत तथा अंग्रेजी, गणित र विज्ञानमा ९० प्रतिशत भन्दा धेरै नतिजा ल्याउने शिक्षकहरुलाई नगद सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगद ५ हजार सहित यहाँका विभिन्न विद्यालयका १७ जना शिक्षकहरु सम्मानित भएको शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले जानकारी दिनुभयो ।

    यसैगरी दिवसको अवसरमा वर्षभरी शिक्षा तथा बालमैत्री शाखाले संचालन गरेका विविध प्रतियोगितात्मक कार्यक्रममा प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीहरुलाई नगद र अन्य पुरस्कार प्रदान गरिएको छ । गतबर्षको एसईई परीक्षामा नगरमै उत्कृष्ट जिपिए प्राप्त गर्न सफल भाग्योदय माविका प्रतिक रेग्मी तथा भूपू सैनिक अंगेजी आवासीय माविका दिया रोका र ऐश्वर्या केसी पनि सम्मानित भएका छन् ।

    बालबालिकाका विविध प्रस्तुती सहित सम्पन्न उक्त कार्यक्रममा बालमैत्री सहजकर्ता विष्णुमाया काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन योजना शाखाका प्रमुख यामप्रसाद रेग्मीले गर्नुभएको थियो । भीरकोटले बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ गतेलाई बालमैत्री दिवसको रुपमा मनाउँदै आएको छ ।

    वि.सं. २०७७ फागुन २२ गते भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोस्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धिमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ । जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.