कास्की १० माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । ३ नयाँ मन्त्रीको नियुक्ति सहित ७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि सोमबारको मन्त्रिपरिषद्ले गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेको थियो। अघिल्लो सरकारमा १२ मन्त्रालय थिए। पुस २५ मा मुख्यमन्त्री नियुक्त अधिकारीले सोही दिन ३ जनालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री अधिकारीले मंगलबार ३ नयाँ मन्त्रीमा एमालेबाट रोशनबहादुर गाहाथापामगर, श्याम गुरुङ र माओवादीबाट रेशम जुग्जालीलाई नियुक्त गर्नुभएको छ । यसअघि मुख्यमन्त्री अधिकारी नियुक्त हुँदाकै दिन एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्री भएका थिए । उनीहरु ४…
Author: Syangja Sandesh
स्याङ्जा १० माघ । वालिङ्मा भएको प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो। पक्राउ पर्नेमा वालिङ नगरपालिका(९ का यमबहादुर गुरुङ र सोही नगरपालिका(८ का सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका(९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजिवबहादुर बस्नेतले पाइलटमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेको बताए। ुपक्राउ परेकाहरूबारे हामीले अनुसन्धान गरिरहेका छौं,ु उहाले भन्नुभयो…
स्याङ्जा ८ माघ । सोनाम ल्होसारको अवसरमा न्यानो कपडा वितरण गरिएको छ । नवक्रियाशिल संस्था स्याङ्जाले ३७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित विपी स्मृति आधारभुत विद्यालय मा अध्ययरत बालबालिकाका लागि न्यानो कपडा उपलब्ध गराइएको हो ।झापाकोट युवाक्लबको आयोजनामा नवक्रियाशिल संस्थाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले नव क्रियाशिल संस्थाले गरेको कार्यको प्रसंशा गर्नुभयो । विद्यार्थीलाई अध्ययनमा लगाव बढाउनका लागी यस्ता फरक फरक कार्यक्रम आवश्यक रहेको भन्दै विपन्न समुदायका लागी यस्ता सहयोगी कार्यक्रमले निकै ठुलो राहत मिलेको बताउनुभयो । कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेश सदस्य…
काठमाण्डौ ७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी यादवको पक्षमा ९७ मत परेको छ । एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए । इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्थ्यो । यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि…
स्याङ्जा ७ माघ । वालिङमा सञ्चालित प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधी आयोजक निलोले जितेको छ । वालिङ युनाईटेड क्लब, स्याङ्जाको आयोजनामा साताब्यापी प्रतियोगिता संचालन गरिएको हो । पुस ३० गतेदेखि सुरु भएको जिल्लाकैे ठूलो धनराशी सहितको प्रतियोगिता आयोजक निलोले पाहुना टीम एभिनिर फुटवल क्लव क्यामरुनलाई ३ का विरुद्ध ४ गोल गर्दै उपाधी जितेको हो। उपाधी जीतका लागि दुवै टीम कडा प्रतिस्पर्धाका साथ खेलेका थिए । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइबेकरमा आयोजक निलोका क्याप्टेन लक्ष्मण रुचालको प्रहार बाहिरिए पनि स्ट्राइकर सुवास गुरुङ, विश्वास श्रेष्ठ, टीकराज गुरुङ र विशु थापाले गोल गर्न…
स्याङ्जा ६ माघ । गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ नगरपालिकाको शिक्षाको गुणस्तर बृद्विगर्ने अभियानमा आफु जुटेको बताउनुभयो । शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन सबै खाले गतिबिधिलाई अघि बढाउन आफु तयार रहेको उहाको भनाई छ । गल्याङ् ं.९ गौमुख गेझास्थित ज्ञानोदय माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव तथा अभिभावकदिवस समारोहलाई सम्बोधनगर्दै सो कुरा बताउनु भएको हो । नगर प्रमुख भट्टराईले भन्नु भयो आफू निर्वाचित भएपछि शिक्षामा छात्राबृत्ती तथा विपन्न र गरिव बालवालिकाका शिक्षाका लागि राहत र सहयोगका कार्यक्रम संचालन गर्दै आएको दावी गर्नुभयो । शिक्षकका लागि क्षमता अभिबृद्वि तालिम विद्यालयका भौतिक तथा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिएको उहाले भन्नुभयो । कार्यक्रममा उपप्रमुख…
काठमाण्डौं ६ माघ । प्रतिनिधि सभाको भामुखसमा देवराज घिमिरे निर्वाचित हुनुभएको छ । माघ ५ गते भएको मतदानबाट घिमिरे सभामुख पदमा निर्वाचित हुनुभएको हो । प्रतिनिधि सभामा २ सय ६८ जना सांसद उपस्थित रहेकामा घिमिरेको पक्षमा १ सय ६७ मत परेको थियो ।उहाँको विपक्षमा एक सय मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गर्नुभयो । नेकपा एमालेका सांसद घिमिरेलाई एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलको समर्थन रहेको थियो । मतदानमा वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी भने अनुपस्थित हुनुहुन्थ्यो ।सभामुखको निर्वाचनमा काँग्रेस र…
स्याङ्जा ५ माघ । वालिङ्को खेलमैदानमा फुटवल प्रतियोगिता चलिरहेकै मैदानमा हेलिकप्टर अवतरण गरेपछि स्थानीयले हातपात गरेका छन्। विगत ५ दिनदेखि जारी प्रथम वालिङ् गोल्ड कप प्रतियोगिता अन्र्तगत बिहीवार अपरान्ह सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। सोही समयमा प्रभु हेलिकोप्टर ल्याण्ड गरेपछि क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको बताइएको छ। चार्टर गरेर ल्याइएको हेलिकोप्टरमा यहाँका केही युवाहरु आक्रोशित बन्दै हातपात गरेका हुन्। वालिङ नगरपालिकाका ४ जना युवाले सो हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ ल्याएका हुन्। हेलिकोप्टर ल्यान्डपछि मैदानका खेलाडी र दर्शकहरुको भागाभाग भएको छ। अनुमति बिना खेल मैदानमा ल्याण्ड गरिएकोे हेलिकोप्टरका बारेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा…
स्याङ्जा ४ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले आधीखोला गाउपालिकामा पालिका स्तरीय इकाई गठन गरेको छ । आधीखोला गाउपालिकामा बुधवार आयोजित ब्यवसायीहरुको भेलाले राजेन्द्र ढकालको संयोजकत्वमा १५ सदस्यीय इकाइ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नारायणप्रसाद पौडेल र गंगा लामिछाने, सचिवमा बिमल लामिछाने, सहसचिवमा ढाकाराम ढकाल, कोषाध्यक्षमा सीता श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा खडक विक्रम, चेतन शर्मा, रमेश पौडेल, दिलिप सापकोटा, थमनारायण पौडेल, जनकऋािष लामिछाने, थानेश्वरी क्षेत्री, कमला पौडेल, रामबहादुर रानाभाट चयन हुनु भएको हो । भेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनिता पोैडेल…
स्याङ्जा ४ माघ । आँधीखोला गाउँपालिका वडा नं २ मा नवनिर्मित वडा कार्यालय भवनको बुधवार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले भवनको उदघाटन गर्नुभएको हो । वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । “जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो ” पौडेलले बताउनुभयो । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म…
स्याङ्जा ३ माघ । पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको सम्झनामा स्याङ्जामा आज (मंगलबार) साँझ दिप पज्वलन गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा दिपप्रज्वलन गरिएको हो । दिप प्रज्वलन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, नगर सभापति सुरजकुमार अधिकारी, सचिव महादेव श्रेष्ठले मृतक प्रति श्रद्धान्जली ब्यक्त गर्दे शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । दुर्घटना बारेमा तथ्यसत्य पत्ता लगाई सुरक्षित हवाईयात्रा गन्तब्य निर्धारण गर्न सरोकारवालालाई सुझाव दिनुभयो । इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति पुगेको जनाउदै यस्ता घटना नदोह्याउन समेत उहाहरुको आग्रह छ । दिप प्रज्वलनमा…
स्याङ्जा २९ पुस । वालिङका व्यापारी तथा व्यवसायीहरुले चर्को ब्याजदरका कारण व्यापार तथा व्यवसायीक क्षेत्रबाट विस्तापित हुनुपर्ने अवस्थाको सृजना भएको गुनासो गरेका छन् । वर्तमान समयमा नेपालको अर्थतन्त्र बैंक तथा वित्तिय संस्थाहरु र उद्योगी व्यवसायी बीच समस्या समाधान विषयक विहिबार वालिङमा आयोजित अन्र्तक्रियामा यहाँका व्यापारी तथा व्यवसायी निकै आक्रोसित बनेका थिए । स्याङ्जा स्थित विभिन्न उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कर्मसहरुको संयुक्त आयोजनामा आयोजित अन्र्तक्रियामा सहभागि व्यापारीहरुले बैंक तथा वित्तिय संस्थाको चर्कोै व्याजदरका कारण व्यापार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै व्याजदर घटाउनु पर्ने दबाब दिएका हुन् । जिल्ला स्थित स्याङ्जा उद्योग वाणिज्य संघ, वालिङ उद्योग वाणिज्य संघ, भीरकोट,…
स्याङ्जा २७ पुस । पुतलीबजार नगरपालिका र संयूत्त राष्ट्र संघीय विकास कार्यक्रमे आर्थिक तथा प्राविधिक तथा सूर्योदय क्लबको ब्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड –१९ प्रतिकार्यपहल“ परियोजनाले सिमान्तकृत समुदायलाई आर्थिक सहयोग गरेको छ । सिमान्तकृतबर्गलार्ई ब्यवसायि बनाउने उदेश्यले लघुउधम व्यवसाय संचालनको लागि १५ जनालाई ५० हजार सहयोग रकम अन्तर्गतको प्रथम किस्ताको रकम चेक मार्फत हस्तान्तरण गरिएको छ ।साथै ब्यावसायिक नर्सरीको लागि पनि नगरपालिकाभित्रका १४ वटै वडामा एक÷एक व्यवसायिक नर्सरी कृषकको लागि ६० हजार रकमको ८५ प्रतिशत अनुदानमा नर्सरी सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । ती सामाग्री हस्तान्तरण गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकामा संचालित परियोजनाबाट उपलब्ध रकमको…
काठमाण्डौं २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थनमा यादवले बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । १ सय ७ सिट रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । बारा १९२० बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनु भएका यादव प्रदेशका पूर्वसभामुख समेत हुनुहुन्छ । मधेश प्रदेशमा जसपाका १६ जना सांसद रहेका छन् । त्यस्तै प्रदेश सभामा एमालेका २३, नेपाली कांग्रेसका…
काठमाण्डौं २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शर्माले आजै २५ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहनुभएका शर्मा रुकुम पश्चिम ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कर्णालीमा माओवादी र एमालेबीच साढे २र२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।