स्याङ्जा, ११ भदौ । भीरकोट नगरपालिकामा चेम्बर अफ कमर्श गठन गरिएको छ । बयरघारी बजारमा भेला भएका भीरकोटका व्यवसायीहरूले तदर्थ समिति गठन गरेका हुन् ।
व्यवसायीको भेलाले जब्बरअलि मियाँको अध्यक्षतामा ११ सदस्यीय चेम्बर अफ कमर्श तदर्थ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद भुसाल, महासचिवमा हरि काफ्ले छन् ।
यसैगरी, तदर्थ समितिको सचिवमा जुमाल अलि, कोषाध्यक्षमा रेखा बस्यल र सदस्यहरूमा पिता खनाल, भुवन मल्ल, मीन बहादुर केसी, नारायण प्रसाद कोइराला रहेका छन् । बांँकी २ सदस्य पछि थप्नेगरि समिति गठन गरिएको हो ।