Author: Syangja Sandesh

स्याङ्जा १४ चैत । स्याङ्जामा यसवर्षको एसईईमा ४ हजार ४८१ जना परिक्षार्थी सहभागि हुँने भएको शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परिक्षार्थीले एसईई दिनेछन् । सामुदायिक विद्यालयबाट। ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धि गरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ विद्यार्थी एसईईमा सहभागि हुँदैछन् । संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धि गरी ९०४ जना परिक्षार्थी सहभागि हुँदैछन् । प्राविधिकतर्फ १३७ जना बाली विज्ञानमा ७३ र कम्प्युटर साईन्समा ६४ जना विद्यार्थीले एसईई दिने भएका हुन् । जिल्लामा परिक्षाका लागी ३४ केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा ईकाई प्रमुख…

Read More

कास्की १४ चैत । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

Read More

स्याङ्जा, १४ चैत्र । स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलब ५ प्रतिशत नागरिकले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएको पाईएको हो । जिल्लाका ६८ हजार ९ सय ५९ घरपरिवार मध्ये ६१ हजार ६ सय ९२ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्याङ्कमा समाबेश गरिएको छ । झण्डै ६ हजारले मुलधाराको र १ हजार परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । तथ्याङ्कको सुविधा र साधन अन्र्तगत ६५ दशमलब ७ प्रतिशत अर्थात ४५ हजार २ सय…

Read More

स्याङ्जा १३ चैत । गल्याङ् नगरपालिका १ मालुङ्गा स्थित उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) संचालन गरिने भएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने उदेश्यले चिकित्सालय भवन निर्माण सुरु गरिएको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो । ‘यस पद्धतीबाट गरिने उपचार केही लामो समय लागेता पनि दीर्घकालीन फाइदा हुने हुदाँ प्राकृतिक चिकित्सालय स्थापनाको लागि भवन निर्माण कार्य थालिएको हो।’ उहाले भन्नुभयोे, ‘तत्कालै उपचार गरिनु पर्ने विरामी वाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धती प्रभावकारी देखिएको छ।’ पञ्चतत्व, योग, स्टिमबाथ, फिजियोथेरापी, अकुपञ्चर, मसाज, लगायतका प्राकृतिक उपचार पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उहाको भनाई छ । जहाँ योग शिविर, धार्मिक…

Read More

स्याङ्जा, १३ चैत । स्याङ्जामा १० वर्ष माथिका झण्डै ३४ प्रतिशत नागरिक आर्थिक काम नगरी निस्क्रिय रहेको पाईएको छ । आर्थिक काममा संलग्न रहन सक्ने जनसंख्याको ३३ दशमलब ४ प्रतिशत नागरिक आर्थिक रुपमा निस्क्रिय रहेको जनगणना २०७८ को तथ्याङ्कमा पाईएको हो । जनगणनाको समयमा १० वर्ष पुगेको गणनाको समय देखि अघिको १२ महिनासम्म कुनै पनि आर्थिक काम नगरेको संख्या जिल्लामा ठूलो छ । गणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४ सय ७३ जनाले कुनै पनि आर्थिक काम नगरेको तथ्याङ्कमा उल्लेख गरेका छन् । आर्थिक काममा संलग्न कुल संख्या २ लाख १६ हजार ७ सय ८९ भएपनि २६ हजार…

Read More

स्याङ्जा, १३ चैत्र । स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतशित महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाईएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्या मध्ये २५ प्रतिशत महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाईएको हो । स्याङ्जाको परिवार सख्ंया ६८ हजार ९ सय ५९ रहेकोमा १७ हजार ६ सय ३१ महिलाको सम्पत्तिमा स्वामित्व रहेको छ । जिल्लाको कुल जनसंख्या २ लाख ५३ हजार २४ मध्ये ५३ दशमलब ९ प्रतिशत अर्थात १ लाख ३६ हजार ३ सय ४६ महिला छन् भने ४६ दशमलब १ प्रतिशतले हुने १ लाख १६ हजार ६ सय ७८ पुरुष छन् ।…

Read More

स्याङ्जा १३ चैत । विश्व हिन्दु महसंघ नेपाल स्याङ्जा शाखाको अध्यक्षमा पुनः हरिहर पाण्डे चयन हुनु भएको छ । दोस्रो जिल्ला अधिवेसनले पुनः पाण्डेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा ज्ञानेश्वर वस्ताकोटी ९राधेराधे०, द्धितिय उपाध्यक्षमा पुष्पकमल रेग्मी, तृतिय उपाध्यक्षमा प्रेमराज पौडेल तथा महिला उपाध्यक्षमा चण्डिका सापकोटा अर्याल रहनुभएको छ । त्यस्तै सचिवमा भुपराज बगाले, कोषध्यक्षमा मैयादेवी लम्साल पौडेल, सह सचिवमा शोभाकान्त रिमाल, मुकुन्दप्रसाद पौडेल रहनुभएको छ भने सदस्यहरुमा नुवादत्त रेग्मी, चुडामणि रेग्मी, कृष्ण मल्ल खाँण, हरिप्रसाद बगाले ९लोकनाथ०, रामभक्त भट्टराई, ढालप्रसाद पौडेल, ध्रुवराज उपाध्याय र यदुनन्दन अर्याल रहनुभएको छ । अधिवेसनको उद्दघाटन गर्दै विश्व हिन्दु…

Read More

स्याङ्जा, १२ चैत्र । भीरकोटमा ब्युर्टिपार्लर र ड्राईभिङ तालिम शुरु भएको छ । गरिवि निवारणका लागी लघु उद्यम कार्यक्रम अन्र्तगत ४५ दिने ब्युटिपार्लर तालिम र एक महिने ड्राईभिङ तालिमको आईतबारदेखी शुरु भएको हो । तालिमको उदघाटन गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागी ब्युटिपार्लर तालिमको आयोजना गरिएको भन्दै तालिम लिएर व्यवसायिक बन्न आग्रह गर्नुभयो । सिप जिवनमा सबैभन्दा महत्वपुर्ण पक्ष रहेको भन्दै सिप लिएर सिपको सही प्रयोग गरेमा जिवनलाई सहजतापुर्वक अगाडि बढाउन सकिने नगरप्रमुख कर्माचार्यको भनाई छ । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का अध्यक्ष श्यामकाजी अधिकारी, छाँयाक्षेत्र मन्दिर व्यवस्थापन समितिका…

Read More

स्याङ्जा, १२ चैत्र । बुटवल पावर कम्पनीद्धारा प्रबद्र्धित स्याङ्जाको गल्याङ्मा रहेको आँधीखोला वितरण केन्द्रले प्रश्ताव गरेको विद्युत महसुल बिरुद्ध जिल्लाका जनप्रतिनिधिले बिरोध जनाएका छन् । कम्पनीले आवश्यक परामर्श विना महसुल बढाउँन लागेको भन्दै जनप्रतिनिधिले बिरोध जनाएका हुन् । स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको समन्वय विना कम्पनीले विद्युत नियमन आयोग मार्फत महसुल बृद्धिको प्रश्ताव गरेको छ । महसुल बृद्धि गर्नुपर्ने आधार सहित स्थानीयस्तरमा छलफल नै नगरी एकलौटी तबरबाट महसुल बृद्धिको प्रश्ताव गरेपछि प्रतिनिधि आक्रोशित भएका हुन् । कम्पनीले ९ दशमलब ४ मेगावाटको वितरण केन्द्र मार्फत ३५ हजार भन्दा बढि ग्राहकलाई ५ रुपैयाँ ८० पैसामा प्रतियुनिट विद्युत बिक्री गर्दै आएको छ । संचालन,…

Read More

स्याङ्जा ११ चैत । भीरकोट नगरपालिकाको दुर्गम थलो गोर्खे भन्ज्याङ्मा हेलिप्याड निर्माण गरिएको छ। भीरकोट ८ स्थित गोर्खेभन्ज्याङ्मा हेलिप्याड निर्माण भएपछि यहाँका स्थानीयबासी खुशी देखिएका छन्। आकस्मिक आइपर्ने घटनाबाट छिटो, छरितो उपचारका लागि सम्बन्धित निकायसम्म पु¥याउन सहज बनाउन हेलिप्याड निर्माण गरिएको सोही वडा अध्यक्ष नन्दप्रसाद खनालले जानकारी दिनुभयो । सो सेवावाट सो वडा सहित ५ र ९ वडाबासीलाई समेत लाभान्वित हुनेछन्। ‘कोभिड जस्तै अन्य संक्रमण आइपरेमा, सुत्केरी लगायत अन्य इमर्जेन्सी स्वास्थ्य सेवाको आवश्यकता भएमा, ग्रामिण सडकमा हुने दुर्घटनापछि तत्काल उपचारका लागि अस्पताल पुरयाउनु परेमा’ हेलिकोप्टर सहितको सेवा उपलब्ध गराउन सहज बनाउन सकियोस् भन्ने उदेश्यले नगरको दुर्गम क्षेत्रमा हेलिप्याड बनाइएको नगरप्रमुख…

Read More

स्याङ्जा ११ चैत । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले विश्व क्षयरोग दिवस अन्र्तक्रिया गरी मनाएको छ । पत्रकार र स्वास्थ्यकर्मीबीच अन्र्तक्रिया गरिएको हो । सन २०५० सम्म नेपालमा क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको सरकारले बिबिध कार्यक्रम गर्दे आएको स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा धेरै संक्रमित देखिएको वालिङ् नगरपालिकामा बिशेष परियोजना संचालन गरेर क्षयरोगी पत्ता लगाउने बिशेष अभियान संचालन गरिरहेको उहाको भनाई छ । श्वास प्रश्वासका माध्यमबाट सर्ने हुदाँ स्वास्थ्य सतर्कता अपनाउन र क्षयरोगका लक्ष्यण देखिनासाथ स्वास्थ्य संस्थामा आउन र पठाउन सुझाव दिन उहाले सुझाव दिनुभयो । स्याङ्जाका लागि ५ सय ५९ जना क्षयरोगी पत्ता लगाउने लक्ष्य…

Read More

स्याङ्जा ११ चैत । मदिरा व्यवसायी संस्था स्यङ्जाको दोस्रो अधिवेसनले पुनः खिमानन्द पराजुलीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश अर्याल, सचिवमा जिवलाल बसेल जिवन, कोषाध्यक्ष नरेन्द्र पौडेल सुजन रहनुभएको छ ।सदस्यहरुमा कृष्णप्रसाद अर्याल, हौमाया गुरुङ, सुशिल अर्याल, नविन गैह्रे र विशाल पाण्डे निर्वाचित हुनु भएको छ।केन्द्रिय प्रतिनिधिमा रविन केसी र प्रदेश प्रतिनिधिमा सुर्यप्रसाद शर्मालाई चयन गरिएको छ । तेस्रो साधारणसभा तथा दोश्रो अधिवेसनको उद्दघाटन गर्दै मदिरा व्यवसायि महासंघका केन्द्रिय महासचिव तारानाथ ढुंगानाले मदिरा व्यवसायिहरुको हकहित र व्यवसायिक अधिकारका क्षेत्रमा आफु लगायत सिंगो महासंघ प्रतिवद्ध रहेको बताउनुभयो ।ऋणधन गरेर संचालन गरेको ब्यवसायमा धक्का लगाउनेगरी गैह्रकानुनी रुपमा भित्रिएका…

Read More

स्याङ्जा ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार, रुद्र केसी, भिमप्रसाद पौडेल, मेघनाथ ढकाल, सुनिता ढकाल, भीमा पौडेल, नारायण प्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल चयन हुनुभएको हो । अधिवेशनको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न वनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने बताउनुभयो । गाउँपालिकाले स्थानीय वन ऐन बनाएको र कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा…

Read More

स्याङ्जा, ९ चैत्र । “जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल उद्देश्यका साथ स्थापित मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखाको आयोजनामा जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको सम्मन्वयमा २०२३ को मार्च २२ देखि २६ सम्म संचालित ‘ग्लोबल मनि सप्ताह’ का अवसरमा बैंकले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बित्तीय साक्षरता कार्यक्रममा विद्यालयका कक्षा ११ मा अध्ययनरत झण्डै १ सय विद्यार्थीको सहभागिता रहेको थियो । त्यस अवसरमा बैंकका पुतलीबजार शाखा प्रमुख दिनेश गुरुङ्ले बित्तीय साक्षरताका मार्फत संचालित कार्यक्रमले नेपालमा पछिल्लो समय बचत गर्ने बानीको विकास भएको बताउनुभयो । उहाले बचत…

Read More

स्याङ्जा ९ चैत । स्याङ्जा बहिरा संघ र बिभिन्न संघसंगठनबिच अन्र्तक्रिया गरिएको छ । बहिराका हक, हित र अधिकारका पक्षमा वकालत गर्न सहजीकरण गर्ने उदेश्यले अन्र्तक्रिया गरिएको हो । राज्यले उपलब्ध गराएका सेवा सुबिधा र समस्यालाई लक्षित तहसम्म पुरयाउनका लागि बहिरा लगायत अन्य अपांग ब्यक्तिका पक्षमा सहज वातावरण सिर्जना गर्ने उदेश्यले अन्र्तक्रिया गरिएको स्याङ्जा बहिरा संघका अध्यक्ष सुनिता थापाले जानकारी दिनुभयो । कार्यक्रममा गैरसरकारी महासंघका अध्यक्ष गोविन्द शर्मा, स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल, अन्धाअन्धी सामुदायिक विकास केन्द्रका एकनारायण सापकोटा, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, इनर्जेटिक क्लवका अध्यक्ष इश्वर पराजुली, सेतो गुराँसका सचिव टिमकुमारी कुमाल, अपांग समाजका पूर्व…

Read More