Author: Syangja Sandesh

स्याङ्जा, १६ कातिक । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादन बढेकोे छ । अनुकूल मौसम, रोगकिराको कम सङ्क्रमण र सुन्तला उत्पादन दिने बोटको संख्यामा वृद्धि भएसँगै गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको अनुमान गरिएको होे । झण्डै एक दशकअघि ८ सय ५० हेक्टरमा सुन्तला खेती गरिदै आएकोमा पछिल्लो वर्षको तथ्याङ्क अनुसार जिल्लामा दुई हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सुन्तला फूल्ने र दाना लाग्ने मौसममा प्राकृतिक रुपमा असिना पानी कम परेको र रोगकिराको संक्रमण कम भएका कारणले उत्पादनमा वृद्धि हने अनुमान गरिएको छ । चालु सिजनमा २२ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान…

Read More

स्याङ्जा १६ कात्तिक । प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको ‘उत्कृष्ट जिल्ला प्रहरी छनौट’ मा पर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अपराध अनुसन्धान शाखा प्रमुखको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका तिवारीलाई स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले उत्कृष्ठ प्रहरी घोषणा गर्दे आइतवार कार्यालयमै ‘बेष्ट पोलिस अफ द मन्थ’ को प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । विभिन्न अपराध अनुसन्धानका कार्यदेखि कार्यालयको सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई प्रदान गरिएको जिम्मेवारीलाई ईमान्दार, वफादार र कर्तब्यनिष्टभइ उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै आएको प्रहरी उपरीक्षक न्यौपानेको भनाई छ ।उहाँका अनुसार, ‘गएको असोज महिनामा नियन्त्रित लागूऔषध सहित २ जना, सुन चोरीमा संलग्न एक महिला, फरार १३…

Read More

स्याङ्जा १६ कात्तिक । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्न गएका बालक अझै नभेटिएको प्रहरीले जनाएको छ । बुधबार राम्दी स्थित कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका १ घर भएका १५ वर्षीय बखत शाही अझै नभेटिएकोे सशस्त्र प्रहरी बल ३० नं गुल्म स्याङ्जाका गुल्मपति कुमार तिमिल्सिनाले जानकारी दिनुभयो । कैलालीबाट भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्नेक्रममा दुबै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा देखेपछि न्यौपानेलाई उद्दार गरिएको थियो । बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन समूह…

Read More

स्याङ्जा, १६ कातिक । पुतलीबजार नगरपालिका १ मा स्थापित रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार श्रीकृष्ण सिग्देललाई सम्मान गरेको छ । सहकारीको २४ औं साधारणसभाको अवसर पारेर कार्तिक १४ गते शुक्रवार सम्मान गरेको हो । सहकारीका अध्यक्ष बिष्णुप्रसाद पोखरेल, मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफले, पूर्वअध्यक्ष भरतराज ढकाल, मुक्तिनाथ विकास बैंकका संचालक सदस्य भरतप्रसाद लम्सालले सम्मान गर्नुभएको हो । सहकारीका क्षेत्रमा कलम चलाएको भन्दै रोयल सहकारीले पत्रकार सिग्देललाई नगद सहित सम्मानित गरेको छ । अर्जुनचौपारी गाउँपालिकामा जन्मनु भएका उहा झण्डै २५ बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुहुन्छ् । सगरमाथा टेलिभिजन, राजधानी दैनिक, पब्लिक आवाज लगायतका सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ उहा…

Read More

स्याङ्जा १६ कात्तिक । मुक्तिनाथ विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ । शनिवार पोखरामा आयोजित १९ औं वार्षिक साधारणसभाले आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदनसँगै सेयरधनीहरुलाई १८ दशमलब २० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो । पारित लाभांशमध्ये १३ दशमलब ५३ प्रतिशत बोनस सेयर र बाँकी ४ दशमलब ६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंककोे चुक्तापूँजी अक्षेरेपी ९ अर्ब ३ लाख ८८ हजार ७६७ रुपैयाँ पुर्याउने निर्णय भएको छ ।…

Read More

स्याङ्जा १४ कात्तिक । मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा भएको विवादले ज्यान जाने घटनामा संलग्नभई फरार पर्वत खवास मंगलबार पक्राउ परेका छन् । वालिङ नगरपालिका –५ जर्कोटमा भएको सो घटनापछि फरार रहेको भन्दै १९ वर्षीय खवासलाई ६५ दिनपछि इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । खवास सोही नगरपालिका –५ काम्तीका बासिन्दा हुन् ।जिल्ला अदालत स्याङ्जामा बुधवार पेश गरिएको उनलाई बिहीबार पुर्पक्षका लागि कारागार स्याङ्जा चलान गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । गत साउन ७ गते राति जर्कोटमा मोटरसाइकलको चर्को आवाजका कारण भएको विवादमा ३२ वर्षीय ढालबहादुर थापालाई कुटपिट गरी घाइते बनाएको र उपचारका…

Read More

स्याङ्जा १४ कात्तिक । पुतलीबजार नगरपालिका ५ पौवेगोैडे स्थित शीतला माध्यमिक बिद्यालय ब्यवस्थापन समितिमा शेरबहादुर नेपालीको अध्यक्षतामा ७ सदस्यीय समिति चयन भएको छ । बिद्यालयमा भएको अभिभावक, शिक्षक सहित सरोकारवालीबीच शनिवार बिद्यालयमा भएको भेलाले बिद्यालय ब्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा राजेन्द्र कार्की, रामबहादुर कार्की, गीता सुनार, अप्सरा कार्की, सरस्वती श्रेष्ठ र सदस्य सचिवमा बलराम दोरंगा रहेका छनु । यसैगरी, शिक्षक अभिभावक संघको अध्यक्षमा देवबहादुर कार्की चयन भएका छन । यसैगरी, सदस्यहरुमा शीला कार्की, सुनिता श्रेष्ठ रेग्मी, माया सुनार, देउरुपमा रेग्मी, शेरजंग सिंह, हेमराज महत, विवेक श्रेष्ठ रहेका छन् । सोही वडाअध्यक्ष अर्जुनकुमार कार्की, नगर शिक्षा अधिकारी बाबुराम…

Read More

स्याङ्जा १४ कात्तिक । गल्याङ नगरपालिकाले हल गोरु पालेका किसानलाई अनुदान दिने भएकोे छ । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रम अनुसार “हल गोरु पालक कृषक प्रोत्साहन अनुदान कार्यक्रम” अन्र्तगत किसानलाई गोरु पालनतर्फ प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भविश्वर घिमिरेद्धारा हस्ताक्षरित सूचनामा हल गोरु पालक किसानले आवश्यक कागजातका साथ तोकिएको समयभित्र प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । जारी सूचनामा गोरु पालक किसानले पशु पहिचान संकेत नम्बर, हल गोरुको विमा प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, बैंक खाताको विवरण, ३ वर्षदेखि हल गोरु पालेको र आफ्नै खेतमा खेती गरेको प्रमाणपत्र, साथै निवेदक र हल गोरुको संयुक्त…

Read More

स्याङ्जा १४ कात्तिक । स्याङ्जा सदरमुकाम स्थित रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १ स्थित सहकारीको भवनमा शुक्रवार सभाको आयोजना गरिएको हो । सभाको उदघाटन गर्दै मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफलेले सहकारीले नयाँ र साझा सोच दिए मात्र नयाँ काम हुने बताउनु भएको छ । सामाजिक सहयोग र सदभाव कायम राख्ने पनि सहकारीे नै भएको उहाले बताउनुभयो ।विकास र समृद्धी कृषिबाटै सम्भव भएको उहाले बताउनुभयो । ‘गाउँको उत्पादन बजारमा र बजारको पुँजी गाउँमा’ भन्ने मुल नाराका साथ कृषि कम्पनी स्थापना गरेको उहाले जानकारी गराउृनुभयो। धेरै क्षेत्रहरु संस्थागत…

Read More

स्याङ्जा १३ कात्तिक । स्याङ्जा जिल्लाभित्रका सहायक मार्ग (सडक) हरुमा संचालित सवारी साधनहरुको नयाँ भाडादर निर्धारण गरिएको छ । मुख्य सिद्धार्थ राजमार्ग बाहेकका बिभिन्न ४० वटा सहायक मार्गहरुका नयाँ भाडा दर निर्धारण गरिएका छन । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बसेको सम्बन्धित पक्षहरुको बैठकले सहायक सडकहरुमा चल्ने सवारी साधनमा एकरुपता ल्याउन भाडादर शुल्क तोकिएको हो । जसका कारण अब भाडादर मनलाग्दीरुपले लिन पाइने छैंन । स्याङ्जा प्रशासनले सहायक मार्गहरूमा चल्ने जिप, बस, अटो, टेम्पो र ई–रिक्साका लागि भाडादर निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । ‘पक्की सडकमा बसको भाडा प्रतिव्यक्ति प्रतिकिलोमिटर ५ रुपैयाँ ५० पैसा, र जिपमा ६…

Read More

स्याङ्जा १३ कात्तिक । नेवा ः देय दबू स्याङ्जाले माघ महिनामा सडक महोत्सव सहित सामुहिक बेल बिवाह (इही) गर्ने भएको छ ।सडक महोत्सव स्याङ्जा सदरमुकाममा पहिलो पटक हुन लागेको हो । सामुहिक बेल विवाह (इही) भने यसअघि पनि सम्पन्न भैसकेको छ । स्याङ्जा सदरमुकाममा बिहीवार बसेको दबु जिल्ला कार्य समितिको बैठकले ३ दिने महोत्सव गर्ने निर्णय गरेको नेवा देय दबुका अध्यक्ष हिक्मत श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव तयारीका लागि दबुका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरिएको छ । महोत्सवमा बिभिन्न जनजातीका भेषभुषा सहित सास्कृतिक कार्यक्रम समेत गरिने भएको छ । स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजारमा गरिने महोत्सवको भने…

Read More

स्याङ्जा, १३ कातिक । जर्मनी प्रविधिमा आधारित तथ्याङ्क विज्ञान (डेटा साइन्स) र कृत्रिम बुद्धिमत्ता (एआई) विषयक २१ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम स्याङ्जाको वालिङ्मा संचालन गरिएको छ । डिजिटल सीप, साइबर सुरक्षा, र वित्तीय साक्षरता मार्फत महिला विशेष गरी किशोरीहरूलाई सशक्त बनाउँदै अगाडी बढाउन तालिम तथा प्रशिक्षण संचालन गरिएको हो । वालिङ नगरपालिकाको सहकार्यमा २४ अक्टोबरदेखि शुरु भएको तालिम तथा प्रशिक्षण कार्यक्रम १४ नोभेम्बरसम्म सञ्चालन हुनेछ । तालिम तथा प्रशिक्षणमा डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा, पासवर्ड तथा डाटा संरक्षण, वित्तीय योजना, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सिकाइ र उत्पादकत्व बढाउने जस्ता महत्वपूर्ण विषयहरू तालिममा प्रशिक्षण दिईने छ । डिजिटल क्षेत्रमा देखिएको…

Read More

स्याङ्जा १२ कात्तिक । काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा कालीगण्डकी गाउँपालिकाका उत्कृष्ट सामाजिक अभियन्ता र बिद्यार्थीहरुलाई सम्मानित गरिएको छ । बैदिक सनातन हिन्दुधर्मको संरक्षण तथा सम्बद्र्धृनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कालीगण्डकी ४ मिर्मिका खगराज भट्टराईलाई समाजसेवा सम्मान, कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने लम्बेकका नन्दलाल आलेलाई शालिकराम पाण्डे कृषि उद्यम सम्मान र शिक्षण सेवामा अनुकरणीय उदाहरण प्रस्तुत गर्ने बिर्घाका चडीकाप्रसाद पाण्डेलाई पिताम्बर पाण्डे शिक्षा सेवा सम्मान सहित जनही ५÷५ हजार नगद र कदरपत्रले सम्मानित गरिएको हो । यसैगरी, कालीगण्डकी गाउँपालिका अन्र्तगतका ३ वटा माध्यमिक बिद्यालयका कक्षा ११ र १२ मा अध्ययरत ६ जना गरीब तथा जेहेन्दार छात्रालाई भीमादेवी पाण्डे छात्रबृत्ति प्रदान गरिएको…

Read More

स्याङ्जा १२ कात्तिक । इन्जिनियर हिमान्शु अर्यालको जन्मदिन पारेर मानवसेवा आश्रमलाई सहयोग गरिएको छ । खुमा अर्याल फाउन्डेसन स्याङजाको आयोजना र रोट्र्याक क्लब अफ नक्साल शक्तिको समन्वयमा मंगलबार ती कार्यक्रम गरिएका हुन । स्याङ्जा भीरकोट नगरपालिकाका अर्यालले आफनो २३ औं जन्मदिन पोखरा महानगरपालिका २५ हेम्जा स्थित मानव सेवा आश्रममा खाद्यान्न सामाग्री सहयोग सहित आश्रममा आश्रित ब्यक्तिहरुका निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । आश्रममा झण्डै ५० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरिएको र गण्डकी मेडिकल कलेजका चिकित्सकद्धारा स्वास्थ्य परीक्षण सहित निःसुल्क औषधि उपलब्ध गराइएको थियो । फाउण्डेशनका संस्थापक परीवार एवं रोटरी क्लब अफ नक्साल शक्तिको सस्थापक अध्यक्ष डा लुना शर्माले फाउण्डेशन…

Read More

स्याङ्जा ११ कात्तिक । स्याङ्जाको सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले ठूला पूर्वाधार विकास योजनामा साँढे ११ करोड लगानी गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा नगरपालिकाले नगरभित्रका २४ वटा ठूला योजनाहरुलाई ११ करोड ५६ लाख रुपैयाँ लगानी गर्ने भएको हो । योजनाहरुमा संघ, प्रदेशको अनुदान र नगरपालिकाको आन्तरिक श्रोत समेतको साझेदारीमा उक्त रकम खर्च हुनेछ । ठूला योजनामध्ये एक करोड ४० लाखको लगानीमा फोहोरमैला व्यवस्थापन, एक करोड ३५ लाखको लागतमा आमडाँडा–सतौ सडक निर्माण गर्नेछ । ९०÷९० लाखको लगानीमा मायाँटारी, पोखरीचौर–बेलबास सडक स्तरोउन्नती गरिने छ भने पुतलीबजार नगरपालिका–१४ को वडा कार्यालय–मैदान जोड्ने सडक निर्माण गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।…

Read More