स्याङ्जा २४ चैत । स्याङ्जा बहिरा संघको आयोजना तथा चापाकोट नगरपालिकाको सहयोगमा २ महिने सांकेतिक भाषा तालिम सुरु गरिएको छ । तालिमको चापाकोट नगर प्रमुख देवबहादुर खाँण(ईश्वर) ले उदघाटन गर्दै समाजका सबै नागरिकलाई भाषाका माध्यमबाट सिक्ने सिकाउने बुझ्ने बुझाउनका लागि भाषा तालिम सुरु गरिएको बताउनुभयो । सबै नागरिकमा एउटै क्षमता नभएको भन्दै फरक क्षमता भएका नागरिकलाई पनि भाषाको माध्यमबाट जान्न र सिक्न पाउने अधिकार सुनिश्चित गर्न यस्ता तालिमको आवश्यकता पर्नेमा उहाले जोड दिनुभयो । स्थानीय सरकार सबै नागरिकको साझा सरकार भएको बताउदै प्रमुख खाँणले फरक क्षमता भएका नागरिकलाई अझ बढी प्रथामिकता दिएर काम गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख ईशा राना,…
Author: Syangja Sandesh
स्याङ्जा २४ चैत । गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले स्याङ्जाको समृद्धिमा सधै साथमा रहने बताउनु भएको छ । बिरुवा गाउँपालिका स्थित मनकामना मन्दिर व्यवस्थापन समितिको आयोजना र मनकामना मितेरी युवा क्लवको व्यवस्थापनमा भएको मनकामना चैते दशैं मेला २०७९ को उद्घाटन गर्दै सांसद तिवारीले जिल्लाको विकासमा हातेमालो गर्दै अगाडी बढ्ने विश्वास दिलाउदै सधै स्याङ्जावासी जनताको साथमा रहने बताउनु भएको हो । स्याङ्जा धार्मिक, सांस्कृतिक रुपले पहिचान बनाएको जिल्लालाई यसको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने काम गर्नुपर्ने सांसद तिवारीले बताउनुभयो । विकासमा राजनीति नगरी समग्र स्याङ्जालाई उज्यालो जिल्लाको रुपमा चिनाउन सबै लाग्नुपर्ने सुझाव सांसद तिवारीको छ ।तिनैतहका सरकारले जनताकै सेवा र विकासलाई…
स्याङ्जा २४ चैत । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का प्रशिक्षार्थी अधिकृतको समूह र पुतलीबजार नगरपालिकाका प्रमुख लगायत कर्मचारीबीच सेवाप्रवाह सम्बन्धी जानकारी आदान प्रदान भएको छ । ३६ औं आवासिय प्रशासन प्रशिक्षण अन्र्तग रारा समूहले नगरपालिकामा अन्र्तक्रिया गरेको हो । नवनियुक्त अधिकृतलाई प्रशासनिक क्षमता बृद्धिगरी योग्य राष्ट्रसेवक बनाउने उदेश्यले जिल्लाको अध्ययन अवलोकनका लागि स्याङ्जा आएका प्रशिक्षार्थी अधिकृतले स्थानीय पालिकाको सेवाप्रवाह, राजश्व संकलन, विकास निर्माण, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक चालचलनका बारेमा जिज्ञासा गरेका थिए । पुतलीबजार नगरप्रमुख प्रमुख तुलसीराम रेग्मीले नगरपालिकाको बस्तुस्थितीका बारेमा जानकारी गराउनुभयो । नगरपालिकाले हालसम्म गरेका विकास निर्माण, सामाजिक विकास, आर्थिक र राजश्वका बारेमा जानकारी गराउनुभयो ।…
स्याङ्जा २४ चैत । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का प्रशिक्षार्थी अधिकृतको समूह बिहीवार स्याङजा आएका छन् । नवनियुक्त अधिकृतलाई प्रशासनिक क्षमता बृद्धिगरी योग्य राष्ट्रसेवक बनाउने उदेश्यले जिल्लाको अध्ययन अवलोकनका लागि उहाँहरु स्याङ्जा आउनु भएको हो । ३६ औं आवासिय प्रशासन प्रशिक्षण अन्र्तगत रारा समूह यहाँ आएको हो । बिहीवार बिहान स्याङ्जा आइपुग्नु भएका उहाँहरुले जिल्ला प्रशासन कार्यालय र पुतलीबजार नगरपालिकामा छुट्टाछुट्टै अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेका छन् । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लाको प्रशासनिक सेवा प्रवाहका बारेमा जानकारी गराउनुभयो । उहाले सरकारी कार्यालयद्धारा उपलब्ध गराउने सेवा प्रवाह, कठिनाईका बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी, जिल्ला समन्वय अधिकारी ऋषिराम…
स्याङ्जा २२ चैत । सफा, स्वच्छ र निश्चल आँधीखोला बनाउने अभियानमा वालिङ्का केही युवा जुटेका छन । पुस १६ गते शनिवारदेखि सुरु गरिएको सरसफाई अभियान निरन्तर १४ हप्तासम्म जारी छ । आँधीखोला जोगाऔं र पानी बचाऔं भन्दै युवाहरुको क्रियाशिलता निरन्तर चलिरहने बताइएको छ । जल र जीवनको महत्वपूर्ण सम्बन्ध रहेको बुझेका केही ब्यक्तिले अभियान संचालन गरे। उनीहरुले आँधीखोला सरोकार संरक्षण मंच गठन गरी स्वतस्फुर्तरुपमा सरसफाई अभियानलाई निरन्तरता दिदै आएका छन । ्आँधीखोला स्याङ्जाको पहिचान एवं वरदान दुबै हो। धार्मिक मान्यता अनुरुप श्रवणकुमार र अन्धाअन्धी दहसंग आँधीखोलाको पहिचान जोडीएको छ। अर्कोतर्फ, जिल्लालाई केन्द्रबिन्दु बनाएर बगेकी आँधीखोलाले दुबैतर्फका जमिनलाई सिंचित गरेको छ।…
स्याङ्जा २२ चैत । प्रत्येक बर्षको चैते दशै (रामनवमी)को अवसर पारेर वालिङ ९ को बाह्रविसेमा ठूलो मेलालाग्ने गर्दथ्यो । बजारगर्न र रमाईलो हेर्नका लागिजिल्लाभरबाटमात्रै होईन पर्वत,गुल्मी,पाल्पालगायतकाजिल्लाबाटमानिसहरु आउने गर्दर्थे ।जिल्ला कै चर्चित मेलाभर्नका लागि बिदेश गएका र जिल्लाबाटबाहिर रहेकाहरु समेत धर आउने गर्दर्थे । बालबालिकाहरु बाह्रविसे बजारका लागिखर्च गर्न भनेर पहिले देखिनै पैसाको जोहो गर्ने गर्दर्थे । मेलाकालागि एक हप्ताअगाडिबाटतयारी हुन्थ्यो, खुला चौरमा पसल राख्नकालागिकतिपयले ठाँउ नै पाउदैन थिए । कोरोनाको महामारी फैलिनु अगाडि सम्म पनि मेलाभव्य रुपमालाग्ने गर्दथ्यो तर कोरोनाको महामारी पछाडिभने मेलालाग्नै छाडेको छ । मेलामा जानेहरुले बर्ष भरीको लागिपुग्ने गरी ठेका, डाला, नाङ्ला, आँसी, बाउसालगायतका सामाग्रीखरिद गर्ने प्रचलनथियो…
स्याङ्जा २० चैत । आज राष्ट्रिय सहकारी दिवस बिबिध कार्यक्रमगरि मनाइएका छन् । सहकारीको दिगोपन, स्वनियम र शुसासन भन्ने मुल नाराका साथ पुतलीबजार नगरपालिकामा ६६ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले सहकारी उदेश्य राम्रा हुदैमा सहकारी राम्रो हुदैन, संस्थागत उदेश्यलाई इमान्दारिताका साथ राम्रो ब्यवस्थापन गरेमा फस्टाउने र दिगोपन रहने बताउनुभयो । बर्तमान अवस्थामा आर्थिक तरलताले बिभिन्न शंकाउपशंका भएका बेला सहकारीप्रतिको जनविश्वास बढाउदै अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय उपकोषाध्यक्ष हिरादेवी शर्मा, राष्ट्रिय सहकारी वैक पुतलीबजार शाखा प्रमुख पुष्पा केसी,…
स्याङ्जा २० चैत । स्याङ्जा सदरमुकाम स्थित पुरानो सहकारी रोयल बचत तथा ऋण सकारी संस्थाले आश्रमलाई आर्थिक सहयोग गरेको छ । पुतलीबजार नगरपालिका १४ लामागेस्थित पाणिनी (गुरुकुल) आश्रमलाई सहकारीले आर्थिक सहयोग गरेको हो । ‘६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९’ को अवसर पारेर सहकारीले आश्रमलाई नगद सहयोग गरेको सहकारीले जनाएको छ । आर्थिक समस्याले आश्रममा अध्ययनरत विद्यार्थीलाई असहज भएको बेला संस्थाले १८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहकारीका प्रबन्धक शान्ति ढकाल अर्यालले जानकारी दिनुभयो । सहकारी दिवसमा आश्रमलाई सानै सहयोग भएपनि महत्वपूर्ण हुने भएकाले नगद सहयोग गरिएको सहकारीले जनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमलाई सहयोग प्रदान गरेको हो…
स्याङ्जा १८ चैत । पोलिटीकल साइन्स सोसाइटी नेपाल (पोस्सोन) स्याङ्जाको प्रथम अधिवेशनले पारशमणी पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा बाबुराम सिग्देल, सचिवमा शिव ढकाल, कोषाध्यक्षमा भवानी अधिकारी, सहसचिवमा बिष्णु चापागाई निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा ओमप्रकाश शर्मा, कृष्णप्रसाद लामिछाने, युवराज ढकाल, कृष्ण गोदार, मनोज मल्ल चयन हुनु भएको छ । सल्लाहकारहरुमा पृथ्वीप्रसाद पोखरेल, सोमनाथ लम्साल, पदम श्रेष्ठ, कृष्णप्रसाद लामिछाने रहनु भएको छ । अधिवेशनको उदघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले जनप्रतिनिधि जनताको सेवक हुन र जनसेवामा समर्पित रहनुपर्ने बताउनुभयो । राजनीतिका नाउमा विकृत प्रबृद्धी हावी हुन थालेको जनाउदै उहाले राजनीति…
स्याङ्जा १८ चैत । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री सीता सुन्दासले क्षयरोग निवारणमा सबैको चाँसो आवश्यक रहेको बताउनु भएको छ । आँधिखोला गाउँपालिका १ मा रहेको पर्यटकिय गाउँशिरुबारीमा शनिबार नेपाल क्षयरोग निवारण संस्थाको ४३ औ केन्द्रियबार्षिकसभाको उदघाटन गर्दैमन्त्री सुन्दासले गण्डकी प्रदेशले नीतिबनाएर अगाडी बढ्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले टीभी, मृगौलालगायतका रोगको उपचारमा अगाडी बढेको बताउदै सबै प्रदेशका सरकारलाई संस्थाले घचघचाउनु पर्ने बताउनुभयो । राज्यसगँ सहकार्य गरी संस्थाले स्वयंसेवीकाम गरेको बताउदै मन्त्री सुन्दासले क्षयरोग निवारणमा गाउँ स्तरमाअभियान सगै सरकारसगँ सहकार्य गरी अगाडी बढ्न अनुरोध गर्नुभयो । संस्थाको बिधान संसोधन गरेरप्रदेश सरकारलाई बुझाउनआग्रहगर्दै मन्त्री सुन्दासले सकारात्मककामको अनुसरण गर्दै आगामी बजेटमा गण्डकी…
स्याङ्जा १६ चैत । स्याङ्जाको दरौंखोलामा माछा मार्दै गरेका ३ चिनियाँ नागरिक पक्राउ परेका छन् । अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा गएराती माछा मारेका अवस्थामा ती नागरिकलाई पक्राउ गरीएको हो ।पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पक्राउ पर्नेमा ४१ बर्षे यो जोङ यु, ३६ का गाहु र ४० का यु स्या हु लाई छन । स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनिया नागरिक सहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल, माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाईलक्स गाडी सहित चिनीयाँ नागरिकलाई पक्राउ गरेको हो…
स्याङ्जा १५ चैत । भीरकोट नगरपालिका १ स्थित शिशौघारीमा निर्मित नमूना पार्क हिजोआज सबैको आर्कषणको केन्द्र बनेको छ। बालक, युवा, प्रौढदेखि बृद्धसम्म सबैको मनै लोभ्याउनेगरी पार्क निर्माण भएको छ । फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माणसंगै नमूना पार्क बनाइएको हो। पार्कमा जान सबै बर्गका लागि सहज छ। फोहोरमैला ब्यवस्थापनमा समेत नमूना बनेको छ पालिका । तत्कालिन भीरकोट नगरप्रमुख छायाँराम खनालले फोहोरमैला ब्यवस्थापनसंगै पार्क पनि निर्माणको कल्पना अघि बढाउनु भएको हो । नगरको फोहोरमैला ब्यवस्थापन गर्दै गर्दा दुर्घन्ध बढेर रोग निम्त्याउछ भन्दै स्थानीयले बिरोध जनाएपछि तत्कालै नगरप्रमुख खनालले फोहोरमैलाको उचित ब्यवस्थापनसंगै (बालबाटिका) एवं भीरकोट पार्क बनाउनेगरी योजना अघि सारेर एकै पटक दुवै काम…
स्याङ्जा १५ चैत । चैते दशैँको अवसरमा स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौँसुर कालिका मन्दिरमा उल्लेख्य भक्तजनहरुले दर्शन तथा पूजापाठ गरेका छन् । स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा चैते दशैँ र बडादसैँका अवसरमा विषेश मेला लाग्ने गर्छ । चैते दशैँको प्रतिपदादेखि पुर्णिमा सम्म र बडादशैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा भक्तजनहरुको विषेश उपस्थिति रहँदै आएको छ । त्यसो त धार्मिक तथा पर्यटकीय केन्द्र गह्रौँसुरमा यी दशैँ बाहेक अन्य समयमा समेत आन्तरिक पर्यटकहरु मन्दिर दर्शन तथा भ्रमणका लागी समेत जाने गर्छन । पछिल्लो समय गह्रौँसुर सम्म जान सडकको स्तरोन्नति, मन्दिर परिसर तथा मन्दिरको स्तरोन्नति एवं अन्य भौतिक…
स्याङ्जा १५ चैत । आज चैते दशै । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । धार्मिक किंवदन्ती अनुसार आजकै दिन मर्यादा पुरूषोत्तम रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुभएको मानिन्छ, आफ्नी पत्ती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान रामले रावणको वध गर्नुभएको थियो। यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो । सोही स्मरण गर्दै आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरू वहाँको १४…
स्याङ्जा १४ चैत । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)द्धारा स्याङ्जामा उत्पादित एवं बितरित बिद्युत महसुलमा दोब्बर बृद्धि गरेको सूचना सार्वजनिक भएपछि स्याङ्जाका उपभोक्ताहरु आक्रोशित भएका छन ्। स्थानीय उपभोक्तासंग छलफल नै नगरी एकलौटीरुपमा बिजुली महसुल दर दोब्बर बढाएको भन्दै स्याङ्जाका जनप्रतिनिधी सहित स्थानीयले बिरोध जनाएका हुन ्। गण्डकी प्रदेश सांसद भोजराज अर्यालले प्रश्तावित रकम तत्काल फिर्ता लिन र सम्बन्धित क्षेत्रमा आएर छलफल गर्न बिज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ । कम्पनीले काठमाण्डौंमा बसेर सार्वजनिक सुनुवाई गरेकोमा समेत उनीहरुको आक्रोश छ । उपभोक्ताबीच स्याङ्जामा छलफलगरी महसुल दर निर्धारण गर्न स्याङ्जाका जनप्रतिनिधिहरुको भनाई छ । कम्पनीले ९ दशमलब ४ मेगावाट क्षमताको बिद्युत आधीखोला…