Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बहिरा ब्यक्तिका लागि स्वास्थ्य, वैंकिङ तथा कानून सम्बन्धि अभिमूखीकरण सम्पन्न
    पुतलीबजार नगरपालिका

    बहिरा ब्यक्तिका लागि स्वास्थ्य, वैंकिङ तथा कानून सम्बन्धि अभिमूखीकरण सम्पन्न

    Syangja SandeshBy Syangja SandeshMarch 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ चैत । स्याङ्जा बहिरा संघको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोगमा बहिराहरुको अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    दुई दिने शनिवार र आइतवार भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद सुनिता थापाले उदघाटन सहित अपांगता सम्बन्धि जानकारी गराउनु भएको थियो । यसैगरी बिभिन्न बिषयमा प्रशिक्षणका कक्षाहरु संचालन गरिएका थिए ।

    अभिमूखीकरणको उदघाटन गर्दे गण्डकी प्रदेश सांसद सुनिता थापाले अपांगताभित्र पनि बहिरा अपांगताको बिषय अझ जटिल रहेको बताउनुभयो । गण्डकी प्रदेश सांसद हुने अवसर पाएकोमा यस अवसरलाई सहिसदुपयोग गर्दै अपांगता ब्यक्तिका सहज जीवन यापनका लागि कानून नै ब्यवस्था मिलाउनगरी कार्ययोजना अघि बढाएको जानकारी गराउनुभयो ।

    राज्यका हरेक तहमा अपांगताका सवाल र दोभाषेको ब्यवस्थापन गर्न जरुरी रहेको उहाले भन्नुभयो । योैन तथा प्रजनन स्वास्थ्य, बैंकिङ कारोवार, फौजदारी कानून र न्यायिक ब्यवस्था लगायतका बिषयमा हुन लागेको अभिमूखीकरणले बहिरा बर्गलाई सकारात्मक प्रभाव पार्ने जनाउदै अभिमूखीकरण कार्यक्रमको भरपुर उपयोग गर्न समेत उहाले सुझाव दिनुभयो ।

    कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले अपांगता ब्यक्तिहरुलाई लक्षित गर्दे कार्यालयले यस्ता सचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । आउदा दिनमा पनि यस्ता कार्यक्रमलाई अघि बढाउन प्रदेश सरकार समक्ष योजना माग गरेको जानकारी गराउनुभयो ।

    सोही कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं. १ का सदस्य पवित्रा लम्साल, अपांगता सशक्तिकरण सामुदायिक विकास केन्द्रका स्याङ्जाका अध्यक्ष युवराज पराजुली, स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल लगायतले शुभकामना मन्तब्य सहित यस्ता खालका कार्यक्रम अपांगता भएका परिवारमा पुग्न जरुरी रहेको आवश्यकता औल्याउनुभयो ।

    अभिमूखीकरणमा राष्ट्रिय बाणिज्य बैंक स्याङ्जाका उपप्रवन्धक सूर्यकृष्ण चौलागाई, फौजदारी कानून सम्बन्धि प्रहरी निरीक्षक प्रवेश तिवारी, स्वास्थ्य अधिकृत अस्मिता भण्डारीले यौन, प्रजनन तथा स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

    स्याङ्जा बहिरा संघका अध्यक्ष सन्जीव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सुनिता थापाले स्वागत सहित कार्यक्रम आयोजना गर्नुका उदेश्यका बारेमा जानकारी गराईन भने सल्लाहकार कुलप्रसाद भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    यसेैगरी, सोही कार्यक्रममा स्याङ्जा बहिरा संघले सांसद सुनिता थापा र सामाजिक विकास कार्यालय प्रमुख जीवन पैौडललाई सम्मान गरेको छ । अभिमूखीकरणमा ३५ जना बहिरा सम्बन्धि अपांगता भएका ब्यक्तिहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.