Author: Syangja Sandesh

स्याङ्जा ६ फागुन । सामाजिक विकासको मेरुदण्ड शिक्षा भएका भएका र विद्यार्थीको अधिकार माथी खेलवाड गर्ने अधिकार कसैलाइ नभएकाले त्यसको जिम्मा हामी आफैले लिनु पर्ने कुरा स्याङ्जा क्षेत्र नं.२ का सांसद धनराज गुरुङ्ले बताउनु भयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस ,पुरस्कार वितरण एवम् विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । सांसद गुरुङले भन्नु भयो यो मुलुकलाई जहाँको त्यही राख्ने अधिकार कसैलाई नभएकाले अहिलेको परिबेशमा शिक्षा नीतिमा परिवर्तन ल्याउनु पर्ने बताउदै माथीदेखि तल सम्मको सिस्टम नै गलत भएकाले त्यसको सुधार गर्न आवश्यक रहेको कुरा…

Read More

स्याङ्जा ७ फागुन । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले कुरा भन्दा काम गर्नुपर्ने बताउनुभएको छ । अधिकांश नेपालीमा काम गर्ने तत्परता भन्दा काम गर्छु भनेर बोलेर हल्ला गर्ने प्रवृत्तिले काम पुरा गर्न कठिनाई हुने गरेको बताउनु भएको हो । पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती संघको संयुक्त पहलमा आयोजित निशुल्क आँखा शिविरको समापन कार्यक्रममा बोल्दै उहाले निशुल्क शिविर संचालन गरेर दृष्ट्रिदान जस्तो पुण्यको काम गर्ने सरोकारवालाको प्रशंसा सहित धन्यवाद दिनुभएको छ । पुतलीबजार नगरपालिकाले देखाएको उदाहरणीय र अनुकरणीय कार्यको जिल्लाका सबै पालिकाले संचालन गर्नु पर्नेमा उहाले जोड दिदै आवश्यक सहयोग गर्ने…

Read More

स्याङ्जा ६ फागुन । भीरकोट नगरपालिका ४ स्थित छायाँक्षेत्र मन्दिरमा महाशिवरात्रीको पुजाअर्जनामा धेरै भक्तालुजनहरुको उपस्थिती भएको छ। श्रीस्वथानी ब्रत कथामा समेत छाङछाङदीको महिमा उल्लेख गरिएकाले पनि यहाँ आउने भक्तजनहरु धेरै हुने गरेका हुन्। गण्डकी प्रदेशकै प्रसिद्ध छाङछाङदी मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीका भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो ।जिल्लाकै नमूना मन्दिर र सबै प्रकृतिका मानिसका लागि प्रवेशमा सहज भएकाले यहाँ सधैजसो भीडभाड नै हुन्छ। साताअधिदेखि मन्दिर परिसर लगायत प्रवेशद्धारमा रंगरोगन, ध्यजापतकाले सजाइएको छ। मन्दिरमा पुजाका लागि लाईन बसेर अथवा छिटो माध्यमबाट पनि जान सकिने ब्यवस्था मिलाइएको छ। आजका दिन झण्डै २० हजार भक्तजनले मन्दिरको दर्शन…

Read More

स्याङ्जा ३ फागुन । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन उल्लेख्य भक्तजनले कथा श्रवण गरेका छन् । श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा सोमबारदेखि शुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ को दोस्रो दिन गौ माताको महत्वको बारेमा प्रवचन तथा भजन कृतन गरिएको छ । महायज्ञमा अहिलेसम्म १० लाख १० हजार ८०८ रुपैँया संकलन भएको छ । महायज्ञको तेस्रो दिन आज मात्रै ३ लाख २७ हजार ६७२ रुपैँया संकलन भएको रसिद व्यवस्थापन तथा चन्दा संकलन उपसमिति संयोजक शान्ता थापाले जानकारी दिनुभयो । गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागी…

Read More

स्याङ्जा ३ फागुन । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका बिदाबारे निर्णय गरेको थियो । बिदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक बिदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ । सङ्घ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिनसक्ने ब्यवस्था छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषद्ले २०७९ मा असार २९ गते भानुजयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैतेदशैंमा बिदा दिने…

Read More

स्याङ्जा ३ फागुन । गल्याङ् नगरपालिका ७ स्थित नेपाल राष्ट्र माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीले खाद्य परिकार महोत्सव गरेका छन ्। महोत्सवको शुभारम्भ गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराइले शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बिद्यार्थीले स्थानीय उत्पादन र क्षमता प्रदर्शन गर्नका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो । नेपाल राष्ट्र माध्यमिक विद्यालयले परिकार बनाउन सिकाएको छ। बिद्यालयले व्यवहारिक शिक्षा दिनुका साथै उनीहरुलाई आत्मनिर्भर बन्न उत्पे्ररित गर्न महोत्सवको आयोजना गरेको जनायो। सैद्धान्तिक शिक्षालाई ब्यवहारमा उतार्ने उदेश्यले यहाँ ६ देखि १२ कक्षासम्म अध्ययरत बालबालिकाले खाद्य परिकार बनाएर महोत्सवको आयोजना गरेका हुन। उनीहरुले दैनिक जीवनमा उपयोगमा आउने घरयशी खाद्यान्न पकाएका छन् । यसरी बनाइएका…

Read More

स्याङ्जा ३ फागुन । पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा गरिएको निशुल्क आँखा शिविरमा झण्डै ४ हजारले आखाँ परिक्षण गरेका छन्। माघ १५ गतेदेखि सुरु भएको शिविर झण्डै २ सातासम्म संचालन गरिएको थियो । प्रत्येक दिन एउटा वडामा गरिएको आँखा शिविरबाट अधिकांश जेष्ठ तथा तथा महिलाहरुले लाभ लिएका थिए । चौध वटै वडामा पुगेको आँखाका प्राबिधिक सहितको टोलीले नगरका ३ हजार ९२८ जनाले परिक्षण गरेका छन् ।ती मध्ये १ सय ५३ जनामा मोतियाविन्दु देखिएकोे छ । मोतियाबिन्दु देखिएका सबैजनाको पुतलीबजार नगरपालिकामै निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था मिलाइएकोे नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । नगरबासीलाई जिल्ला बाहिर गएर शल्यक्रिया…

Read More

स्याङ्जा २९ माघ । शीत भण्डारका सुन्तला कुहिएपछि प्रदेश र स्थानीय सरकारले चासो देखाएको छ । प्रदेश तथा स्थानीय सरकार लगायत सुन्तला किसान र सरोकारवालाले स्थलगत अध्ययन अवलोकन गरेका छन ्। पुतलीबजार नगरपालिका ११ जैसीडाँडामा स्थापित शीतभण्डारमा राखेको महिना दिनमै सुन्तला कुहिएपछि गण्डकी प्रदेश सरकार, सांसद लगायत सरोकारवालाको चासो बढेको हो । गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री सीता सुन्दास र कृषि, तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेल, पुतलीबजार नगरप्रमुख तुलसीराम लगायतको टोलीले सुन्तलाका बारेमा जानकारी लिनु भएको छ । शीतभण्डारसम्म पुगेर जानकारी लिएपछि मन्त्री, सांसद, प्रमुखले सुन्तला किसान मार्कामा परेको जनाउदै राज्यले राहत उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।…

Read More

स्याङ्जा २९ माघ । पुतलीबजार नगर स्तरीय राष्ट्रपति कपको उपाधी त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयले हात पारेको छ। उपाधीसंगै बिद्यालयले रनिङ सिल्ड सहित बिभिन्न प्रतिस्पर्धाका पदक प्राप्त गरेको छ। पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा यही माघ २५ गतेदेखि पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन माविले २६ अंक सहित प्रथम भएको छ भने २५ अंक सहित ज्योती आवासिय मावि द्धित्तिय भएको छ। यसैगरी, पुतलीबजार नगरपालिका ६ स्थित हिमालयन मावि टक्सार २३ अंक सहित तृतीय भएको छ भने पुतलीबजार २ स्थित रोशनी आवासिय मावि १९ अंक सहित सान्त्वना भएको खेल प्रतियोगिता…

Read More

स्याङ्जा २९ माघ । बिद्यालयको नाममा रहेको जग्गामा बिगत २१ बर्षदेखि बस्दै आएको शसस्त्र प्रहरी गुल्मलाई जग्गा उपलब्धगराई ब्यवस्थित राख्न वालिङ्बासीको माग छ। वालिङ्मा आयोजित गुल्मलाई जग्गा ब्यवस्थापन सम्बन्धी अन्र्तक्रियामा सो कुराको माग भएको हो। सशस्त्र द्धन्दका बेलादेखि आजसम्म आमनागरिकका शान्ति सुरक्षामा अहोरात्र खटिदै आएको गुल्मको ब्यवस्थापन सहित स्थायी रुपमा राख्न स्थानीयबासीको मागलाई जनप्रतिनिधीले समेत चासो बढाएका छन्। पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा गुल्म छ। विस २०५८ मा वालिङ्को भकुण्डेमा स्थापित वेस क्याम्पलाई २०७५ सालमा स्तरोन्नतीगरी अहिलेसम्म शसस्त्र प्रहरी गुल्म न. ३० हेडक्वाटर स्याङ्जाको नामबाट सेवारत छ।गुल्ममा प्रहरी नायब उपरीक्षकको कमाण्डमा देखि १६० को दरबन्दी सहित शसस्त्र प्रहरी कार्यरत…

Read More

स्याङ्जा २९ माघ । गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले पुतलीबजार नगरपालिका २ मा नबनिर्मित ज्यामिरे बहुउदेश्यीय कभर्डहलको उदघाटन गर्नु भएको छ । उदघाटन गर्दे शहरको भित्री भागमा रहेको गाउँमा सुबिधासम्पन्न कभर्डहल निर्माण हुनु सुखद पक्ष रहेको बताए। यस्ता खालका योजनाले गाउँ गाउँमा भएको विकासको प्रतिविम्बित भएकोमा बताउनुभयो । खानेपानीको समस्या रहेको सो गाउँमा आवश्यकता अनुसार खानेपानीका योजना संचालन गर्ने आश्वसान दिनुभयो । भर्खरै मुख्यमन्त्री भएको जनाउदै प्राथमिकताका आधा।रमा अघिल्ला सरकारका राम्रा कामलाई निरन्तरता दिने उहाले जनाउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री सीता सुन्दास र प्रदेससभा सदस्य सुधिरकुमार पौडेल, पूर्व संघिय सांसद नारायणप्रसाद मरासीनी, पूर्व प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ्, जिल्ला समन्वय…

Read More

स्याङ्जा २९ माघ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको ३८ औं जिल्ला सभा शनिवार स्याङ्जा सदरमुकाममा सम्पन्न भएकोे छ । पुतलीबजार नगरपालिका ३ स्थित वाडखोला उपशाखाको आतिथ्यतामा जिल्लासभा गरिएको हो । सभाको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले मानवीय सेवामा समर्पित रेडक्रसले बिगतदेखि आजसम्म स्वयंसेवी भूमिकामा समाज सेवामा सहयोग गर्दे आएको बताउनुभयो । रेडक्रसका ७ सिद्धान्त अवलम्बन गर्दे समाजसेवामा समर्पित रहन पनि उहाले सुझाव दिनुभयो । यसैगरी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, रेडक्रस जिल्ला सभापति दिनेश अर्याल, पूर्व सभापति भूवनबहादुर पौडेल, नेपाली कांग्रेसका सचिव धुवबन्धु पौडेल, रेडक्रसका केन्द्रिय सदस्य हिरादेवी शर्मा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार…

Read More

स्याङ्जा २७ माघ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित श्रवण माध्यमिक बिद्यालयमा अध्ययरत छात्रछात्राका लागि सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको आयोजना तथा श्रवण माध्यमिक बिद्यालय पूर्व बिद्यार्थी मंचको समन्वय तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा बिद्यार्थीसंग लागुऔषध तथा मदिरा दुब्र्यसनी बिरुद्ध सचेतना एवं प्रशिक्षण गरिएको हो । प्रहरी निरीक्षक पदमराज थापाले लागु औषध तथा मदिरा दुब्र्यसनका बारेमा प्रशिक्षण दिनुभएको थियो । समाजका सभापति एवं अधिवक्ता हरिप्रसाद रेग्मीले लागुऔषध र दुब्र्यसन सम्बन्धी बिद्यमान कानूनी ब्यवस्थाका बारेमा जानकारी दिनुभएको थियो । बिद्यालयका प्रधानाध्यापक हिमलाल ढकाल, मानवअधिकार तथा शान्ति समाजका पूर्वसभापति धु्रवबन्धु पौडेल, बिद्यालय ब्यवस्थापन समितिका पूर्व…

Read More

स्याङ्जा २५ माघ । प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवस मनाएको छ । २०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालले २२ गते आइतबार देशभर विभिन्न कार्यक्रम गरी २५ औं दिवस मनाएको हो । दिवसका अवसरमा चौतारीको स्याङ्जा शाखाले मोटरसाइकलको सोलो रेस प्रतियोगिता आयोजना गरी मनाएको छ । सवारी दुर्घटना न्युनिकरणमा टेवा पु¥याउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको शाखाले जनाएको छ । दु्रत गतिका कारण धेरै दुर्घटनाहरु हुने गरेकाले मोटरसाइकलको गति सीमित गर्न आवस्यक रहेको सन्देश दिने उद्देश्यले सोलो रेस प्रतियोगिताको आयोजना गरेको चोतारीका स्याङ्जा शाखाका अध्यक्ष शुशिल सुवेदीले जानकारी गराउनुभयो । स्थापना दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाउने हेतुले मोटरसाईकल…

Read More

स्याङ्जा २५ माघ । पुतलीबजार नगरपालिकामा (बुधवार) देखि ५ औं राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिताको सुरु भएको छ । प्रतियोगिताको उदघाटन गर्दे सांसद राजु थापाले शिक्षा र स्वास्थ्यमा परिवर्तनको आवश्यकता औल्याउनुभयो । जवसम्म शिक्षामा परिवर्तन गर्न सकिदैन तबसम्म हाम्रा पुस्ताको भविष्य मुलुकमा अडिने खालको वातावरण बन्न नसक्ने बताउनुभयो । जवसम्म शिक्षामा परिवर्तन ल्याउन सकिदैन तबसम्म हाम्रा सोच र ब्यवहारमा परिवर्तन आउन सक्दैन त्यसैले शिक्षा र खेलकुदमा परिवर्तनका लागि सबै राजनीतिक दलहरु एकै ठाउमा उभिनुको पर्नेमा जोड दिनुभयो । शिक्षासंगै खेलकूदलाई पनि संगसंगै लानु पर्नेमा जोड दिदै उहाले भूगोल सूहाउदो शिक्षा, खेलकूद लगायत हाम्रा कला संस्कृति र राष्ट्रिय भाव जगाउनुका साथै आत्मनिर्भर…

Read More