Author: Syangja Sandesh

स्याङजा २१ माघ । अर्जुनचौपारि गाउँपालिकामा रहेको दलित उत्थान केन्द्र समाजसेवामा क्रियाशिल छ । समय समयमा बेसहारा, अतिविपन्न परिवार, जेष्ठनागरिक तथा अभिभावक गुमाएका बालबालिकालाई सहयोग गर्दे आएको केन्द्रले गास बाँस कपास र शिक्षाका लागि सहयोगगार्थ रकम संकलन गर्दै अर्जुनचौपारिबासीलाई सहयोग गर्दै आएको छ। अर्जुनचौपारि गाउँपालिका वडा ४ का बृद्ध एकल महिला तथा दम रोगको बिरामी आमा पुर्ण कुमारी बि क को घर,शौचालय निर्माण तथा सो घरमा बिजुली जडान गरिदिएको छ। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा घरको चावि हस्तान्तरण गरिएको छ । यसैगरी, वडा न ४ सुनारटोल निवासी एकल एवं जेष्ठ नागरिक बिष्णु माया सुनार को घरमा बिजुली बत्ती जडान…

Read More

स्याङजा २१ माघ । पुतलीबजारमा वित्तिय साक्षरता सम्बन्धी तालिम दिइएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम –यूएनडीपी को आर्थिक र प्राविधिक सहयोग तथा सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड–१९ प्रतिकार्य पह परियोजना अन्तगर्त वित्तीय साक्षरता तालिम सम्पन्न भएको हो । तालिममा प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्यालले अहिले बित्तिय साक्षरता निकै महत्वपूर्ण भएको बताउदै तालिमपछि सहभागीलाई आर्थिक कारोवारमा सहज बनाउने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका सरोज अर्यालले मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, ए टि एम, क्रेटिड, मास्टर र्काडको बारेमा जानकारी दिनुभयो । उहाले आफनो आम्दानि तथा खर्चको सहि हिसाब राख्न, बिजुलि, पानि, इन्टरनेट आदिको…

Read More

स्याङजा २१ माघ । पुतलीबजार नगरपालिका ३ स्थित धारापानी— आम्वोट जोड्न ट्रस्ट व्रीज बन्ने भएको छ । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीले शुक्रवार यहाँ शिलान्यास गर्नुभएको छ । पुलको शिलान्यास गर्दै प्रमुख जीटीले धारापानी र आम्वोटमा पुल निर्माणपछि यहाका स्थानीयबासीलाई आवत जावतमा सहज पुग्ने बताउनुभयो । वारपार गर्नका लागि धेरै समय लाग्ने यहाका बासीन्दाले अव छिटो समयमै यहाँ वरपरका बिद्यालय, सरकारी कार्यालय, अस्पताल जान समेत सजिलो र छोटो समयमै पुग्न सकिनेमा जोड दिनुभयो । कुल ३८ लाख ११ हजार ३१३ रुपैंयाको लागतमा निर्माण गरिने पुल ३२ मीटर लम्वाईको र सवा मिटर चौडाईको हुने बताइएको छ । पुतलीबजार नगरपालिकाको आर्थिक…

Read More

स्याङ्जा १८ माघ । प्रहरी सहायक निरीक्षक रिखईप्रसाद चौधरी पुस महिनाका उत्कृष्ट प्रहरीका रुपमा सम्मानित भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आइतवार आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो। कारागार शाखा सुरक्षामा कार्यरत उनले आफ्नो मातहतका प्रहरी कर्मचारीहरुलाई चुस्त र दुरुस्त राखी कारागार भित्रको शान्ति सुरक्षाको उचित ब्यवस्थापन गरेको जनाउदै उत्कृष्ठ प्रहरीको घोषणासंगै सम्मान पाएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। कार्यालयले प्रहरीका कार्यकुशलताका आधारमा प्रत्येक महिना उत्कृष्ठ प्रहरी घोणणा गर्दे सम्मान गर्दे आएको छ। उनीहरुका कार्यकुशलतामा थप प्रोत्साहन गर्ने उदेश्यले कार्यालयले हरेक महिना उत्कृष्ठ प्रहरीको रुपमा सम्मान गर्दै आएको प्रहरी उपरीक्षक राजिबबहादुर बस्नेतले जानकारी दिनुभयो । कारागारको सुरक्षा प्रमुखको रुपमा कामगरी…

Read More

स्याङ्जा १८ माघ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको दोश्रो अधिवेशनले राजन कार्कीको अध्यक्षतामा प्रदेश स्तरीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ , प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितिय उपाध्यक्षमा प्रेमराज अधिकारी, महिला उपाध्यक्षमा मञ्जु विक, सचिवमा रामजी पौडेल, महिला सचिवमा ज्योती लोहनी, कोषाध्यक्षमा कृष्ण सुवेदी निर्वाचित हुनु भएको हो । प्रतिष्ठानको सहसचिबमा दिपक पौडेल , सह—कोषाध्यक्षमा होम गुरुङ , महिला सदस्यमा मधु चापागाई, टौसेवा गुरुङ सविना, सुनिता नेपाली, सपना परियार निर्वाचित हुनु भएको छ । भूगोल तर्फ स्याङजाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, बाग्लुङबाट हरी सुनार, कास्कीबाट माधव चापागाई, तनहुँबाट विष्णु पराजुली अधिकारी, लमजुङबाट…

Read More

स्याङ्जा १८ माघ । आँधीखोला गाउँपालिका १ सिरुबारी अन्र्तगत २ किलोमीटर वरपरको क्षेत्रमा गएराती एकै रातमा १२ ठाउँमा चोरी भएको छ। चोरी हुनेमा ९ वटा निजी घर, एउटा सहकारी संस्था, बौद्ध गुम्बा र वडा कार्यालय, रहेका छन्। लुटेराले नगद, गुम्बामा राखिएको दानपेटिका, सुन सहित सुकुटी समेत चोरेका छन्। राजाश्वारादेखि सिरुवारीसम्मको करिब २ किलोमीटर वरपरको क्षेत्रमा चोरी गर्दा साढे १० तोला सुन, ३ लाख ३६ हजार नगद, गुम्बाको दानपेटिका र २ किलो (भैंसीं) को सुकुटी समेत चोरेर लगेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।प्रहरीका अनुसार, सबैभन्दा बढी पूर्णबहादुर गुरुङको घरबाट मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला…

Read More

स्याङ्जा १७ माघ । स्याङ्जामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र यहाँका क्रियाशिल पत्रकारबीच मंगलबार प्रशासन कार्यालयमा परिचयात्मक कार्यक्रम गरिएको छ । प्रजिअ घिमिरेले स्याङ्जा जस्तो पुण्यभूमिमा सेवा गर्न पाएको अवसरलाई उपयोग गर्दै सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । कला संस्कृति, धार्मिक एवं शैक्षिक क्षेत्रमा अग्रणीस्थानमा रहेको स्याङ्जाको शान्ति सुब्यवस्था, विकास निर्माण लगायत अन्य बिबिध कार्यमा संचारजगतको महत्वपूर्ण भूमिका रहने उहाले जनाउनु भयो । निजामति सेवा र संचारजगतको मुख्यउदेश्य भनेको समाजसेवा नै रहेको जनाउदै प्रजिअ घिमिरेले समग्र जिल्लाका विकास र शान्ति सुब्यवस्था कायम राख्ने कार्यमा हातेमालो गर्दे अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल,…

Read More

स्याङ्जा १५ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो। तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने भएको हो । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

Read More

स्याङ्जा १५ माघ । मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले कालीगण्डकी गाउँपालिका ४ विर्घामा रहेको मातृभूमि सामुदायिक पुस्तकालयको उदघााटन गर्नुभएको छ। सरस्वती पूजाको अवसर पारेर रेग्मीले भवन उद्घाटन गर्नुभएको हो । उदघाटन गर्दै उहाले पढ्न पाउने मानिसको नैसर्गिक अधिकारको सम्मान गर्दै पुस्तकालयले यस क्षेत्रका आमजनताको चेतना वृद्धिमा महत्त्वपूर्ण योगदान पुरयाउने बताउनुभयो । त्यस्तै समारोहमा पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले अत्याधुनिक पुस्तकालय बनेकोमा खुशी व्यक्त गर्दै पुस्तकालय ऐनको आवश्यकता औंल्याउनुभयो । जापान सरकारको सहयोगमा शान्ति भोलन्टियर एसोसियसन, रिड नेपाल र स्थानीय समुदायको संयोजनमा सुसम्पन्न भएको भवन उद्घाटनको अवसरमा शान्ति भलुन्टर एशोसियसनका नेपाल निर्देशक हिरोको हागिहाराले नेपालकालागि जापानीज राजदुतको शुभकामना सन्देश सहित…

Read More

काठमाडौँ, १३ माघ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको फैसलापछि उक्त पदहरू नरहने भएको हो । “रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन”, फैसलामा भनिएको छ, “निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा…

Read More

स्याङ्जा १२ माघ । गल्याङ नगरपालिकाको १२ औं नगरसभा बुधवार सम्पन्न भएको छ । नगरसभामा नगर अध्यक्ष एवं सभाध्यक्ष गुरुप्रसाद भट्टराईले प्रस्तुत गरेका बिबिध एजेण्डाऐनहरु नगरसभामा छलफलपछि पारित भएको हो । सभाले गल्याङ प्रज्ञा प्रतिष्ठान गठन बिधेयक समेत पारित गरेको छ। सभामा नगर उप प्रमुख हेमा न्यौपानेले संशोधित नगर बिनियोजन बिधयक,आर्थिक बिकास समिती संयोजक दल बहादुर सिङ्जाली,सामाजिक बिकास समिती घनश्याम भट्टराई, पुर्वाधार समिती संयोजक नामदेव खनाल,लेखा समिती संयोजक होम बहादुर थापा,बिधायन समिती संयोजक दिपेन्द्र राना,सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र समिती ढाकाराम न्यौपाने,बन बाताबरण तथा बिपत ब्यबस्थापन समिती कृष्ण प्रसाद भट्टराई र न्यायिक समिती सदस्य बिक्रम पाण्डेले पेश गर्नु भएको थियो ।…

Read More

स्याङ्जा १२ माघ । आज श्रीपञ्चमी संगै सरस्वती पुजा पनि । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ÷आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालिएको थियो । संगीत, कला, साहित्य र…

Read More

स्याङ्जा ११ माघ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको सडक चौडा १० मिटर चौडा कायम गर्नेगरी स्तरोन्नती गर्ने प्रस्ताव भएको छ। सोही प्रस्ताव मान्ने हो भने स्याङ्जाको हालको अवस्थामा पनि राजमार्ग अन्तर्गत धेरै सडकखण्ड सो मापदण्ड पुगेको देखिन्छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायकता कार्यान्वयन महाशाखाद्धारा पुतलीबजार नगरपालिका ११ स्थित करेण्डाडाँमा मंगलबार आयोजित सार्वजनिक सुनुवाइका क्रममा जानकारी दिइएको हो। विभागका कन्सल्टेन्ट निरीना खड्गीका अनुसार, ‘सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा) सडक खण्ड २ लेन क्यारिज वे ७ मिटर र सडकका दाँयाबाँया (दुवैतर्फ) १ दशमलब ५÷एक दशमलब ५ मिटर (बर्म) शोल्डर सहित कालोपत्रे गर्दै स्तरोन्नती गरेर १० मिटर कायम…

Read More

स्याङ्जा ११ माघ । वालिङ नगरपालिकाले १३ औँ नगरसभा गरेको छ । नगरपालिकाले १३ औँ नगरसभा आज सम्पन्न गरेको हो । नगरसभाले दुईवटा ऐन पारित गरेको छ । नगरसभामा सभाध्यक्ष तथा नगरप्रमुख कृष्ण खाँणले पेश गर्नुभएको दुईवटा ऐनहरु नगरसभाको बहुमतले पारित भएको हो । वालिङ नगरपालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन ऐन,२०७९ र वलिङ नगरपालिकाको निजी साझेदारी ऐन,२०७५(संशोधन प्रस्ताव) नगरसभामा बहुमतका साथ पारित भएको हो । नगरसभामा विषयगत उपसमिति संयोजकहरुको प्रतिवेदन प्रस्तुत भएको थियो । सभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आ.व.२०७९÷८० को स्वीकृत आय व्ययको संशोधित विवरण पेश गर्दै हालसम्म विनियोजित बजेटको २३.९५ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको…

Read More

स्याङेजा १० माघ । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पोखरा सडकखण्डलाई दुई लेन सडकमा स्तरोन्नति गर्नका लागी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीका लागी सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले पुतलीबजार नगरपालिका वडा नं. ११ स्थित करेन्डाडामा सार्वजनिक सुनुवाई गरेको हो । सुनुवाई कार्यक्रममा बोल्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले दिर्घकालिन योजना अनुरुप अवको १०० बर्षका लागि पुग्नेगरी सडक बिस्तार गर्न सुझाव दिनुभयो । उहाले कम बिनासमा धेरै विकास हुनेगरी सडक निर्माण गर्नु पर्ने बताउदै खानेपानी, बनजंगल, जीवजन्तु लगायत वातावरणीय प्रभावका मूल्यांकन गर्दै उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । राज्यसंग…

Read More