स्याङ्जा ७ चैत । वालिङमा गौसंरक्षणका लागी आयोजित महायज्ञमा झण्डै ७० लाख बचत भएको छ । वालिङ खेलमैदानमा फाल्गुन १ गतेदेखि ७ गतेसम्म संचालित महायज्ञमा भएको खर्च तथा आम्दानीको सार्वजानिकिकरण गरिएको छ । श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा संचालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ मा ८८ लाख ४४ हजार २२७ रुपैँया संकलन भएको र १८ लाख ७३ हजार ३५८ रुपैँया खर्च कटाएर ६९ लाख ७० हजार ९२९ रुपैँया वचत भएको हो । महायज्ञको आयव्याय सार्वजानिक गर्दै महायज्ञ मुल आयोजक समितिका संयोजक दिलिपप्रताप खांणले महायज्ञमा वचत रकममा…
Author: Syangja Sandesh
स्याङ्जा ७ चैत । स्वतन्त्र बिद्यार्थी निर्वाचन अन्र्तगत स्याङ्जाका ८ वटा सामुदायिक क्याम्पस मध्ये ७ वटाको मतपरिणाम सार्वजनिक भएको छ। तर, एउटा क्याम्पसमा भने दुई बिद्यार्थी संगठनबीचका राय नमिल्दा निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन अन्र्तगत स्याङ्जाका ५ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने भएको छ भने २ वटामा अनेरास्ववियुले नेतृत्व पाएकोे छ । त्रिभुवन, वालिङ, गल्याङ्, मालुंगा, राधादामोदर संस्कृत बिद्यापीठ क्याम्पसमा नेविसंघ तर्फका उम्मेदवार क्रमशः सविन रेग्मी, सन्दिप कडेल, बिशाल थापा, अनुप पोखरेल र संजीवनी न्यौपानेले स्वतन्त्र बिद्यार्थी यूनियनको नेतृत्व गर्नेे अवसर पाएका हुन ्।यसैगरी, सिद्धार्थ र मिर्मि बहुमुखी क्याम्पसमा अनेरास्वीवयूतर्फका उम्मेदवार क्रमशः संजोग थापा र मुना…
स्याङ्जा ७ चैत । वालिङमा भू—उपयोग तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला सोमबारदेखि सुरु भएको छ ।वालिङ नगरपालिका युएनडिपी नेपालको प्राविधिक सहयोगमा गोष्ठीको आयोजना गरेको हो । वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू—उपयोग योजन नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो । नगरपालिकाले यसअघि आवासीय, कृषि, जोखिम तथा संवेदनशील, सडक क्षेत्र लगायत जग्गाको वर्गीकरण गरेको थियो ।जग्गाको वर्गीकरणको काम सम्पन्न गरेपछि जानकारी गराउने र सोहि अनुसार उपयोग गर्ने सम्बन्धमा अन्तरक्रिया सहितको गोष्ठी सञ्चालन गरिएको हो । गोष्ठी वालिङ नगरपालिकाको प्रमुख कृष्ण खाँणको अध्यक्षतामा भएको थियो । उप–प्रमुख कबिता तिवारी, वडाअध्यक्ष, जनप्रतिनिधि, राजनीतिक…
स्याङ्जा ६ चैत । नेपालमा उपलव्ध पहुँचयुक्त शैक्षिक सामाग्री परियोजना ‘लर्न’ को वालिङ नगरस्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । विश्वशिक्षाको सहयोग तथा स्वावलम्वन जीवनपद्धती केन्द्र पोखराको व्यवस्थापनमा सञ्चालित परियोजनाले वालिङ नगरपालिकाका ४ वटा बिद्यालयमा काम गरिरहेको छ । परियोजनाले वालिङ १३ को लक्ष्मी मावि र सरस्वती मावि, वालिङ ९ को भुम्रे मावि र वालिङ १० को पूर्णामृत भवानी माविमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक सुधारका लागि काम गरिरहेको छ ।बैठकमा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले पठनसंस्कृतिको बिकास र बिद्यार्थीहरुलाई पढ्नै पर्छ भन्ने बातावरण तयार गर्नका लागि परियोजनाले राम्रो काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘परियोजनालाई लामो समय सम्म सञ्चालन गर्नका…
स्याङ्जा ६ चैत । आईतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा वालिङ् नगरपालिकामा नेपाल बिद्यार्थी संघ र एक सदस्य पदमा अनेरास्वीयू क्रान्तिकारी (साझा) उम्म्देवार विजयी भएका छन । वालिङ् बहुमुखी क्याम्पस वालिङ्मा हिजो मतदान भई नतिजा भने आज प्राप्त भएको हो । प्रत्यक्ष निर्वाचनमा नेपाल बिद्यार्थी संघका तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका संदीप कडेल, सचिवमा राजिन कुवर, कोषाध्यक्षमा सुमना लामिछाने, सदस्यहरुमा अश्विनकुमार रेग्मी, वादल लामिछाने, ओमप्रसाद गुरुङ, दिपा डाला मगर, आकृति पाण्डे, सबिना सुनार र डिला भुषाल निर्वाचित हुनुभएको हो । डिला भुषाल अनेरास्वीयू क्रान्तिकारीका तर्फबाट हो भने अन्य सबै नेपाल बिद्यार्थी संघतर्फका रहेको निर्वाचन संयोजक जगन्नाथ पंगेनीले जानकारी दिनुभयो ।
स्याङ्जा ६ चैत । आईतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फेँदिखोलामा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखोलामा अनेरास्ववियुको प्यानल विजयी भएको हो । प्रत्यक्ष निर्वाचनमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका सन्जोग थापाको प्यानल विजयी भएको हो । थापाले ५१ मतका साथ विजयी हुँदा पराजय हुुनभएको नेविसंघका विजय अधिकारीले ४१ मत प्राप्त गर्नुभएको थियो । विजयी हुनेहरुमा सचिव कुशुम ढकाल, कोषाध्यक्ष रेशमी नेपाली यस अघि नै निरविरोध निर्वाचित भइसक्नुभएको थियो भने खुला सदस्य तर्फ अमिशा सुनार, कविता गुरुङ लगायत निर्वाचित भएको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।
स्याङ्जा ६ चैत । स्याङ्जामा आइतवार दुरसञ्ंचार तथा सूचना प्रबिधिको योगदान बिषयक अन्र्तक्रिया गरिएको छ ।ए.एस. शोलुसन्स प्रालिको आयोजना तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियाको उदघाटन गर्दे जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले राज्यले सबै नागरिकलाई सञ्चार डिजिटल प्रबिधिको सहि उपयोग गर्दै मुलुकमा सुशासन कायमगरी सार्वजनिक सेवा प्रवाह र आर्थिक समृद्धिको बाटोमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो । प्रबिधिमैत्री राज्यको सोच अनुरुप अघि बढ्ने लक्ष्यका साथ अघि बढेका मुलुकका प्रबिधि सम्बन्धी ज्ञान भएका युवाजमात बिदेशिन वाध्य हुनुपर्ने अवस्था दुखदायी रहेको उहाले बताउनुभयो ।उहाले भन्नुभयोे, ‘सुशासन, अर्थतन्त्रको सवलीकरण, दिगो विकासका लक्ष्य हासिल गर्न, आम नागरिकलाई सार्वजनिक सेवा…
स्याङ्जा ४ चैत । गल्याङ नगरपालिका आलु र सुन्तला र दुधजन्य बस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिका भित्र उत्पादित बस्तुको बजारीकरणमा कुनै समस्या नरहेको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९को समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो । गल्याङ नगरपालिकाका नगर प्रमुख भट्टराईले भनुभयो गल्याङ नगरपालिकाले कृषि शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर अगाडि बढेको कुरा बताउनुभयो । उहाँले कृषकका आवश्यकता र समस्याको दिर्घकालिन समाधानका लागि आफू लागि परेको र कृषकलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। नगर प्रमुख भट्टराईले हाम्रो जस्तो…
स्याङ्जा ३ चेैत । चेम्बर अफ कमर्श गण्डकी प्रदेश अध्यक्ष किसान सुनार कृषकहरुका लागि व्यासायीक तबरले अगाडि वढाउनका लागि आधुनिक प्रविधि र बजारीकरणमा ध्यान दिएर अगाडि वढ्न आवश्यक भएको बताउनु भयो । गल्याङ नगरपालिकामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनीको शुक्रवार उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । । अध्यक्ष सुनारले भन्नु भयो कृषकलाई राज्यका तहमा जोड्दै कृषि प्रबर्धन गर्ने र बजारको समस्याको समाधान गर्ने र उत्पादित बस्तुको कोल्ड स्टोर्स गर्ने र प्रभावकारी मुल्य हातपार्ने विचौलियाबाट मुक्त गर्न यस्ता मेला तथा प्रदर्शनी आवश्यक भएको कुरा बताउनु भयो । उहाले प्रदर्शनीले कृषकहरुको कृषि उपज…
काठमाण्डौं २ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । ‘ब्याक लाइट’का कारण डकवर्थ लेविस नियम अनुसार नेपालले ९ रनको जित हासिल गरेको हो। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियो ।
स्याङ्जा २९ फागुन । पराजुली बन्धु समाज स्याङ्जाले समाजका सदस्य पुतलीबजार नगरपालिका २ निवासी कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेको छ । पराजुलीबन्धु समाजको कुलपुजाको अवसर पारेर समाजका सदस्य पराजुलीलाई सम्मान गरिएको हो । सम्मानित पराजुलीलाई पराजुली बन्धु समाज स्याङ्जाका अध्यक्ष यादवराज शर्मा पराजुली लगायत अग्रजहरुले सम्मान गर्नुभएको थियो । कुलमन्दिर निर्माण लगायत समाजका हरेक गतिबिधिमा सक्रियरही नियमित सकारात्मक कार्य गर्नुभएको जनाउदै उहाँलाई पनि सम्मान गरिएको छ । उहाँलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । समाजका अध्यक्ष यादवराज शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य युवराज पराजुलीले गर्नुभएको थियो ।
स्याङ्जा २९ फागुन । पराजुली बन्धु समाज स्याङ्जाले समाजका सदस्य पुतलीबजार नगरपालिका २ निवासी दिपेन्द्र पराजुलीलाई सम्मान गरेको छ । पराजुलीबन्धु समाजको कुलपुजाको अवसर पारेर समाजका केन्द्रिय सदस्य एवं त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक पराजुलीलाई सम्मान गरिएको हो । सम्मानित पराजुलीले भारतको बिशाखापट्टनम स्थित आन्ध्रप्रदेश विश्वविद्यालयबाट बिद्याबारिधीको उपाधी हासिल गर्नुभएको जनाउदै सम्मान गरिएको हो । कौडिन्य ऋषिका सन्तान, पराजुली कुलका पराजुलीले भौतिकशास्त्र अन्र्तगत पदार्थिय बिज्ञानको सास्थितिक कुचालकका रुपमा म्याग्जिन अक्साईडको गणितीयक तथा प्रयोगात्मक अन्वेषण बिधामा अनुसन्धानमूलक कृतिका लागि बिद्यावारिधी एवं पीएचडी गर्नुभएको हो । उहालाई पराजुली बन्धु समाज स्याङ्जाका अध्यक्ष यादवराज शर्मा पराजुली लगायत अग्रजहरुले सम्मान गर्नुभएको थियो । सम्मानपत्र सहित दोसल्ला…
स्याङ्जा २९ फागुन । स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा यही चैत्र ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको हो । आइतबार चेम्बर कार्यालय गल्याङमा गरिएको पत्रकार सम्मेलनमा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘गण्डकी प्रदेशको ६५ प्रतिशत बिउ आलु उत्पादन हुने गल्याङ नगरपालिकाका कृषकहरुलाई प्रोत्साहन गर्नुु हाम्रो मुख्य लक्ष्य रहेको छ ।’ उहाँले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर र रोजगारी एवम् स्वरोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्नका…
स्याङ्जा २९ फागुन । नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल निर्वाचित हुनुभएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति स्याङ्जाको फागुन २४ गते सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा बाटुली पौडेल अधिकारी, उपाध्यक्षमा परशुराम भट्टराई निर्वाचित हुनुभएको छ । सचिवमा युवराज ढकाल, सचिव कमलराज लम्साल, सहसचिवहरुमा शिवप्रसाद ढकाल, शारदा अर्याल, उत्तरा गुरुङ, ऋषीराम भण्डारी , भगवती भण्डारी र सदस्यहरुमा केशवराज खनाल, राजकुमार उपाध्याय, यामप्रसाद चापागाई, चन्द्रकान्त उपाध्याय, विष्णुकुमारी भुसाल, शान्ता पौडेल र हरिकला सुवेदी निर्वाचित हुनुभएको छ । अधिवेशनले संघीय प्रतिनिधि खुल्लातर्फ लक्ष्मीप्रसाद रेग्मी, सीता गैह्रे्रे, दीर्घप्रसाद चापागाई, शेषकान्त खनाल, नर्वदेश्वरप्रसाद…
स्याङ्जा २६ फागुन । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले पालिकाको अवस्था हेरेर गुरुयोजना बमोजिम विकास निर्माणमा अघि बढेको बताउनुभयो । पालिकाको योजना बमोजिम पूर्वाधार निर्माणमा अघि बढेको बताउनुभयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई पालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहांले सबैको साथ र सहयोगले गाउपालिका बिकास निर्माणमा अघि बढेको बताउनुभयो । अध्यक्ष थापाले आफ्नो पालिकामा पहिलो पाँच वर्षमा सात अर्व रुपैयाँ खर्च गर्ने योजना बनाएकोमा कोभिड लगायतका कारणले साढे ५ अर्व रुपैयाँ बराबर खर्च भएको जानकारी दिनुभयाये…