स्याङ्जा ७ बैशाख । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाले भीरकोट नगरपालिकाका केही शिक्षकलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ। स्वास्थ्य अवस्थामा केही कठिनाई भएमा तत्काल गरिने बिधिका बारेमा जानकारी गराउने उदेश्यले रेडक्रसले बिद्यालयमा पुगेर यस्ता तालिम उपलब्ध गराएको सभापति दिनेश अर्यालले जानकारी दिनुभयो । प्राथमिक उपचारसंगसंगै तालिममा सरसफाइ , स्वच्छतामा आधारित जीवनोपयोगी तालिम समेत दिएको उहाले बताउनुभयो । चार दिने तालिममा भीरकोटका — ८ का ७ वटा विद्यालयका २४ जना शिक्षक तथा जुनियर युवा सर्कलका प्रतिनिधि सहभागि थिए। तालिममा सभापति दिनेश अर्याल, उपसभापति लक्ष्मी थापाले प्रशिक्षण दिनुभएको थियो । वडा अध्यक्ष नन्दलाल खनालले भन्नुभयो , ‘व्यक्तिगत सरसफाईसंगै अन्य सबै पक्षको…
Author: Syangja Sandesh
स्याङ्जा ७ बैशाख । चापाकोट नगरपालिकाले घरमा पालिएका भेडाबाख्रालाई पिपिआर खोप लगाईदिएको छ। नगरभित्रका ११ हजार ५ सय १ भेडाबाख्रालाई खोप लगाएको हो। ती मध्ये ११ हजार ४ सय ७४ वटा बाख्रा र ३६ भेडा छन्। भेडाबाख्रामा लाग्ने मौसमी रोगबाट बचाउन र रोगसंग लड्ने क्षमता बढाउने उदेश्यले नगरभित्रका भेडाबाख्रालाई प्राबिधिक सहितको टोली घरघरमा पुगेर निशुल्क पिपिआर खोप लगाईदिएको हो। मानिसमा जस्तै भेडाबाख्रामा पनि ज्वरो आउने, पखाला लाग्ने, नाकबाट सिंगान बग्ने जस्ता संक्रमण हुन सक्ने जनाउदै ती संक्रमणबाट जोगाउन पिपिआर खोप अभियान संचालन गरिएको चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर)ले जानकारी दिए। प्राविधिक सहितका टोली सबै टोलटोलमा पुगेर खोप लगाउने ब्यवस्था मिलाइएको…
स्याङ्जा ७ बैशाख । बर्षा सुरु नहुदै अरौंदीखोलामा पुल बनाउन स्थानीयको माग छ। ठूला पुल निर्माण कार्य झन्झटिलो भएकोले तत्कालका लागि ट्रष्ट एवं वेलीब्रीज बनाएर स्थानीयलाई वारपारमा सहज बनाउन उहाहरुको आग्रह हो। अरौंदीखोला अन्र्तगत पुतलीबजार नगरपालिका वडा न. १ र ३ जोड्ने नारायणस्थान स्थित अरौंदीखोलामा अहिले पनि पुल बन्ने संकेत नेदेखिएपछि स्थानीय एवं सोही बाटो उपयोगकर्ता चिन्तित बनेका छन्ब र्षाको समयमा खोला बढेर वारपार गर्न समस्या हुन्छ। हिउँदमा सामान्य देखिने खोला बर्षात्मा बढेर अजंगको बन्छ। बर्षेनी लाखौं मूल्य बराबरका कृषिभूमि सहित उपज बगाउने गर्दछ । स्थानीयबासी राजेन्द्र मरासीनी भन्न्नुहुन्छ्, ‘बर्षात्को भेल र बाढीलाई हिउँदमा बिर्सनाले यसबर्ष पनि हामीले जोखिम मोल्नै…
स्याङ्जा ७ बैशाख । स्याङ्जामा आ.व २०७८÷७९ मा २६ करोड ५७ लाख २८ हजार रकम बेरुजु देखिएको छ। महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत अघिल्लो आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढी बजेट वेरुजु देखिएको हो। स्याङ्जाका ११ वटा स्थानीय तहका १४ अर्ब ३४ करोड ५७ लाख ६० हजारको लेखापरीक्षण गर्दा १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको हो। ६ गाउँपालिका र ५ वटा नगरपालिका रहेको स्याङ्जामा प्रतिशतका आधारमा यसपटक चापाकोटमा सबैभन्दा बढी र वालिङ्मा सबैभन्दा कम देखिएको छ। चापाकोटमा ३ दशमलब ०२ प्रतिशत र वालिङमा १ दशमलब ४६ प्रतिशत बेरुजु छ।यसैगरी, गाउँपालिकामा हरिनासमा सबैभन्दा बढी र फेदिखोलामा सबैभन्दा कम…
स्याङ्जा ७ बैशाख । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने…
स्याङ्जा ७ बैशाख । स्याङ्जा जिल्ला अपाङ्ग समाज स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय को आर्थिक सहयोगमा अपांगता ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । समुदायमा आधारित पुनस्थापना कार्यक्रम तर्फ अपांगता क्षेत्रमा कार्यरत संस्थाहरुका पदाधिकारी सदस्य सहित पालिका स्तरिय अपांगता संजाल का पदाधिकारी सदस्यहरु को लागी ३ दिने अपांगता व्यवस्थापन तालिम गरिएको हो । तालिम समापन अवसरमा बोल्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगता विकास र मुल प्रवाहिकरणको विषय भएकाले उहाहरुको सहज र सुरक्षित जीवनयापनका लागि पुतलीबजार नगरपालिकाले अपांगता भएका ब्यक्तिका लागि निशुल्क स्वास्थ्य विमा, क्षमता विकास, सहयोगी सामाग्री वितरण अभियान सुरु गरिसकेको बताउनुभयो ा उहाले अपांगता बर्गको सहयोगका…
स्याङ्जा ६ बैशाख । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले मुलुकको समृद्धिका लागि स्थिर सरकारको आवश्यकता औल्याउनुभयो । आफुले मन्त्रालय सम्हालेको सय दिन पुरा गरेपछिको अनुभव सुनाउदै उहाँले पहिला मानसिक विकास अनि भौतिक विकासमा जुट्नुपर्ने बताउनुभयो ।पुस २५ गते नेकपा एमालेतर्फका मुख्यमन्त्री खगराज अधिकारीसंगै राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फबाट गृह जिल्ला स्याङ्जा भएका गुरुङ् मन्त्रीपरिषद सदस्य बन्ने अवसर पाउनु भएको हो । उहाँले मन्त्रालय सम्हालेको मंगलबार सय दिन पुरा गरेको छ । सोही अवसर पारेर उहाले सयदिनमा भए गरेका उपलब्धी तथा आगामी दिनका कार्ययोजनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभयो । सम्मेलनमा बोल्दै उहाँले राजनीतिकर्मीलाई पार्टीका कार्यकर्ता नभई आमजनता…
स्याङ्जा ४ बैशाख । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले सोमबार भित्रे पात्रो बिमोचन सहितं पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई स्वागत गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले संघद्धारा प्रकाशित भित्तेपात्रो बिमोचन गर्नुभएको हो । बिमोचन गर्दै उहाँले सरकार र निजी क्षेत्र मिलेर गरेको कामले सफलता मिल्ने बताउनुभयो । अन्र्तराष्ट्रिय क्षेत्रमा सरकारको निजी क्षेत्रबीचको सहकार्यले सफलता मिलेको जनाउदै नेपालमा भने त्यस्तो अभ्यास हुन नसकेको उहाको भनाई छ । सबैको मुलनितीका रुपमा रहेको राजनीति दुषित बनाइएको जनाउदै उहाँले किशोर अवस्थामै बिदेशी मोह जाग्नु हाम्रो लागि दुर्भाग्य रहेकोमा जोड दिनुभयो । ब्यापार ब्यवसायमा अधिक नाफा नलिन पनि ब्यवसायीलाई…
स्याङ्जा ४ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ११ ले आफना वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सहित सम्मान कार्य सोमबारदेखि सुरु गरेको छ । निर्वाचित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरिकका घरघरमा पुगेर सम्मान गर्नुभएको हो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी सहितको टोलीले जेष्ठनागरिकको घरघरमै पुगेर स्वास्थ्य परिक्षण, स्वास्थ्यबद्र्धक खाद्य सामाग्री प्रदान गर्नुका साथै घरघरमा पुगेर दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको छ । नगरप्रमुख रेग्मीले करेण्डाँडा निवासी एक सय बर्षिया रुपा पराजुलीलाई पहिलो चरणमा सम्मान गर्दै उहाले च्यावनप्राश लगायत आवश्यक औषधी समेत उपलब्ध गराउनुभयो । यसैगरी, ९२ बर्षिया गंगादेवी अर्याल, ८८ बर्षिय भूमिजंग केसी र ८५ बर्षिय श्रीप्रसाद अर्याललाई सम्मान…
स्याङ्ना १ बैशाख । गल्याङ् नगरपालिकामा १० दिने रमाइलो मेलाको उदघाटन गरिएको छ । यहाका स्थानीय उत्पादन र कला संस्कृतिलाई उजागर गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । गल्याङ् जेसिजको आयोजनामा रमाइलो मेलाको आयोजना गरिएको हो । बिहीवार मेलाको उदघाटन गर्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले आम नागरिक र त्यसमा पनि युवाहरुको एकताले समृद्धिको आधार तय गर्ने बताउनु भएको छ। प्रमुख भट्टराईले एकता नै समृद्धिकोअ ाधार एवं बल रहेको बताउनुभयो । गल्याङको बिकासमा यस किसिमका कार्यक्रम बाट स्थानीय उत्पादन र सस्कृतिको संरक्षण र प्रर्वद्धन हुनेमा नगरवासी सबै बिस्वस्त रहेको जनाउदै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा उप प्रमुख…
स्याङ्ना १ बैशाख । नेपालीका नयाँ बर्षको पहिलो दिन आज । आजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०८० सुरु भएको छ ।आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने पनि गर्दछन् । बाह्रौंँ शताब्दीमा भारतको गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासमा सुन्न पाइन्छ । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम…
स्याङ्जा ३० चैत । पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनको व्यवस्थापन र सहजिकरणमा पुतलीबजार नगरपालिका ७ हरिहर मन्दिर तथा जेष्ठ नागरिक सेवा केन्द्रमा सार्वजनिक सुनुवाई गरिएको हो । पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिँदै यस चरणमा पुतलीबजारले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगाएतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले नगरपालिकाका सेवा प्रवाहमा कर्मचारीले ढिला सुस्ती र अनियमितता गरेको पाएमा तुरुन्त खवर गर्न आग्रह गर्दै नगरको मुहार फेर्ने कार्यक्रमा हातेमालो गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिलाले टोल विकास संस्थाको औचित्य…
स्याङ्जा २५ चैत । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोला सरसफाईको १५औँ हप्ता अन्र्तगत सिटि हल परिसर आँधीखोलाको किनार सरसफाई गरिएको छ । श्रवणकुमारको मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलमा पछिल्लो समय जथाभावि फोहोर फाल्दा तथा आँधीखोला दोहनका कारण आँधीखोलाको सभ्यतामा संकट उत्पन्न हुन थालेको भन्दै यहाँका युवाहरु आँधीखोला संरक्षण सरोकार मञ्च गठन गरी गत पौषबाट आँधीखोला सरसफाईको अभियानमा जुटेको अभियन्त प्रकाश अर्यालले बताउनुभयो । हरेक हप्ताको शनिबार मंचको अगुवाईमा यहाँका विभिन्न संघसंस्था तथा विद्यालय एवं आम सर्वसाधारण सरसफाईमा जुट्दै आएका छन् । बढ्दो बजारीकरणसँगै खोला किनारमा फालिने फोहोरका कारण वातावणीय, जलवायु तथा खोलामा रहेका जलजर प्राणीको बासस्थान समेत लोप…
स्याङ्जा २५ चैत । वालिङमा पृथक पाइला नामक कृति लोर्कापण गरिएको छ । वैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान अन्र्तगत स्याङ्जा र प्रज्ञा प्रतिष्ठान वालिङको संयुक्त आयोजनामा कृति लोर्कापण गरिएको हो । युवाकवि युवराज सुवेदीको पृथक पाईला मुक्तक संग्रह र शान्तिदुतको अग्रपथ कविता संग्रहको लोर्कापण गरिएको हो । देशभक्तिपुर्ण भावनाले ओतप्रोत, प्रकृतिप्रेम, सकरात्मक सन्देश तथा लेखकले आफ्ना जिवनको अनुभव र अनुभूति संग्रहमा समावेश गर्नुभएको छ । कृतिको लोर्कापण पोखराका साहित्यिक पत्रकार, कवि तथा गजलकार वियोगी बुढाथोकीले गर्नुभएको हो । कृति लोर्कापण गर्दै वरिष्ठ साहित्यकार बुढाथोकीले वालिङ भाष र साहित्यको लागी उर्वर भुमि रहेको भन्दै पछिल्लो समय युवाहरु जागरुकताका साथ साहित्यमा…
स्याङ्जा २४ चैत । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समिति र तनहु जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम समितिका उद्यमी महिलाबीच अन्र्तक्रिया गरिएको छ । तनहुका महिला उद्यम विकास समितिका अध्यक्ष चन्द्रकुमारी आलेको नेतृत्वमा आएको १८ जनाको टोली र स्याङजाका महिला उद्यमीबीच आ आफना ज्ञान, सीप, बजारका बारेका अनुभव आदानप्रदान गरेका छन् । अन्र्तक्रियामा बोल्दै स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले महिला दिदीबहीनीहरु उद्यम ब्यवसाय संचालन गरेर आयआर्जन बढाई र आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । बिभिन्न समय समयमा उद्योग वाणिज्य संघले उपलब्ध गराउदै आएको तालिम तथा प्रशिक्षणले धेरै महिला दिदीवहीनीमा राम्रो प्रभाव देखिएको र…