स्याङ्जा १० असोज । श्रीमद्देवी भागवत महापुराणम ज्ञान यज्ञको सन्दर्भमा बिहीबार वालिङ स्थित भकुण्डे साहित्य उत्सव सम्पन्न भएको छ ।
शिवपार्वती मन्दिरको आयोजनामा र नवदुर्गा पूजा व्यवस्थापन समिति भकुण्डेको ब्यवस्थापनमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको संयोजनमा बिहीबार वालिङ्मा साहित्य उत्सव गरिएको हो ।
स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक धार्मिक अनुष्ठानको सन्दर्भमा आयोजना गरिएको ऐतिहासिक साहित्य उत्सवमा मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे विकल्प, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका थिए ।
गजलकारहरु अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल वाचन गर्नुभएको थियो ।
कविहरु अनन्त अर्याल, वसन्त खनाल, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दिलीप तिवारी, ढालबहादुर के.सी., इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, प्रेमबन्धु सुवेदी, राजु गैह्रे, शम्भु अर्याल, सुरेश पङ्गेनी, पूजा रेग्मी, बुढा सम्धी, लक्ष्मीप्रसाद रेग्मी, पवन अधिकारी र निखिलनारायण रेग्मीले आ आफना कविता वाचन गर्नुभयो ।
नवदुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु गैह्रेले स्वागत र भकुण्डे साहित्य उत्सवका संयोजक मिलन समीरले सहजीकरण गर्नुभएको थियोे ।
भकुण्डे शिवपार्वती मन्दिरको स्थापना वि.सं. २०४८ सालमा भएको हो । शिवपार्वती मन्दिर भकुण्डेस्थित सिद्दार्थ राजमार्गको छेउमा रहेको छ । पण्डित प्रकाश तिवारीद्वारा कथा वाचन गरिएको ज्ञान यज्ञ १५ गते बुधबारसम्म सञ्चालन हुनेछ ।