Author: Syangja Sandesh

स्याङ्जा १६ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. २ स्थित दुर्गादेवी सामुदायिक सिकाई केन्दको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा २ दिने उदघोषण कला तालिम सम्पन्न भएको छ । महिला तथा युवाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले आयोजित तालिमको समापनका अवसरमा बोल्दै वडाअध्यक्ष भीमबहादुर गुरुङ्ले तालिमलाई ब्यवहारमा उतार्न सुझाव दिनुभयो । तालिमले सकारात्मक प्रभाव पारेको जनाउदै आउदा दिनहरुमा समेत यस्ता तालिमलाई वडाले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाले भन्नुभयो, ‘जवसम्म ब्यक्तिले बोल्दैन तबसम्म उसका आवश्यकताका बारेमा थाहा हुदैन। त्यसैले सबैभन्दा पहिला आफना आवाज निकाल्नै पर्ने हुदा यस्ता तालिमको आवश्यकता महसुस गरेर कार्यक्रम उपलब्ध गराएका हौं।’ कार्यक्रममा प्रशिक्षक द्धय भवानी अधिकारी…

Read More

स्याङ्जा १५ बैशाख । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित पुतलीबजार नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ वडा न. ७ र महिलातर्फ वडा नं. १३ ले हात पारेको छ । पुतली बजार नगरपालिका १ स्थित मालेबगर मैदानमा संचालित वडा स्तरीय मेयरकप प्रतियोगितामा पुरुषतर्फ वडा नं. १२ दोश्रो र वडा नं. ६ तेस्रो भएका छन ्। यसैगरी, महिलातर्फ दोश्रो हुनेमा वडा नं. १० र तेस्रो हुनेमा वडा नं. १२ रहेका छन् । भलिवल प्रतियोगिता मा पुरुषतर्फ १३ र महिला तर्फ ४ समूह सहभागी थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृती य हुने समूहले क्रमश ः ५० हजार,…

Read More

स्याङ्जा १५ बैशाख । गल्याङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा नगरबासीलाई पहुँच पु¥याउने उदेश्यले विभिन्न रोगका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।केही महिना अगाडि गल्याङ नगरपालिका भित्रका ११ वटा वडाहरुमा निःशुल्क बृहत स्वास्थ शिविर सञ्चालन गरको नगरले नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गल्याङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्य सम्पन्न गरेको छ । गल्याङ नगरपालिका भित्र ५ ठाउँमा सञ्चालन गरिएको शिविरमा २ हजार १०० सय जना बिरामीले सेवा लिनु भएको छ ।कार्यक्रमको समापन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले आर्थिक हिसाबले विपन्न जो औषधि उपचारका लागि अस्पताल सम्म पुग्न…

Read More

स्याङ्जा १५ बैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार सपथ लिनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिनुभएको हो । यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गर्नुभएको छ । उहाले नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्री तिवारी वालिङ निवासीे उहा समानुपातिकबाट प्रदेशसभा सदस्य हो । त्यस्तै, माओवादी केन्द्रकी सिंखडा गोरखा जिल्लाबाट समानुपातिक सांसद हुन् । उहाहरुलाई बिना विभागीय मन्त्रीको हैसियतमा सपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको…

Read More

स्याङ्जा १३ बैशाख । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित पुतलीबजार नगरपालिकामा मेयर कप भलिवल प्रतियोगिता बुधवारदेखि सुरु गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर मैदानमा मेयर कप पुरुष÷महिला भलिवल प्रतियोगिता गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी.ले भलिवल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । उहाले शारिरीक एवं मानसिक स्वस्थ्यताका लागि खेलकूद प्रतियोगिता आवश्यक पर्ने बताउनुभयो । नगरपालिकाले गुणस्तरीय खेलाडी उत्पादनका लागि आवश्यकता अनुरुपका पूर्वाधार निर्माणमा ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, शिक्षा विकास समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामााजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष इमबहादुर…

Read More

स्याङ्जा १२ बैशाख । पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषित भएको छ । मंगलबार नगरपालिकामा आयोजित कार्यक्रम मार्फत जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी.ले सो घोषणा गर्नुभएको हो । घोषणा गर्दे प्रमुख जिटीले भन्नुभयो, ‘यस्ता अभियानले प्रत्येक बर्ष निरन्तरता पाइरहनुपर्छ। मातृ र शिशु मृत्युदर घटाउन र बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको खो पाउने अधिकारलाई राज्यले ध्यान दिनुपर्छ।’ राज्यले स्वास्थ्य, शिक्षा र सुरक्षाको जिम्मा लिनुपर्ने उहाले बताउनुभयो । चालु आवमा पुतलीबजार नगरपालिका अन्र्तगतका १४ वटा बडाका १६ देखि २३ महिनाभित्रका ३ सय ५३ बालबालिकाले पूर्ण खोप पाएका छन्। नगरपालिकाले ३ सय ७७ को लक्ष्य थियो। बालबालिकालाई १३ वटा रोग…

Read More

स्याङ्जा ११ बैशाख । गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले ठूला ठूला महत्वकाङ्क्षा लिएर भन्दा पनि सानातिना समस्याको समाधान गरेर अगाडि वढ्नु पर्ने बताउनुभयो । नैतिकताको खडेरी पर्न नदिई नव पुस्तालाई नैतिकबान बनाउन आवयश्यक रहेको उहाको भनाई छ । आईतबार गल्याङ नगरपालिका वडा नं. ९ बेलचौर स्थित बेलचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन तथा स्वास्थय सेवा सञ्चालन कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । नगर प्रमुख भट्टराईले गल्याङ नगरपालिकाले शिक्षा,स्वास्थ्य, सिचाई,खानेपानी, सडक जस्ता भौतिक पूर्वाधारको विकासका लागि सधै नगरपालिका नगरिकको साथ लिएर विकास निर्माण अभियानमा लागेको कुरा बताउनु भयो । कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने, गल्याङ नगरपालिका वडा नं.९…

Read More

स्याङ्जा ११ बैशाख । आज शंकराचार्य जन्मजयन्ती। स्याङ्जामा पनि शंकराचार्यका योगदानको स्मरण गर्दै मनाइएको छ। वैशाख शुक्लपक्ष पञ्चमी शंकराचार्यको जन्मजयन्ती हो। पुतलीबजार नगरपालिका वडा नं. १४ खोरबार स्थित गिरी कुल मन्दिर परिसरमा निमार्धाधिन आद्यजगतगुरु शंकराचार्यको जन्मजयन्ती मनाइएको हो। गिरी जातीले आफुहरुलाई शंकराचार्यको अनुयायी मान्दै पुज्दै आएका छन्। कार्यक्रममा बोल्दै अधिवक्ता तुलसी गिरीले भन्नुभयो, ‘आद्यजगतगुरु शंकराचार्य महान दार्शनिक एवं धर्मप्रवर्तक हुनुहुन्थ्यो। सनातन धर्मका विविध विचारधारालाई एकीकरण गर्दे उपनिषद र वेदांतसूत्र लेख्नुका साथै भारतको चार कुनामा चार मठको स्थापना गर्नुभयो। जुन आजसम्म अत्यन्तै उपयोगी र महत्वपूर्ण छन्।’ शंकराचार्यद्वारा सनातन धर्म स्थापनामा अतुल्य योगदान रहेको उहाले बताउनुभयो । कार्यक्रममा कुल मन्दिर ब्यवस्थापन समितिका…

Read More

स्याङ्जा ११ बैशाख । मानवअधिकार तथा शान्ति समाजले लोकतन्त्र दिवसको अवसर पारेर सोमबार साझ दिप प्रज्वलन गरेको छ । पुतलीबजार नगरपालिका १ अर्थात सदरमुकाम स्थित सहिद चोकमा कोणसभा सहित मैनबत्ती बालेर दिवस मनाइएको हो । बैशाख ११ गतेका दिन मनाइदै आएको दिवसमा बोल्दै उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका कोषाध्यक्ष एवं स्याङ्जाका पूर्व अध्यक्ष नवराज सुवेदीले लोकतन्त्रको विकल्प नरहेको बताउनुभयो ।आम नागरिकका छोराछोरी राष्ट्र प्रमुख हुन पाउनु प्राप्त लोकतन्त्रले उपलब्धी भएको बताउनुभयो । उहाले भन्नुभयो, ‘किसानका छोराछोरी राष्ट्रपति बन्न पाउने अवसर पनि लोकतन्त्रले जुराएको हो । यसकारण लोकतन्त्रको संरक्षण र सहिसदुपयोग गर्न आम नागरिकले चासो पुरयाउनुपर्नेमा जोड दिनुभयो। ’ कार्यक्रममा मानव…

Read More

स्याङ्जा १० बैशाख । सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक बनका उपभोक्तालाई ३ तर्फको जिम्मेवारी हटाउन माग गर्नुभएको छ । सामुदायिक बनका उपभोक्ताले ३ ठाउँमा कर तिर्न सक्दैन, ३ तहका सरकार एकै ठाउँमा बसेर काम गर्नुपर्ने उहाले बताउनुभयो । सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको छैटौं जिल्ला अधिवेशनको पुतलीबजारमा उदघाटन गर्दै अध्यक्ष पाठकले तीनै तहका सरकारले एउटै निती बनाएर उपभोक्तालाई सहज बनाउनुपर्ने बताउनुभएको हो । बनको उपयोग सम्बन्धी कामकारवाहीको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने उहाले बताउनुभयो । उहाका अनुुसार, ‘समावेशी मूलप्रवाहीकरणको उदेश्य बमोजिम संचालनमा रहेको संस्था महासंघ हो। यहाँ सबै आस्था, बर्ग जातजाती, समुदायलाई समेटेर आम्दानी र रोजगारीसंग जोडिएको…

Read More

स्याङ्जा १० वैशाख । बैशाख १० गते आजका लागि निर्धारण गरिएको उपनिर्वाचनका लागि ३ वटै स्थानमा मतदान सुरू भएको छ । निर्वाचन आयोगका अनुसार तनहुँ–१, चितवन–२ र बारा–२ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो…

Read More

स्याङ्जा १० बैशाख । जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले कला र गला संस्कृतिको संरक्षण गर्दै मानिसले मनोरञ्जनका साथ विकास निर्माण अभियानमा युवाहरुले खेलेको भूमिका प्रसशनीय भएको र युवाहरुको एकताले समृद्धिको आधार भएको कुरा बताउनुभयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ तल्लोगल्याङ स्थित खेल मैदानमा गल्याङ जेसिजद्वारा आयोजित प्रथम गल्याङ जेसिज रमाइलो मेला २०७९ को समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि जि.टीले भन्नु भयो युवाहरु एकताबाट नै यो मुलुक परिर्वतन गर्न सम्भव रहेको र युवाको एकता आजको आवश्यकता भएको बताउदै युवाहरुको जोस र जवानीलाई सहि रुपमा प्रयोग गरेर सिर्जनात्मक,रचनात्मक , उत्पादनका क्षेत्रमा लगानी…

Read More

कास्की १० बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनु भएको छ । गण्डकी प्रदेशसभामा उहाले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमध्ये उहाको पक्षमा २४ जना मात्रले समर्थन जनाए । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाउनु भएको थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बन्नु भएका अधिकारी करिब साढे ३ महिना मुख्यमन्त्री बन्नुभयो । मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दिपक…

Read More

स्याङ्जा ८ बैशाख । शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि वालिङमा अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको आयोजना र खबर एजुकेशन काठमाडौको सहजीकरणमा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि बृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो । शैक्षिक सुधारका लागि वालिङ नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्षहरु र शैक्षिक व्यक्तित्वहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम भएको हो । खबर एजुकेशनका वरिष्ठ शैक्षिक पत्रकार लक्ष्मीप्रसाद ढकालले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । विद्यालयमा विद्यार्थीहरुको अवस्था, अभिभावकहरु र विद्यालय व्यवस्थापन समितिबीचको सम्बन्ध लगायतका विषयमा अन्तरक्रिया भएको हो । आयोजकले दिएको विषयवस्तुको विभिन्न १० वटा समूह बनाएर सहभागीहरुको धारणा लिइएको थियो…

Read More

स्याङ्जा ८ बैशाख । विरुवा रिङरोड सडक निर्माण अलपत्र पारेको भन्दै विरुवा गाउँपालिकाबासीले भौतिक पूर्वाधार विकास कार्यालय स्याङ्जाको ध्यानाकर्षण गराएका छन्। विरुवा गाउँपालिकाबासीको जम्मो टोलीले सदरमुकाम स्थित कार्यालयमा पुगेर शुक्रवार कार्यालय प्रमुख सन्तोष अर्याललाई ध्यानाकर्षण सहितको पत्र बुझाएका हुन्। गाउँपालिकाका युवा नेता एवं समाजसेवी डोलराज पोखरेलको नेतृत्वमा कार्यालयमा पुगी सडक निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको केही दिनमै काम बन्दगरी बिगत ६÷७ महिनादेखि वास्ता नगरेको जनाउनुभयो । भोर्ले— खाङराङ सडक खण्डमा बिगत ६ महिनामा सुरु गरेको काम केहीदिनमै रोकिएको र अहिलेसम्म सुचारु हुन नसकेको स्थानीय रामबहादुर थापाले बताउनुभयो । कामका लागि पटक पटक आग्रह गर्दा आउछु भन्ने तर नआउने,…

Read More