Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    पुतलीबजार नगरपालिका

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    Syangja SandeshBy Syangja SandeshSeptember 17, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ भदौ । आईतवार र सोमबार परेको अविरल बर्षाका कारण पुतलीबजार नगरपालिका ३ स्थित चिचिकुनाका ६ घर र ६ गोठ बस्नका लागि जोखिममा छन ।

    राधाकृष्ण मन्दिर परिसरमा रहेका ईश्वरीप्रसाद मरासिनी, भवानी मरासिनी, पिताम्बर मरासिनी, हुमाबती दोरंगा, भवानीदत्त दोरंगाा र नबिन दोरंगाका घर तथा गोठहरु बस्नका लागि जोखिममा देखिएका हुन ।

    एउटा बस्ती नै जोखिम देखिएपछि पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, प्रहरी उपरीक्षक दधिराम न्यौपाने, राष्ट्रिय अनुसन्धान उपनिर्देशक जईन्द्र उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगााना, सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतको प्राबिधिक टोलीले मंगलबार स्थलगत अध्ययन, अवलोकनगरी प्रभावित स्थानीयबासीसंग छलफल गरेका छन ।

    पानी पर्ने क्रम जारी रहेको जनाउदै तत्काल सो बस्तीमा नबस्न सुझाव दिदै अस्थायी बास सहित आवश्यक सहयोगका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख तुलसीराम रेग्मीले सुझाव दिनुभयो ।

    प्रमुख रेग्मीका अनुसार, ‘बर्षा रोकिएको छैंन, हिजोभन्दा आज जमिन फाट्ने क्रम बढेको छ। तपाईंहरु सुरक्षित स्थानमा बस्नुहोस्। पशु तथा अन्नपात, घरभित्रका सामग्री सुरक्षित स्थानमा राख्नुहोस्। तत्कालका लागि गास, बास सहितका आवश्यक सहयोग नगरपालिकाले उपलब्ध गराउनेछ स्थानीय सरकार तपाईहरुका साथमा छ जनधनको सुरक्षाका गर्नुहोस ।

    प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले एउटा बस्ती नै जोखिममा देखिएको जनाउदै भूर्गभबिद् बोलाएर जमिन परिक्षण गरेर मात्र बस्न उपयुक्त छ वा छैन एकिन गर्नु पर्ने सुझाउनुभयो । ‘विपद ब्यवस्थापन समितिको बैठकले भूगर्भविद झिमाई जमिनको जाँचबुझ गर्ने निर्णय गर्नेछौं र कामलाई छिटो अघि बढाउनेछौं’ जिल्ला स्तरीय विपद ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

    समस्या बिस्तारै बढेको छ। घाम लाग्दा र पानी पर्दा पनि जोखिम देखिएको छ। पहिलो जनको अनि धनको क्षति हुन नदिन तत्काल सुरक्षित स्थानमा बस्न प्रहरी उपरीक्षक दधिराम न्यौपानेको भनाई छ। तत्कालका लागि आफन्त तथा नजिकका सुरक्षित स्थान खोजेर बस्न प्रहरी प्रमुख न्यौपानेले सुझाव दिनुभयो । सामान ओसार पसार तथा अस्थायी संरचना निर्माणकालागि नगर प्रहरी सहित जिल्ला प्रहरीले सहयोग गर्ने पनि उहाहरुका भनाई छन ।

    प्रभावित स्थानीयबासी किसान हुन। सबै घरमा भैसीपालन गर्दै आएका छन्। भैसी, बाख्रा लगायतका बस्तुभाउ र अन्नपात समेत रहेकाले तत्काल घर छाडेर निस्कनै समस्या रहेको गीता मरासिनीको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.