Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै
    भीरकोट नगरपालिका

    भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै

    Syangja SandeshBy Syangja SandeshSeptember 27, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असोज । भीरकोट नगरपालिका ६ उजेलीडांँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयले यसबर्ष स्वर्ण महोत्सव मनाउने भएको छ । भीरकोट नगरपालिकाको मध्यभागमा रहेको शैक्षिक संस्था विक्रम सम्बत २०३३ सालमा स्थापना भएको हो ।

    तीन तहको सरकार सञ्चालन भएसँगै पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षामा अगाडि बढेको शैक्षिक संस्थामा पर्दछ । यसरी सुविधा सम्पन्न भौतिक संरचना सहित गुणस्तरीय शैक्षिक अभ्यासमा अगाडि बढेका जिल्लाका शैक्षिक संस्थामध्ये भाग्योदय मावि पनि एक हो । भीरकोट नगरपालिकाकै मध्येभागमा रहेको विद्यालयले नमूना विद्यालयकारुपमा विकास गर्नका लागि केही असल अभ्यासहरु समेत प्रयोगमा आइसकेको छ ।

    भीरकोटको उजेलीडाँडाको मनोरम वातावरणमा रहेको विद्यालयले आउँदो माघ महिनामा स्वर्ण महोत्सव मनाउने भएको हो । माघमा विशेष कार्यक्रम सहित आफ्नो स्वर्ण महोत्सव मनाउने तय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले जानकारी दिनुभयो ।

    आफ्नो संयोजकत्वमा मूल आयोजक समिति बनाएर स्वर्ण महोत्सवको तयारीमा लागिएको अध्यक्ष खनालको भनाई छ । स्वर्ण महोत्सव ३ दिनको हुने छ । महोत्सवका अवसरमा विद्यालय प्राङ्गणमा स्मारक बनाइने र स्मारिका प्रकाशन गर्ने कार्यक्रम रहेको उहाँले उल्लेख गरे । यसले विद्यालयको ऐतिहासिक दस्तावेजिकरण गर्ने उहाले बताउनुभयो ।

    यसैगरी पठनपाठनमा विषयहरु थप गर्ने र क्याम्पस सञ्चालनका लागिसमेत छलफलहरु भैरहेको अध्यक्ष खनालले बताउनुभयो । अहिले व्यवहारिक शिक्षा अन्तर्गत व्यवसायिक कृषि छ, योसँगै समयको माग र आवश्यकतालाई मध्येनजर गरेर अन्य विषय थप गर्ने सन्दर्भमा छलफल भैरहेकोसमेत उहाको भनाई छ ।

    भीरकोट नगरपालिकाका निवर्तमान नगरप्रमख समेत रहेका खनालका अनुसार आफ्नो संयोजकत्वमा ५ सय १ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक समिति बनाएर तयारीमा लागिएको छ । शिक्षकहरु, पूर्व शिक्षक तथा विद्यार्थीहरु, पूर्व व्यवस्थापन समितिहरु एवम् अभिभावकलगायत यससँग जोडिएकाहरुको सहभागितामा ५ सय १ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक समिति बनाएर तयारीमा लागिएको हो ।

    जसअन्तर्गत पूर्व विद्यार्थी डा. तुलसी प्रभासको संयोजकत्वमा स्मारिका तयारीका लागि ७ सदस्यीय उपसमिति बनेको छ । जसले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ । यसैगरी दशै सकिए लगतै अरु विभिन्न उपसमितिहरु बनाएर कार्य विभाजन गरिनेछ ।
    यसैगरी विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले भीरकोट नगरपालिकाकै प्रतिष्ठित शैक्षिक संस्थाको स्वर्ण महोत्सवलाई हामी सबैको साझा पर्वकारुपमा मनाउनेगरी तयारीमा लागिएको बताउनुभयो । यो क्षेत्रकै अग्रणी संस्थाको महोत्सवलाई सभ्य भव्य र मर्यादित बनाउन शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजसेवी सम्पूर्ण महानुभावहरुलाई आ–आफ्नो ठाउँबाट सहयोगी भूमिका निभाउन उनकोे आग्रह छ ।

    असल अभ्यास तथा गुणस्तरीय शिक्षाका प्रयासः
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालका अनुसार नमूना विद्यालयकारुपमा विकास गर्नका लागि केही असल अभ्यासको थालनी गरिएको छ । खाजा व्यवस्थापनलाई पहिलो असल अभ्यासकारुपमा लिइएको छ । यसका लागि अभिभावकको सहभागिता गराइएको छ । जसमा प्रत्येक दिन ३ जना अभिभावकको उपस्थितिमा खाजाको व्यवस्था गरिदै आइएको छ र त्यसको हिसाव पनि उनीहरुले नै राख्दछन् ।

    विद्यार्थीसँगै शिक्षकहरुले पनि खाजा खाने र ६ दिनमा ६ प्रकारका खाजाको व्यवस्था गरिएको छ । यसका लागि राज्यका तर्फबाट प्राप्त रु.१५ ले खर्च नपुग हुने भएकाले अभिभावहरुले मासिक २ सय रुपैयाँ थप्ने गरेका छन् ।

    यसैगरी दोस्रोमा कृषि अथवा वागवानी अन्तर्गत नमूना बगैंचाको थालनी गरिएको छ । जसमा छतमा फलफूल बगैंचा बनाउने र बारीमा पनि तरकारीहरु लगाउने काम गरिएको छ । जसले गर्दा पढ्दै कमाउदै गर्न सकियोस भनेर पनि सुरुवात गरिएको हो । यस्तै तेस्रोमा विद्यार्थीहरुलाई वर्गिकरण गरेर उनीहरुको क्षमताका आधारमा अतिरिक्त कक्षाको व्यवस्थापनसहित पठनपाठन अगाडि बढाइएको छ । शिक्षकहरुलार्इृ भ्रमण गराउने र शैक्षिक उन्नतिका क्षेत्रमा विज्ञहरुसँग तालिममा सरिक गराउने भैरहेको छ ।
    शुद्ध पिउने पानीको व्यवस्था, प्राथमिक स्वास्थ्य सेवाको प्रवन्ध र दुईवटा गाडीकोव्यवस्था गरी विद्यार्थीलाई यातायात सुविधा प्रदान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.