बुटवल २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गर्नुभएको हो । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ । गिरीले बुधबारै मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका गर्नुएभको थियो ।
Author: Syangja Sandesh
स्याङ्जा २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । मंगलबार (आज) सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो । मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा दुई सय ६८ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा दुई मत खसेको छ । दुई सय ७० सांसद उपस्थित थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनुभएको छ । प्रतिनिधि सभामा भएको मत विभाजन अनुसार प्रचण्डले दुई सय ६८ जना सांसदको मत पाउनुभएको छ । दुई सय ७५ सदस्यीय संसदमा दुई सय ७० जना सांसद उपस्थित थिए । दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल…
स्याङ्जा २५ पुस । पुतलीबजार नगरपालिका ११ जैसीडाँडा स्थित शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका छन्। सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि किसानमा चिन्ता थपिएको छ। बेमौसममा राम्रो पैसा लिन सकिने जनाउदै यहाँका किसानले सुन्तला शीत भण्डारण गरेका हुन्। यस वर्ष मंसिर १४ गते पहिलो पटक राखिएका सुन्तला मध्ये एक प्रतिशत सुन्तला बिग्रीएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले जानकारी दिनुभयो । विगतका वर्षमा भन्दा झण्डै तेब्बर मात्रामा सुन्तला फलेका र भण्डारण गर्ने समेत ब्यवस्था भएकाले यहाँका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए। तीमध्ये एक क्विन्टल सुन्तला बिग्रेको देखिएको उनले जनाए। बिग्रेका ती…
स्याङ्जा २५ पुस । प्रशासनले जिल्लाका ४ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ। स्याङ्जा स्थित सर्वदलीय बैठकले नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा जारी निर्देशन अनुरुप जिल्ला स्थित सबै राजनीतिक दलहरुको संयुक्त बैठ बसी सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारीदिनुभयो । बन्द गरिनेमा भीरकोटका २ वटा, गल्याङ् र गल्याङ्मा संचालित एक-एक वटा क्रसर उद्योग रहेका छन्। भीरकोट स्थित छाङ्छाङदी र खिलुङ्कालिका, गल्याङ् स्थित गह्रौंकालिका र वालिङ् स्थित आँधीखोला क्रसर उद्योग बन्द गरिएका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले…
स्याङ्जा २५ पुस । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री नियूक्ति हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार (पुस २५) गते अधिकारीलाई गण्डकीको मुखयमन्त्रीमा नियूक्ति गर्नुभएको हो । गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीालई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियूीक्त गर्नुभएको छ । अधिकारीले ३३ सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी गर्नुभएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ गराउनुभएको छ । गुरुङले आफ्नै निवास पोखरा सिमलचौरमा सपथ गराउनुभएको हो् । त्यसअघि…
स्याङ्जा २४ पुस । फेदिखोला गाउँपालिकाले पालिकास्तरीय दोस्रो कृषि प्रदर्शनी एव मेला आयोजना गरेको छ। कृषिमा व्यवसायिकरण गर्दै कृषकलाई उत्प्रेरणा सहित पुरस्कृत गर्ने उदेश्यले कृषि प्रर्दशनी एवं मेला आयोजना गरिएको हो। मेलामा १ सय ४८ कृषक,कृषक समूह र एकीकृत कृषि तथा पशुपन्छी फर्मले सहभागिता जनाएका थिए। तीमध्ये ६० जनालाई पुरस्कृत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । किसान किसानबीच कृषिसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्दै कृषिमा उत्पादकत्व बढाउन सकिने भएकाले मेला आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ। मेलामा फलफूल, तरकारी र सागसब्जी, जरा तथा कन्दमूल समूह,मसलावाली,लहरेबाली,नगदेबाली, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर, गाइभैँसी,पंक्षी समूह,गड्यौला मल उत्पादन गरी १२ विभिन्न…
स्याङ्जा २४ पुस । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वय १५ दिने हाते ट्याक्टर , कम्वाईन मिल तथा मेशिनरी औजार मर्मत सम्बन्धी सीपमूलक तालिम सुरु गरेको छ । सीप सिकौं, आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ मेशिनरी मर्मत तालिम सुरु गरेको हो । तालिमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मर्मतकर्ताका अभावमा यस्ता मेशिनरी बस्तुहरु उपयोग बिहिन रहेका अवस्थामा यस्ताखालका तालिमले सहयोग पुग्ने बताउनुभयो । तालिम सिकेर आफनै गाउँघरमै मर्मत केन्द्र संचालन गरेर स्थानीयबासीलाई सहयोग गर्न सुझाव दिनुभयो । नगरपालिकाले कृषि आधुनिकीकरणसंगैे किसानमैत्री प्रबिधिका अन्य औजारका लागि पनि आवश्यकता अनुरुपका तालिम उपलब्ध…
स्याङजा, २३ पुस । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्थानीयस्तरमा नै उपलव्ध र उत्पादन हुने सामाग्रीहरुको प्रयोग गर्न व्युटिसियनहरुलाई आग्रह गर्नु भएको छ । स्थानीयस्तरमा नै उत्पादन हुने सामाग्रीहरु सौन्दर्यको लागि प्रयोग गर्न सकिन्छ,जसले गर्दा पैसा बाहिर जानबाट रोक्न सम्भव हुन्छ उहाले भन्नुभयो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘सक्षम महिला समानान्तर पाइला कार्यक्रम’ अन्तर्गत महिला उद्यमशिलता कार्यक्रम अनुशार वालिङका व्युटिसियनहरुको दक्षता तथा सीप बृद्धिका लागि सञ्चालन गरिएको तालिममा बोल्दै मन्त्री श्रेष्ठले महिलाहरुलाई उद्यमी र व्यवशायीक बनाउन प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।…
स्याङजा, २३ पुस । स्याङ्जा गण्डकी यातायात प्रा.लि.को चौथो साधारणसभा तथा दोश्रो अधिवेशनको उदघाटनसत्र शनिवार सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दै संघिय सांसद राजु थापाले हचुवाका भरमा केही नजिकका ब्यक्तिलाई मात्र समेटेर यातायातका नीति नियम बनाईदा धेरै ब्यवसायी मार्कामा परेको बताउनुभयो । ब्यक्तिका निजी लगानीमा अरबौं रकम लगानी गरेर राज्यलाई धेरै कर तिर्ने ब्यवसायीलाई राज्यको दृष्ट्रिकोण सकारात्मक नभएको थापाको भनाई छ । यातायातमा धेरै विसंगती हुँदा पनि राज्य मुकदर्शक बनेको उहाको भनाइ छ। ब्यवसायीबीचको एकता र भाइचारा सम्बन्धले संस्था क्रियाशिल रहेको उहाले भन्नुभयो ।‘काठमाण्डौंका बसपार्कमा गण्डकी यातायातका सवारी साधनले सहजै छिर्न नपाउने अवस्था अझै छ। राज्यलाई कर तिरेर पनि…
स्याङ्जा २२ पुस । वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । वालिङ १० मदिखोलामा रहेको फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्दै नगरउपप्रमुख तिवारीले समस्या रहित आधारभुत सेवा नागरिकलाई उपलव्ध गराउनु पहिलो काम रहेको बताउनुभयो । नागरिकको व्यक्तिगत जीवनमा परिवर्तन ल्याउदै आर्थिक रुपमा सवल हुने योजना सञ्चालन गरिने भन्दै उपप्रमुख तिवारीले गाँउ मा नै स्वरोजगार बन्ने अवस्था सिर्जना गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याउने बताउनु भयो । गाँउको समस्याहरुको पहिचान र समस्याको समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको उपप्रमुख तिवारीको भनाई छ । कार्यक्रममा…
स्याङ्जा २२ पुस । पुतलीबजार नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा आमा मिलन केन्द्र स्याङ्जाको आयोजनामा महिलाका लागि सीममूलक तालिम दिइएको छ ।वडाको सीप विकास कार्यक्रम अन्र्तगत पोतेको माला, औठी र टप बनाउने तालिम गरिएको हो । तालिमको उदघाटन गर्दै वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठले महिलालाई सीप सिकेर ब्यवसायी बनाउने उदेश्यले वडाले यस्ता तालिमका लागि सहयोग गरेको बताउनुभयो । सहभागीले तालिमको सीकेका सीपलाई सही सदुपयोग गर्दे उद्यमी बन्न समेत सुझाव दिदै आगामी बर्षहरुमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नगरकार्यपालिका सदस्य अनिता रुचाल, प्रशिक्षक सुमन थापा लगायतले तालिमका बारेमा आ आफना धारणा…
स्याङ्जा २१ पुस । अर्जुनचौपारी गाउँपालिकाका ३० दलित घरपरिवारलाई न्यानो कपडा (बिस्तारा) प्रदान गरिएको छ। अर्जुनचौपारी गाउँपालिका र स्याङ्जा सहयोग समाजका पूर्वअध्यक्ष टुकराज अर्यालको पहल, दोहाकतारको सहयोग तथा दलित उत्थान केन्द्र अर्जुनचौपारीको समन्वयमा ती न्यानो कपडा प्रदान गरिएको हो। प्रत्येक वडाका अतिविपन्न ५÷५ परिवारलाई समेटेर ६ वटा वडामा बिस्तारा सहितको सेट वितरण गरिएको हो। विस्तरा सेटमा ओढ्ने ब्लाङ्केट, सिरानी, डसना, तन्ना सहितको एक÷एक सेट न्याना कपडा दिइएको छ। प्रति परिवार ४ हजारका दरले करिब १ लाख २० हजार मूल्य बराबरका ती न्यानो कपडा बितरण गरिएको हो। बढ्दो जाडोलाई लक्षित गर्दै स्वास्थ्यप्रति ध्यान दिदै विपन्न परिवारलाई न्यानो कपडा बितरण गरिएको गाउँपालिकाका…
स्याङ्जा २१ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य, अधिवक्ता एवं समाजसेवी तुलसी गिरीले अमोर नेपाल सेवा फेदिखोलालाई नगद ८ हजार रुपैंया सहयोग प्रदान गर्नुभएको छ । पुतलीबजार नगरपालिका १४ लामागे निवासी गिरीले आफनो ७० औं जन्मदिनको अवसर पारेर गिरीले अमोर नेपाललाई सो नगद प्रदान गर्नुभएको हो । अमोर सेवा नेपाल संचालक कमला पराजुलीलाई नगद हस्तान्तरण गर्दे अमोर सेवा नेपालमा आश्रित बालबालिकाको शैक्षिक कार्यमा सो रकम खर्चिन सुझाव दिनुभयो ।
स्याङ्जा २१ पुस । जिल्ला समन्वय समिति स्याङ्जाको आठौं जिल्लासभा विहीवार सम्पन्न भएको छ ।सभाले बिभिन्न एहित जेण्डा सजारी प्रतिवेदन समेत पारित गरेको छ । जिल्ला सभाको उदघाटन गर्दे प्रतिनिधिसभा सदस्य राजु थापाले जिल्लाका सबै पालिकाले पूर्वाधार विकासमा भन्दा उत्पादनका क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो । उहाले एक पालिका एक उत्पादन भन्ने नारालाई आत्मसात गर्दे अघि बढ्न समेत सुझाव दिनुभयो । मुलुकमा आर्थिक संकट परेका बेला यस्ता अभियानले मुलुकको विकास र आत्मनिर्भरतामा सहयोग पुग्ने उहाको भनाई छ । पुतलीबजारलाई सुन्तलाको नगर, कालीगण्डकीलाई सयपत्रीको पालिका बनाउन सकिने उहाकोे भनाई छ। सबै पालिकाले आ आफना संभावना पहिचानगरी उत्पादन गर्न उहाले सुझाउनुभयो । समग्र…
स्याङ्जा २० पुस । गण्डकी प्रदेश शिक्षा संस्कृति बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सीप सिकेर आत्मनिर्भर बन्न तालिमका सहभागीलाई सुझाव दिनुभयो । शिक्षा संस्कृति बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नारी समता केन्द्र स्याङ्जाको आयोजनामा संचालित ७ दिने झोला बुनाई तालिमको समापन गर्दै मन्त्री श्रेष्ठले अभावले नै बिभिन्न किसिमका हिंसा र दुब्र्यवहार निम्त्याउने जनाउदै सिप सिकेर सक्षम बन्न सकेमा अभाव नहुने उहाले जोड दिनुभयो । ्तालिममा सहभागीलाई तालिमको सही सदुपयोग गर्न आग्रह गर्दै उहाँले ब्यवासयी बन्न चाहनेलाई थप कोर्शको तालिम उपलब्ध गराउने बताउनुभयो । आफु पदमा रहदा वा नरहदा पनि सहयोग गर्ने उहाले भन्नुभयो…