Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    वालिङ् नगरपालिका

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    Syangja SandeshBy Syangja SandeshAugust 24, 2025Updated:August 24, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ भदौ । भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले ८८ औं रचनावाचन कार्यक्रम गरेको छ । प्रतिष्ठानले शनिवार मोतिराम भट्टको १ सय ६० औं जन्मजयन्तिको अवसर पारेर आफ्नो नियमित रचनावाचनको ८८ औं शृङ्खलाको कार्यक्रम वालिङमा सम्पन्न गरेको हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै मोहिनीशरण प्रतिष्ठानका अध्यक्ष ध्रुवशरण अर्यालले मोतिराम भट्ट नेपाली साहित्य फाँटका विभूति रहेको बताउनुभयो । मोतिराम भट्ट ३० वर्षे अल्पायूमै देहावसान भएपनि नेपाली साहित्य आकाशमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्व भएकाले हामी सबैले उहाँको स्मरण गर्नुपर्ने अर्यालले उल्लेख गर्नुभयो । यसैगरी कुशेऔंशी हिन्दु सनातनीहरुका लागि अर्को महत्व राख्ने दिन भएको उहाँले व्यक्त गर्नुभयो ।

    उहाले भन्नभयो, “आज काटेको कुश हामीले परम्परादेखि गर्दै आएका विभिन्न कार्यहरुमा वर्षभरी प्रयोग गरिन्छ । जन्म, मृत्यु संस्कार तथा विभिन्न पूजाआजाहरुमा आज काटेको पवित्र कुश प्रयोग गरिने भएकाले कुशे औंशीले विशेष महत्व राख्दछ ।”

    औंशी विशेषगरी पितृप्रिय तीथि रहेको अर्यालले बताउनुभयो । कुशे औंशीमा बुवाको मुख हेर्ने दिनकारुपमा मान्ने सन्दर्भमा उहाँले पहिला यस्तो प्रचलन नभएको र कुनै शास्त्रीय भनाई पनि नरहेको बताउनुभयो । कुशे औंशीका दिन आफ्ना पित्रृलाई स्मरण गर्ने परम्परा हो तर जीवित पिताहरुको मुखहेर्ने प्रचलनको विकास पछिल्लो समयमा गरिएको उहाको भनाई छ ।

    कार्यक्रममा लेखनाथ काफ्ले, कृष्णप्रसाद अर्याल, विष्णु पङ्गेनी पाण्डे, इन्द्रप्रसाद पाठक डोलराज सुवेदी, दमकुमारी बगाले, प्रेमप्रसाद सुवेदी, पारिश्वर न्यौपाने, वोधराज न्यौपाने, नीलकण्ठ लम्साल, ढालबहादुर केसी, ठाकुरप्रसाद सुवेदी र कमलप्रसाद बगाले लगायतले आ आफ्ना रचनावाचन गरेका थिए ।

    सहभागी अधिकांशले मोतिराम भट्टको सम्झना स्वरुप उहाँकै सन्दर्भका सिर्जना वाचन गरेका थिए । यसकासाथै आज परेको कुशे औंशी एवम बुवाको मुख हेर्ने दिनका सन्दर्भमा चर्चा गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.