Author: Syangja Sandesh

स्याङ्जा १० पुस । गण्डकी प्रदेश शिक्षा, संस्कृति तथा विज्ञान प्रविधि मन्त्रालयको आर्थिक सहयोग र नारी समता केन्द्र स्याङ्जाको आयोजनामा ७ दिने झोला बनाउने तालिम सुरु भएको छ । तालिमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीले महिलालाई आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी बन्ने बताउनुभयो । उहाले तालिममा सिकेका सीपलाई ब्यवहारमा लागु गरि ब्यवसायी बन्न समेत सुझाव दिनुभयो । कार्यक्रममा वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य सीता गोदार, काग्रेस नगर सभापति सुरजकुमार अधिकारी, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, जिल्ला सदस्य सुनिता पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पत्रकार युवराज पौडेल, प्रशिक्षक पम्फा नेपाली लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।…

Read More

सुर्खेतं ९ पुस । नेपाल पत्रकार महासंघले इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा दुई दिन भएको महासंघको साधारणसभाले इन्टरनेटको माध्यमबाट भएको प्रेस स्वतन्त्रता हननको घटना नयाँ चुनौतीको रुपमा देखिएको निश्कर्ष निकालेको हो । पछिल्लो समय सामाजिक सञ्जालमा सञ्चार माध्यमलाई अनलाइक, अनफलो गर्नेदेखि अनलाइन सञ्चारमाध्यमको सीएमएसमा अनधिकृत प्रवेश गरेर समाचार सामग्री हटाउनेसम्मका घटना भएको भन्दै महासंघले यसतर्फ सचेत हुन आग्रह गरेको छ । १५ बुँदे सुर्खेत घोषणापत्रमा महासंघले सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आह्वानसमेत गरेको छ । महासंघले अघिल्लो प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल, सूचना प्रविधि, सार्वजनिक…

Read More

स्याङ्जा ९ पुस । कबि तथा गीतकार सागर बाबु (बुद्धिसागर लामिछानेद्धारा) संग्रहित जिन्दगीको रीत नामक गीतगजल संग्रहको शनिवार स्याङ्जामा लोकार्पण गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजना तथा लक्ष्मी स्मृती पुस्तकालय, स्याङ्जा रेडियो र टेलिभिजनको समन्वयमा गीतगजल संग्रह लोकार्पण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारी, पुतलीबजार नगर कार्यवाहक प्रमुख मनोज पौडेलले संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । लोकार्पण कार्यक्रमका प्रमुख अतिर्थी समेत रहेका प्रमुख जिटीले सागर बाबु निजामति सेवामा क्रियाशिल रहेर पनि कला र संस्कृतिप्रति देखाउने भएको उहाको प्रतिभा र सृजनाले स्याङ्जामा थप आयाम थपेको बताउनुभयो । बाबुका सृजनालाई निरन्तरता दिन समेत…

Read More

स्याङ्जा ९ पुस । पुतलीबजार नगरपालिका र सयुक्त राष्टसघिय बिकास कार्यक्रम यूएनडीपीको आर्थिक सहयोग र सुर्योदय क्लबको ब्यबस्थापनमा पुतलीबजार नगरपालिका २ हुनिकोटमा ३ दिने ईको होमष्टे तालिम समापन भएको छ । स्थानीय खाद्य बस्तुको उपयोग गर्दे बिभिन्न परिकार निर्माणगरी पर्यटकलाई खुवाउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै पुतलीबजारका कार्यवाहक नगर प्रमुख मनोज पोैडेलले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गरी इको होमस्टेलाई प्रवद्र्धन गर्न सुझाव दिनुभयो । कार्यक्रममा योजना अधिकृत ताराचन्द्र ढकाल, क्लवका उपाध्यक्ष बलराम दोरंगा, मुख्य प्रशिक्षक प्रिन्स गुरुङ् सहभागि सुनिता अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । वडा नं. २ का अध्यक्ष भिमबहाुर…

Read More

स्याङ्जा ८ पुस । सुशासन प्रवद्र्धन र भ्रष्टाचार बिरुद्धको सहकार्यमा नागरिक समाज एवं नागरिक निगरानी संस्थाको भूमिकाको बिषयमा पोखरामा छलफल एवं अन्र्तक्रिया गरिएको छ । भ्रष्टाचार बिरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य भन्ने मुल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा र गण्डकी प्रदेशका ४ जिल्लामा गठित नागरिक निगरानी संस्थाबीच हिजो पोखरामा छलफल एवं अन्र्तक्रिया भएको हो । कार्यक्रममा बोल्दै आयोग कार्यालयका प्रमुख एवं सहसचिव पार्वती शर्माले भ्रष्टआचारणलाई निरुत्साहित बनाउनका लागि जिल्लामा स्थापित नागरिक निगरानी संस्थाले निगरानी एवं खबरदारी गर्न सुझाव दिनुभयो । संस्थागत विकासका लागि आयोगले कार्यबिधि बनाएर अघि बढ्ने बताउदै सूचना र समन्वयमा सहयोग गर्न जिल्ला स्थित संस्थालाई…

Read More

स्याङ्जा ८ पुस । स्याङ्जाका शौन्दर्यकर्मीको समूह समाजसेवामा पनि क्रियाशिल देखिएको छ। कात्तिके तिहारमा भैलो खेल्दा संकलित रकमबाट जेष्ठ र विपन्न बर्गलाई खाद्यान्न सहित कपडा उपलब्ध गराइएको हो। देउसी भैलो खेलेर मनोरंजन गर्ने प्रचलन रहेका बेला शौन्दर्यकर्मीले भने सामाजिक कार्यमा लगानी गर्नु सहहनीय पक्ष हो।ब्यूटिपार्लर एसोसिएसन स्याङ्जामा आवद्ध उनीहरुले देउसीभैलो खेलेर संकलन गरेको रकमले बृद्धाआश्रम र अतिविपन्नलाई खाद्यान्न तथा न्यानो कडा प्रदान गरेका हुन्। गएको तिहारमा वालिङ्मा रहेका २८ जना शोैन्दर्यकर्मी मिलेर भैलो खेलेर १ लाख ४० हजार रुपैंया संकलन गरेका थिए। जाडोको समयमा खाद्यान्न र न्यानो कपडा पाउदा उनीहरु पनि खुशी देखिन्थे। उनीहरुले चापाकोट नगरपालिका ६ केलादीघाट स्थित राधा…

Read More

काठमाण्डौं ७ पुस । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूल बिहीवार (आज) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो । केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् । शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ । शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए । थरीथरीका पोसाक र भेषभुषामा सांसदहरूको उपस्थितिले संसद् भवन नयाँ बानेश्वको दृष्य निकै…

Read More

स्याङ्जा ७ पुस । यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन अचाक्ली भए पनि किसानले मूल्य नपाएकोमा चिन्तित छन्।उत्तरफर्केका यहाँका पाखा, पखेरा र बारीका गह्रागह्रा सुन्तला पाकेर पहेंलपुर छन्। तर, किसानले भने मेहनत अनुरुपको बजार भाउ नपाएको चिन्ता गर्छन्। पुसको दोश्रो बितिसक्दा पनि गतबर्षकै मूल्यमा ब्यापारिले सुन्तला मुल्य नपाएपछि किसानले बोटमै सुन्तला राखेकाछन्। गत बर्षकै मूल्यमा ब्यापारिले सुन्तला किन्न मागेपछि बिmक्री नगरेको भीरकोट नगरपालिका ७ का सुन्तला किसान शालिकग्राम अर्याल भन्नुहुन्छ ्। अर्यालको झण्डै २० रोपनी जग्गामा सुन्तला पाकेर राता र पहेंला भएका छन्। उहाले भन्नुभयो , ‘ब्यापारिले प्रतिकिलो ७० रुपैंया पनि दिन अनकनाएपछि सुन्तला नबेचिकन राखेको छु। जब, ७० रुपैंया माथि भाउ…

Read More

कास्की ४ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताउनुभयो । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उहाले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो । गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको बताउँदै उहाले उक्त विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिनुभयो । विकाससँग पत्रकारलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाले पछिल्ला समयमा यो सोच विस्तार हुँदै गएको बताउनुभयो । नेपाल पत्रकार…

Read More

स्याङ्जा ४ पुस । वालिङ नगरपालिका वडा नं. ४ मा रहेको सुन्तलावारी होमस्टेलाई ईको होमिस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ । सुन्तलै सुन्तलाको गाँउको रुपमा परिचित रहेको वालिङ नगरपालिका वडा नं ४ खाल्टेलाई व्यवस्थित गर्न भान्सा व्यवस्थापनअर्थात खाना पकाउने तालिम सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, संयुक्त राष्टसंघीय विकास कार्यक्रम युएनडिपी, र दियालो संस्थाको सहकार्यमा वालिङमा सञ्चालन भईरहेको हरित पुनः उत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ईको होमिस्टे सञ्चालनका लागि भान्सा व्यवस्थापन तालिम सञ्चालन गरिएको हो । ईको होमिस्टेका लागि आवश्यक पर्ने पूर्वाधारहरु,वातावरणीय तयारी लगायतका कामहरु समेत भईरहेकाछन् । स्थानीय उत्पादनबाट बनेका परिकाहरुलाई नै होमिस्टेमा…

Read More

स्याङ्जा ४ पुस । भीरकोट नगरपालिकाको मातहतमा रहेको भीरकोट नगर अस्पतालमा अस्पताल संचालक समिती गठन गरिएको छ । अस्पतालमा बसेको जनप्रतिनिधि र सरोकारवालाको संयुक्त भेलाले नगर प्रमुख गोबिन्दकुमार कर्माचार्यको अध्यक्षतामा अस्पताल संचालक समिती गठन गरेको हो । नगर अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन र विपन्न स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गर्न १३ सदस्यीय अस्पताल संचालक समिती गठन गरिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो । नवगठित संचालक समितिमा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रशासन प्रमुख, सम्बन्धित वडाको र छिमेकी वडाको वडा अध्यक्ष, नगर उपप्रमुख , समाजसेवी र व्यवसायीहरूलाई समेटिएको छ । नवगठित समितिमा वडा नं ७ का…

Read More

स्याङ्जा ३ पुस । भीरकोट नगरपालिका र युएनडिपीको आर्थिक सहयोग तथा अन्धाअन्धी सामुदायिक केन्द्रको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना बारे जानकारी दिने उदेश्यले पत्रकार र सरोकारवालाबीच अन्र्तक्रिया गरिएको छ । अन्र्तक्रियामा बोल्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्याले नगरपालिका, यूनएनडीपीको आर्थिक सहयोग र अन्धाअन्धी विकास केन्द्रको समन्वयमा संचालित परियोजनाको मुख्य उदेश्य कृषि र पर्यटनमा सहयोगगरी ब्यवसायि बनाउनु रहेको बताउनुभयो । यसैगरी, कार्यक्रममा नगर प्रवक्ता दिपेन्द्र केसी, कार्यक्रम संयोजक एकनारायण सापकोटा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले बोल्नु भएको थियो । यसैगरी, सोही कार्यक्रममा भीरकोटका कृषकहरुलाई फुलका बिउ तथा अत्यावश्यक औजार वितरण गरिएको छ । यसअघि भीरकोट नगरपालिकामा संचालित…

Read More

काठमाण्डौं ३ पुस । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरेका…

Read More

स्याङ्जा २ पुस । नेपाल पत्रकार महासंघ स्याङ्जाको १३ औँ साधारणसभा वालिङमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्नुहुँदै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले निष्पक्ष पत्रकारितामा जोड दिनुभयो । राज्यको चौँथो अंग पत्रकारिता जगतले समाजलाई सहि मार्गनिर्देश गर्नुपर्ने बताउदै व्यक्तिगत चरित्रमाथि आँच आउने किसिमका सामाग्रीहरु प्रसारण तथा प्रकाशन गर्न नहुँने बताउनुभयो । महासंघको भवन निर्माण तथा अन्य विकासका लागी समन्वयले सबै तहसंग समन्वय गरेर अगाडि बढ्ने समेत समन्वय प्रमुख जिटिले बताउनुभयो । पत्रकारहरुको कलमको महत्व धेरै रहेको भन्दै हजारौँ भौतिक अस्त्रभन्दा एउटा कलमको शक्ति बढि हुने जनाउनुभयोे । कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले पत्रकार महासंघलाई साझा…

Read More

स्याङ्जा १ पुस । रुम टु रिड र सूर्योदय क्लवको संयुक्त आयोजनामा भीरकोट नगरपालिका २ डाडाकोट स्थित श्री पूर्ण दुर्गा भवानी आधारभूत बिद्यालयको अनुगमन तथा अन्र्तक्रिया गरिएको छ । प्रारम्भिक कक्षाका बालबालिकालाई पठन सिप र पुस्तकालयमा अध्ययन गर्ने वानी विकासका लागि संचालित परियोजनाको अनुगमन पश्चात सरोकारवालाबीच अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले यस्ता कार्यक्रमले बालबालिकालाई अध्ययनमा चासो बढाउनुका साथै पढ्नमा पनि रुची जगाउने हुदा यस्ता कार्यक्रमलाई राज्यले पनि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्यले यस्ता कार्यक्रमलाई भीरकोट नगरपालिकाभरी बिस्तार गर्न आफु तयार रहेको जनाउदै सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।…

Read More