स्याङ्जा १८ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिको मालुंगा र पाल्पाको रम्भा गाउँपालिकाको अर्सेदीको संगमस्थल कालीगण्डकी नदी तट आयोजित वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास पौडेल प्रथम हुनु भएको छ ।
कालीगण्डकी गुरुकुलम, उत्तरवाहिनीको आयोजनामा भएको वक्तृत्वकलाकोे शिर्षक “उत्तरवाहिनी, कालीगण्डकी र शालग्रामको महत्व” रहेको छ । प्रतियोगितामा आफना ६४ प्रतिस्पर्धीलाई पछि पार्दै पर्वत मोदी गाउँपालिका ७ स्थित पशुपति माविका पौडेल प्रथम हुनु भएको हो ।
यसैगरी, कालीगण्डकी गुरुकुलमका राघब बस्यालले द्धितिय र कपिलवस्तु विद्यामन्दिर वाणगंगाकी श्रद्धा घिमिरे तृतीय हुनुभएको छ ।
प्रतियोगितामा पाँच जना सान्त्वना भएका छन् । परमानन्द स्मृति वैदिक विद्या मन्दिर, चितवनका श्रीकृष्ण न्यौपाने, भू पू सैनिक राइजिङ आवासीय मा वि रामपुर पाल्पाका डिप्लब सेन, काजिमान हरिटिका मावि पुतलीबजार स्याङ्जाका रितिका केसी, चिराग आवासीय मावि गल्याङका प्रकृति पाण्डे, र सरस्वती मावि, वालिङ १३ का शंकर न्यौपाने सान्त्वना भएका हुन ।
प्रतियोगितामा प्रथम हुनेले ३१ हजार, द्वितीयले २१ हजार , तृतीयले ११ हजार र सान्त्वना हुने पाँच जनाले जनही ५ हजार १ सय रुपैंया पुरस्कार स्वरुप प्रदान गरिएको छ ।
प्रतियोगितामा देशभरका कक्षा ७ देखि १२ सम्म अध्ययनरत ६५ जना छात्रछात्रा सहभागी भएको प्रतियोगिताका संयोजक डा. तुलसी प्रभासले जानकारी दिनुभयो ।
		