Author: Syangja Sandesh

स्याङ्जा २६ फागुन । स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा शुक्रवार आयोजित तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता अन्र्तगत २० र १० किलोमीटर दौड सम्पन्न भएका छन ्। प्रतियोगिता अन्र्तगत २० किमीमा पर्वत फलेबासका अनिस थापामगर प्रथम हुनु भएको छ । पहिलो भएसंगै उपाधी जित्न सफल रहनुभयो । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्धारा आयोजित प्रतियोगितामा विजेता थापाले निर्धारित दूरी १ घण्टा ४ दशमलब ३६ मिनेटमा पार गर्दै उपाधि जित्नुभयो । उपाधिसँगै उहाले ३५ हजार रुपैया, पदक र प्रमाणपत्र पाउनुभयो । नेपाल आर्मीका खेमराज बस्नेतले सोही दूरी १ घण्टा ६ दशमलब ५६ मिनेटमा पार गर्दै द्धितिय हुनुभयो । उहाले २५ हजार…

Read More

काठमाण्डौं २५ फागुन । नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज सङ्घीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित हुनुभएको हो । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाले ९६ सङ्घीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । पौडेलले २१४ सङ्घीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गर्नुभयो । पौडेललाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएर निर्वाचित हुनुभयो ।…

Read More

स्याङ्जा २३ फागुन । नेपाल बिद्यार्थी संघ स्याङ्जा अध्यक्षको जिम्मेवारी गौरब प्रधानले पाउनु भएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिको निर्णय बमोजिम ३ महिनाभित्रमा स्याङ्जाको अधिवेशन सम्पन्न गर्नेगरी अध्यक्षको जिम्मेवारी दिइएको हो । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ् शेर्पाद्धारा हस्ताक्षरित सो जिम्मेवारी पत्रमा नेविसंघ बिधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ । जिल्लामा अध्यक्ष पद रिक्त रहेको र केन्द्रीय कार्यालयले माग बमोजिम स्याङ्जा कांग्रेसको यही माघ २५ गतेको पत्र र ३२ बर्ष उमेर हद पनि आर्कषित रहेको जनाउदै प्रधानलाई अध्यक्ष चयन गरिएको जनाइएको छ । प्रधान स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका…

Read More

स्याङ्जा २३ फागुन ः तत्कालिन माओवादी र नेपाली सेनाको मुठभेडमा मारिएका पृथ्वी गोैतम (वि.क.) को शालिक सहित स्मृती प्रवेशद्धार १४ बर्षपछि उदघाटन गरिएको छ । पुतलीबजार नगरपालिका ३ स्थित लत्रेपिपल स्थित उनको जन्मथलोमा उनको शालिक र प्रवेशद्धारको नेकपा माओवादी केन्द्रका महासचिव देवबहादुर गुरुङ्ले उदघाटन गरेका छन ्। अठार बर्षअघि १९ बर्षिय गौतमलाई २०६१ पुस ३ गते पर्वतको भुकताङलेमा तत्कालीन शाही नेपाली सेनाले गौतमलाई पक्राउ गरेपछि दोहोरो भिडन्तका नाममा मृत्यु भएको जनाउदै हत्या गरेको गुरुङ्ले बताउनुभयो । गौतमको मृत्युको ४ बर्षपछि २०६५ सालमा प्रवेश द्धार सहित शालिक निर्माण थालिएको थियो। निर्माण थालेको १४ बर्षपछि पुरा भएको बताईएको छ । स्मृतिद्धार सहित…

Read More

स्याङ्जा १८ फागुन । पुतलीबजारमा बसेर शोैन्दर्य ब्यवसाय गर्दे आएका केही ब्यवसायीले क्यान्सर पिडित आश्मा आलेलाई नगद सहयोग गरेका छन् । ब्यूटिपार्लर एशोसियशन पुतलीबजारमा आवद्ध केही ब्यूटिशियनले उपचारमा सहयोग पुरयाउने उदेश्यले १७ हजार ५ सय नगद सहयोग गरेका हुन ्। पुतलीबजार नगरपालिका ७ मोहरियामा जन्मेकी २२ बर्षिया आलेको आन्द्रामा क्यान्सर देखिएको छ। भरतपुर स्थित क्यान्सर अस्पतालमा उहाको उपचार भैरहेको छ । कमजोर आर्थिक अवस्था भएका कारण उपचारका लागि आवश्यक जुटाउन कठिन भैरहेको थाहा पाएपछि केही साथीहरु मिलेर सहयोग गरेको अध्यक्ष माया गोर्खालीले जानकारी दिनुभयो । कलिलो उमेरमा क्यान्सर पिडित उनलाई शौन्दर्य ब्यवसायीले मात्र एक÷दुई हजार रुपैंया संकलन गरेर आलेका आमालाई…

Read More

स्याङ्जा १५ फागुन । प्रतिनिधिसभा सदस्य राजु थापाले समुन्नत मुलुक निर्माणका लागि जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीबीचको सम्बन्ध सकारात्मक हुनु पर्ने बताउनु भएको छ । जिल्ला समन्वय समिति स्याङ्जाद्धारा सोमबार आयोजित आर्थिक बर्ष २०७८÷०७९ को जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिकर्मी र कर्मचारीबीच खाडल राख्न नहुनेमा जोड दिनुभयो । ‘नेता वा नेतृत्व असफल हुँदा राष्ट्रसेवक कर्मचारी पनि असफल नै हुन्छ ।’ उहाले भन्नुभयो, ‘सबै मिलेर मुलुक निर्माणमा जुट्नुको विकल्प छैन।’ विगतका कमी कमजोरी सुधार गर्दे अघि बढ्नु पर्ने बताउदै कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले भन्नुभयोे, ‘विगतका मानवीय गल्तीबाट पाठ सिक्दै अघि बढौं, सुन्दर भबिष्य निर्माणमा जुटौं।’ ‘दिनप्रतिदिन…

Read More

स्याङ्जा १५ फागुन । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ वालिङ् नगर अध्यक्षमा युवा ब्यवसायी चेतनारायण श्रेष्ठ निर्वाचित हुनु भएको छ । वालिङ नगर उद्योग वाणिज्य संघको ८ औं अधिवेसनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित गरेको हो ।बरिष्ट उपाध्यक्षमा अनुपमा ढुङ्गाना, उपाध्यक्षमा खगेन्द्रप्रसाद अर्याल, महासचिवमा रमेश अर्याल, सचिवमा पिताम्वर खनाल निर्वाचित हुनु भएको हो । यसैगरी, कोषाध्यक्षमा खगुपति न्यौपाने, सह—कोषाध्यक्षमा केशव पराजुली र सदस्यहरुमा अशोक तिवारी, विश्वास लम्साल, गोविन्द तिवारी, इश्वरीप्रसाद गैह्रे, पिताम्बर भुषाल, मन्जु खड्का, प्रकाश अधिकारी, सुविन्द्र गुरुङ र मोहम्मद कलाम मियाँ निर्वाचित भएको संघका कार्यालय सचिव बाबुराम रेग्मीले जानकारी दिनुभयो उहाका अनुसार संघमा ४ जना सदस्य…

Read More

स्याङ्जा १३ फागुन । रुस युक्रेन युद्धको बर्षदिन पुरा हुँदा समेत युद्ध नरोकिएको भन्दै मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले युद्ध निषेध ः शान्ति बिशेष अभियान गरेको छ । रुस युक्रेन युद्ध तत्काल बन्द गरियोस् भन्दै समाजले स्याङ्जा सदरमुकाम स्थित सहिदचोकमा शान्ति रयाली सहित दिप प्रज्वलन गरेको छ । प्रगतीनगरदेखि सुरु भएको शान्ति रयाली सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थिया े। युद्धले मानवता पराजित, इतिहास लज्जित ः बिध्यंसकारी यो युछ तत्काल अन्त्य गरिनु पर्ने समाजको धारणा रहेको मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सभापति रामकृष्ण बरालले बताउनुभयो । उहाले भन्नुभयो, ‘युद्धमा कसैको जीत होइन, सबैको हार हो। त्यसैले युद्ध तत्काल…

Read More

स्याङ्जा १३ फागुन । मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिले पुतलीबजार नगरपालिका वडा नं. १४ स्थित पाणिनि संस्कृत गुरूकुलममा आर्थिक सहयोग गरेको छ । शुक्रवारदेखि स्याङ्जामा भएको केन्द्रीय बैठक लगायत बिबिध कार्यक्रममा सहभागी हुनु भएका मध्ये केन्द्रिय पदाधिकारी सहितको समूहले स्वेच्छिकरुपमा नगद संकलनगरी २५ हजार नगद प्रदान गर्नुभएको हो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बरालले आश्रम संचालक समितिका कार्यवाहक अध्यक्ष चुडामणी शर्मा र आश्रममा अध्ययरत बालकहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दे सभापति बरालले बिज्ञानसंग जोडिएको संस्कृत शिक्षाको महत्व धेरै रहेको जनाउदै यस्ता गुरुकुलप्रति सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । परापूर्वकालदेखिका…

Read More

स्याङ्जा १२ फागुन । मानवअधिकार तथा शान्ति समाज नेपालको केन्द्रिय वैठक सहित बिबिध २ दिने कार्यक्रम शुक्रवारदेखि स्याङ्जा सदरमुकाममा सुरु भएको छ । मानवअधिकार तथा शान्ति समाज स्याङ्जा शाखाको आयोजनामा हुन लागेको बैठक र बिबिध कार्यक्रम गरिने भएको हो ।पहिलो दिन मानवअधिकार तथा शान्ति समाज स्याङ्जा शाखाको आयोजनामा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार विषयक अन्र्तक्रिया गरिएको छ । पुतलीबजार नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले मौलिक हकका रुपमा रहेको स्वास्थ्य शिक्षा र बैज्ञानिक शिक्षा सबैको अधिकारको उपयोग सबैले समानरुपमा उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । यसका लागि स्थानीय, प्रदेश र संघीय…

Read More

स्याङ्जा १० फागुन । नागरिकको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षाको चेतना र स्वास्थ्य भएको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे स्थित कालीका माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहको समुद्वघाटन गर्दै सो कुरा बताउनु भयो । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उहाले बताउनुभयो । उहाँले भन्नु भयो शिक्षित व्यक्ति र स्वास्थ्य व्यक्तिले नगरको चौतफी विकास निर्माण गर्न सक्ने बताउदै नगरपालिका भित्र आर्थिक अभावका कारण कोही पनि बालवालिकाहरु शिक्षाको अबसरबाट बच्ति हुन नपरोस् भन्दै आफूले विपन्न बालवालिका पढाउन अभियानको थालनी गरेको कुरा बताउनु भयो…

Read More

स्याङ्जा १० फागुन । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले पुतलीबजार नगरपालिका ७ ठूलाहिडी स्थित जनता माध्यमिक बिद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । मानवअधिकार तथा शान्ति समाजको आयोजना, जनता माविको समन्वय तथा जिल्ला प्रहरी कार्यालयको समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिद्यार्थीमाझ जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णबहादुर आलेले किशोर अवस्थाका बालबालिकालाई लक्षित गर्दे ल्याइएको यस्ता कार्यक्रमले बढी प्रभाव पार्ने जनाउदै अन्य बिद्यालयमा पनि यस्ता कार्यक्रम संचालन गरिनुपर्ने बताउनुभयो । आफनै पैसा खर्चैर, आफनै शरिरलाई तनाव दिएर गरिने लागु औषधका कारण कानूनी फन्दामा परी धेरै सजाए भोग्नु भन्दा यस्ता कुलतमा नफस्न उहाको आग्रह…

Read More

स्याङ्जा ९ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफु निष्पक्ष भूमिकामा रहने बताउनु भएको छ । विगतमा जो जस्ले जस्तो भूमिका निर्वाह गरे पनि अहिले आफु स्वतन्त्र रहेकाले सोही भूमिकामारही नियमित कार्य गर्ने बताउनुभयो । सभामुख भएपछि राजनीतिक दलको सदस्यता समेत त्यागेकाले सभामुखको मर्यादामा रहने बताउनुभयो । कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा १५ शैयाको कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै सभामुख घिमिरेले संसदमा अब्बल एम्पायरको भुमिकामा रहने बताउनुभयो । ‘दलहरु अनुशासित तवरले प्रस्तुत् हुनुपर्छ।’ संसदको गरिमा सांसदले नै बढाउने हो, उहाले भन्नुभयो, ‘सांसदहरुका हरेक सवालमा नागरिकले अनुभुती गर्नपाउने विकासको मोडालिटी बनाउनुपर्छ। स्वास्थ्य, शिक्षा, रोजगारलाई प्रथामिकता दिनुपर्छ…

Read More

स्याङ्जा ८ फागुन । वालिङ नगरपालिकामा गएराती ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकले ज्यान गुमाएका छन ्। मृत्यु हुनेमा चापाकोट नगरपालिका २ का ३२ वर्षीय नविन सुनार र वालिङ नगरपालिका ८ का १४ वर्षीय सोविन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। सुनार चालक हुन भने विक सहचालक । वालिङको जगतभङ्जयाङ्बाट नगरपालिका ६ स्थित भित्री सडक खण्ड मिर्दि तर्फ ढुङगा लिएर आउँदै गरेको ग १ त ६८८६ को नम्बरको ट्याक्टर आइतबार राती ८ बजे अनियन्त्रित भई दुर्घटना हुदाँ दुबैजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा सुनारको वालिङ् प्राथमिक केन्द्रमा र विकको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा…

Read More

स्याङ्जा ७ फागनु । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आइतवार स्याङ्जा जिल्ला प्रशासन कार्यालयले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राबिधिक सहयोगमा रक्तदान गरिएको छ । प्रशासन परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आफैंले रगतदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । प्रजिअ घिमिरेसंगै २० जना पुरुष ४ महिलाले पनि रक्तदान गरेको रेडक्रसका जिल्ला सभापति दिनेश अर्यालले जानकारी दिनभयो । रगतदानपछि २४ पिन्ट रगत संकलन भएको छ । यसैगरी, सोही कार्यक्रममा पुतलीबजार नगरपालिका १ निवासी महादेव श्रेष्ठले अहिलेसम्म २० औं पटक रगत दान गरेको जनाउनुभयो । संकलित रगत जिल्ला अस्पताल स्याङ्जाको रक्तसंचार गृहमा राखिने…

Read More