स्याङ्जा २० पुस । गल्याङ्मा रुजी फाउण्डेशनद्वारा न्यानो कपडा वितरण गरेको छ । कक्षा शिशु देखि कक्षा ५ सम्मका ६५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो बढेसंगै शिक्षण क्रियाकलापनमा प्रभाव पर्न सक्ने र विशेष गरेर दलित र जनजातिहरुको बाहुलयता भएको बस्तीका बालवालिकाहरुका लागि न्यानो कपडा वितर गरेको फाउण्डेशनका संरक्षक तथा गल्याङ नगरपालिकाका पूर्व नगर प्रमुख भूपराज अधिकारीले बताउनुभयो । रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ स्थित चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गर्दै सो कुरा बताउनु भएको हो । संरक्षक अधिकारीले भने चिसो अत्याधिक बढेको र चण्डिथानमा वढी चिसो हुने ठाउँभएकाले विद्यार्थीहरुमा चिसोको कारण विभिन्न खाले…
Author: Syangja Sandesh
स्याङ्जा २० पुस । स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न तथा ती गुनासाहरुलाई व्यवस्थित रुपमा सुनुवाई गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक,पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या तथा नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिकाभित्रका १४ वटै वडाहरुमा नगरले गरेका कामहरु,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘सबै जनप्रतिनिधिहरु नागरिकमाझ पुगिनसकेको अवस्था पनि हुनुसक्छ,नागरिकका गुनासाहरु धेरै हुनसक्छन् ,ती गुनासाहरुलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।’ नगरका गतिविधिहरु नागरिकमाझ पु¥याउन…
स्याङ्जा, १८ पुस । स्थानीय कला, संस्कृतिको पहिचान झल्कनेगरी कालीगण्डकी गाउँपालिकाले लोगो झण्डा सार्वजनिक गरेको छ। योसंगै जिल्लाका ११ पालिकामध्ये पालिकाको लोगो, झण्डा र स्थानीय गान बनाउने कालीगण्डकी पहिलो पालिका बनेको छ।कार्यपालिकाको बैठकले आफनै लोगो र झण्डा बनाउनेगरी निर्णय भए बमोजिम लोगो र झण्डा बनाएको हो। कार्यपालिकाले कात्तिक २८ छाप र झण्डा डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरेको थियो। केही शर्त सहित मंसिर २० गतेसम्मको समयसिमाभित्र लोगो र झण्डा बुझाउन आग्रह गरिएको थियो। पालिकामा प्राप्त हुन आएका डिजाइन मध्ये गाउँपालिकाको मौलिकता झल्कनेगरि बनाइएका लोगो र झण्डालाई चयन गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी गराउनुभयो । उहाले भन्नुभयो, ‘लोगो…
कास्की १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको हो । विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । उद्घाटन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण भएका थिए । शुरुमा बुद्ध एयर र त्यसपछि यति एयरलाईन्स, गुण, सौर्य र हिमालय एयरलाईन्सका जहाज अवतरण भएको थियो । त्यसपछि भने पोखराबाट उडान शुरु गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ । उद्घाटन समारोहमा मानव सागर नै उत्रिएको थियो । पोखरा महानगरपालिकाको आह्वानमा पोखराका लब्ध प्रतिष्ठितदेखि आमा समूह, युवा क्लव, संघ संस्थाहरु…
स्याङ्जा १६ पुस । राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बिचारगोष्ठी सहित संघ तथा प्रदेशसभामा नवनिर्वाचित सांसदहरुलाई सम्मान गरेर मनाइएको छ । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद धनराज गुरुङ्ले गठबन्धनमा प्रचण्डले बेइमान गरेको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाद्धारा शनिवार आयोजित ४६ औं राष्ट्रिय मेलमिलाप दिवस को अवसरमा बोल्दै गुरुङ्ले अस्ति भर्खर प्रचण्डले हामी १५÷२० बर्ष गठबन्धन कायम राख्ने भनेर बोलेको स्मरण गराउनुभयो । निर्वाचनअघि धनराज गुरुङ् लगायतले गठबन्धन गर्नै हुदैन भन्दै आएको भन्नुभयो । तर, अहिले यो परिस्थिती आयो। एकले अर्कालाई दोष लगाउनु भन्दा नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनुको बिकल्प नरहेको उहाले भन्नुभयो…
मणी अर्यालपौष १५,वालिङ । व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो । देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो । सावारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएको छ ।नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । वालिङमा बसपार्क नहुँदा लामो तथा छोटो दुरीका सवारी साधनहरु व्यवस्थित रुपमा पार्किङ…
स्याङ्जा १५ पुस । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ बाघ वर्गको बिदाइ गर्दै ’हि ल्हो’ बिरालो वर्गको स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ…
कास्की १४ पुस । गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हल नदीपुरमा बिहीवार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्यको रूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग शपथ लिनुभएको थियो । उहाले बिहीबार ५९ सांसदलाई शपथ गराउनु भएको हो । ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसद्मा ५ दलको सहभागिता छ । २७ सिट ल्याएको नेपाली कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको रूपमा सहभागी हुनेछ । कांग्रेस…
स्याङ्जा १४ पुस । स्याङ्जा जिल्ला अस्पताल प्रमुख बिहिन छ। झण्डै ३ महिनाअघि मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्य सरुवा भएर लम्जुङ् गएपछि अस्पताल प्रमुख बिहीन बनेको हो। डा. आचार्य कात्तिक १३ गते जानुभएको हो । अहिले वरिष्ट स्टाफ नर्स कृष्ण कार्कीले निमित्त भई अस्पताल प्रमुखको जिम्मेवारी वहन गर्दे आउनु भएको छ । अस्पतालमा ६ जना डाक्टर सहित झण्डै ९० जना कर्मचारी कार्यरत छन्। दैनिक सयदेखि २ सयसम्म बिरामी आउने अस्पतालमा शल्यक्रिया सहितका सेवाहरु उपलब्ध छन्। पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा २०५७ सालमा स्थापित जिल्ला अस्पताल पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराईर्दैे आएको छ। यहाँ शल्यक्रिया सहित, मृर्गौला डायलायसिस, प्रसुतीमा जटिल…
स्याङ्जा १४ पुस । विश्व हिन्दु युवा संघ स्याङ्जाले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदाको माग गरेको छ । संघले सार्वजनिक विदाको माग गर्दै बिहिवार वालिङ नगर प्रमुख कृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्र बुझ्दै वालिङ नगर प्रमुख कृष्ण खाँडले पृथ्वीनारायण शाहले गरेको योगदान नेपालीले भुल्न नहुने कुरा बताउनु भयो । उहाँले नेपाली जनतालाई एकताबद्ध गराउने काम पृथ्वीनारायण शाहले गरेकाले इतिहासको सम्मान गर्नुपर्ने बताउनुभयो । उपप्रमुख कविता तिवारी, ले पनि पृथ्वीनारायण शाहले नै नेपाली राष्ट्रियता बलियो गराउने काम गर्नु भएको र नेपाली जनतालाई एउटै मालामा गाँस्ने काम गर्नुभएको हुँदा उहाँलाई नेपाल र नेपालीले भुल्न नहुने कुरा बताउनु…
स्याङ्जा १४ पुस । विरुवा गाउपालिका ७ स्थित शिव पार्वती महिला बहुउदेश्यीय सहकारी संस्थाद्धारा संचालित ७ दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ । शिक्षा संस्कृति बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा सहकारीकोे आयोजनामा तालिम गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिलालाई आजआर्जनका सीप हस्तान्तरण गर्दै उनीहरुलाई ब्यवासायिक बनाउदै आयआर्जनमा जोड्ने उदेश्यले तालिम उपलब्ध गराएको बताउनुभयो । उहाले तालिममा सिकेका सीपलाई ब्यवसायि बनाएर अघि बढाउन समेत सुझाव दिनुभयो । गण्डकी प्रदेशका निवर्तमान संसद भागवतप्रकाश मल्लले सीप भएका ब्यक्ति जहिल्यै पनि आर्थिकरुपमा अघि हुने हुदा स्वावलम्बी र आत्मनिर्भर बन्नका…
स्याङ्जा १४ पुस । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समिक्षा गरेको छ । सो पुस्तकमा स्याङ्जामा एक वर्षको अवधिमा भएका हत्या, वलात्कार, बलात्कारका प्रयास, बाल यौनशोषण तथा दु्रव्यवहार, घरेलु् हिंसा लगाएतका ५७ वटा मानवअधिकार हनन सम्बन्धी घटनाहरु समावेश गरिएका छन । कार्यक्रममा जिल्ला न्यायधिस रोमाकान्त ज्ञवालीले कानुनमा उल्लेख भएका तर व्यवहारमा लागू हुन नसकेको मुद्दाहरु लाई समेत इन्सेकले आगामि दिनहरुमा आफ्नो विषय बनाउनु पर्नेमा जोड दिनु भयो । व्यक्तिले कानुन र सोको सजाय व्यवस्था बारेमा स्पष्ट जानकारी प्राप्तगर्ने जस्तै ः १५ बर्ष देखीमाथिका विद्यार्थीहरु लाई विद्यालयमा लागुऔषध, बालविवाह जस्ता विषयमा सचेतना…
कास्की १४ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनु भएको छ । प्रतिस्पर्धी भोजराज अर्याललाई हराउँदै विजयी भएका सुरेन्द्र पाण्डेले १८ मत प्राप्त गर्नुभएको हो । अर्याललाई भने ८ मत प्राप्त भयो । निर्वाचनमा मत बदर भएको थियो । लामो समयसम्म चलेको छलफलमा सर्वसम्मत नेता चयनमा सहमति नजुटेपछि बुधबार दिउँसो १ देखि २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । दुवै जनाले मनोनयन फिर्ता लिन मानेनन् । त्यसपछि ३ देखि ४ बजेसम्म मतदान गरिएको निर्वाचन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । पाण्डे संस्थापन पक्षधर हो भने अर्याल अर्का पक्षका । पाण्डेलाई विन्दुकुमार थापाको प्रस्ताव र…
स्याङ्जा १२ पुस । रुम टु रिड र सूर्योदय क्लवको संयुक्त आयोजनामा विरुवा गाउपालिका ५ नागस्थत स्थित किचननस आधारभूत बिद्यालयको साक्षरता कार्यक्रमका बारेमा अनुगमन तथा अन्र्तक्रिया गरिएको छ । बालबालिकालाई नेपाली भाषा पठन सिपको विकास गर्ने उदेश्यले साक्षरता अभियान संचालन गरिएको हो । साक्षरता कार्यक्रममा कक्षा १ देखि ५ कक्षासम्म बालबालिकाको स्वअध्ययनमा रुची बढाउनुका साथै पुस्तकालयमा गएर पढ्ने बानीको विकास गर्नु रहेको छ । अनुगमन, निरीक्षण पश्चात आयोजित अन्र्तक्तिया कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवरले प्रारम्भिक कक्षाका बालबालिकालाई पठन सिप र पुस्तकालयमा अध्ययन गर्ने वानी विकासका लागि यस्ता शैक्षिक क्रियाकलाप बढी प्रभावकारि रहने बताउदै पालिकाका अन्य विद्यालयले पनि यस्कोे शिको…
काठमाडौं १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । त्यस्तै, मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एर्व अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा ९माओवादी केन्द्र० उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नु हुने छ । मन्त्रीहरुमा ज्वालाकुमारी…