स्याङ्जा २८ बैशाख । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मनसुनजन्य विपदबाट प्रभावित परिवार र डेंगु रोग नियन्त्रण बारेमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको हिजो सम्पन्न बैठकमा सहभागी बिभिन्न सरोकारवालासंगको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा उहाले मौसमजन्य विपदजन्य स्याङ्जाका १ सय ८७ घरहरु प्रभावित भएको जनाउदै सत्यतथ्य विवरण उपलब्ध गराएर राज्यद्धारा उपलब्ध सेवासुबिधा ग्रहणगरी सुरक्षित आवास निर्माणको वातावरण मिलाउने सरोकारवाला सबैलाई सुझाव दिनुभयो । यसैगरी, नजिकिदै गरेको गर्मी मौसममा डेंगीका प्रकोपबाट बच्नका लागि डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्ने अभियान सुरु गर्न जिल्ला स्थित सबै पालिका र सम्बन्धित कार्यालयहरु तयारी अवस्थामा…
Author: Syangja Sandesh
स्याङजा २६ बैशाख । वालिङमा रातो च्याउ उत्पादन सम्बन्धी तालिम भएको छ । रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङ ६ मिर्दिको आयोजना र भैरव च्याउ उद्योग तानसेन पाल्पाको प्राविधिक सहयोगमा व्यवसायिक सिपमुलक तालिम दिईएको हो । तालिमको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले भाषण भन्दा काममा विश्वास गर्नुपर्ने भन्दै अब काम गर्ने तौरतरिका परिर्वतन गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले पारदर्शिताका लागी कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरेको भन्दै हरेक संस्था पारदर्शि हुनुपर्ने भन्दै यस क्षेत्रमा रिद्धिसिद्धि सहकारीले पु¥याएको योगदान निकै सकरात्मक रहेको बताउनुभयो । सहकारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केहि दिनमै सहकारीहरुसंग छलफल गरी कार्ययोजना बनाएर सहकारीलाई उत्पादनमुलक कार्यमा लाग्न अभिप्रेरित…
स्याङ्जा २६ बैशाख । अव, स्थानीयपालिकाबाटै श्रमस्वीकृती सेवा लिन सकिने भएको छ ।स्याङ्जाका दुई नगरपालिकाले श्रमस्वीकृती सेवा उपलब्ध गराउने कार्यको सुुरुवात गर्दै सेवा सुभारम्भ गरेका छन ्। वालिङ् र भीरकोट नगरपालिकाले यसको सुरुवात गरिसकेको छ। भीरकोटले करिब दुई साताअघि र वालिङ्ले मंगलबारदेखि श्रमस्वीकृती सेवा सुरु गरेको दुबै पालिकाले जनाएका छन । योसंगै, रोजगारका लागि विदेशमा जान चाहनेले स्थानीय पालिकाबाट श्रमस्वीकृती पाउने भएका हुन ्। यसअघि श्रम स्वीकृती लिनका लागि बिभाग तथा प्रदेश स्तरीय श्रम कार्यालयमा जानुपर्ने वाध्यता थियो। सरकारले यही वैशाख १ गतेदेखि सो सुबिधा अनलाइन माध्यमद्धारा स्थानीय पालिकाबाटै सेवा÷सुबिधा उपलब्ध गराउन सक्ने जनाएपछि पालिकाबाटै श्रमस्वीकृती सेवा उपलब्ध गराएको वालिङ्…
स्याङ्जा २६ वैशाख । वालिङ नगरपालिकाबाट श्रम स्वीकृत दिन शुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएसँगै वालिङ नगरपालिकाले श्रम स्वीकृति दिन शुरु गरेको हो । सोमबार वालिङ नगर प्रमुख कृष्ण खाँणले वालिङ १३ का सुरज श्रेष्ठ पुनः श्रम स्वीकृति प्रदान गरी सेवाको शुभारम्भ गर्नुभएको हो । वैदेशिक रोजगारीमा साउदी अरब जान लागेका श्रेष्ठलाइ पालिकाबाटै पहिलो श्रम स्वीकृति सेवा प्रदान गरिएको रोजगार संयोजक पवन वस्यालले जानकारी दिनुभयो । यस अघि श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो…
स्याङ्जा २२ बैशाख । नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसिसियसन (नेभ्ला) स्याङ्जाले हरिनास गाउँपालिका ६ स्थित दग्दीमा पशु स्वास्थ परिक्षण शिविरको आयोजना गरेको छ । बौद्ध पूर्णिमा र उभौली पर्वको अवसरमा शुक्रवार सरकारले सार्वजनिक बिदा दिएको छ। तर, नेभ्लाले भने पूर्वघोषित तालिका भएको जनाउदै विदाका दिनमा समेत सामाजिक कार्य गर्दे पशु शिविरको आयोजना गरेको हो । शिविरमा ४ सय ७६ वटा पशुको स्वास्थ्य उपचार गरिएको छ । जसबाट २ सय ३२ जना किसान लाभान्वित भएका छन्। शिविरमा पशुका गोबर परिक्षण, दुध परिक्षण, पशुु उपचार सेवा, बन्ध्याकरण, रेबिज बिरुद्धको खोप लगायतका सेवा उपलब्ध गराइएको वडा अध्यक्ष दिलु रानाले जानकारी दिनुभयो । पन्ध्र…
स्याङ्जा २२ बैशाख । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप २५६७ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि लुम्बिनी…
स्याङ्जा २१ बैशाख । उपभोक्ता र ब्यवसायीका हक, हित र अधिकार संरक्षण गर्ने उदेश्यले पुतलीबजार नगरपालिका स्तरीय उपभोक्ता हित संरक्षण समितिले नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ । बार्षिक कार्ययोजना स्वीकृत गरेर समितिका संयोजक नगरउपप्रमुख देवी अर्यालको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले कार्ययोजना तयार पारेर नगरपालिका अन्र्तगतका बजार तथा ब्यवसायको अनुगमन तथा छड्के निरीक्षण गर्ने भएको हो । समितिले बजार अनुगमन कार्यबिधि समेत तयार पारेको जनाएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जा जिल्ला उद्योग वािणज्य संघ, च्याम्बर अफ कमर्श, पत्रकार महासंघ, पुतलीबजार नगपालिकाको कानून शाखाका प्रतिनिधि सदस्य रहने प्रावधान छ । खाद्य, तरकारी, मासुजन्य, औषधी लगायत अन्य ब्यवसाय…
स्याङ्जा २१ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यसैगरी, बुधबार प्रधानमन्त्री प्रचण्डले उनीसहित नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिको जिम्मेवारी दिनुभएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ । स्याङ्जा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित गुरुङ्ले नेकपा एमालेका केन्द्रिय सचिव पदमा अर्याललाई पराजित गर्नुभएको हो । पूर्व मन्त्री समेत रहनु भएका अर्याललाई करिब ६ हजार मतले पराजित गर्दै पहिलो पल्ट प्रत्यक्षतर्फको चुनावमा सांसद निर्वाचित हुनुभएको हो । यसअघि…
स्याङ्जा २० बैशाख । आगलागीका कारण मृत्यु भएका कालीगण्डकी गाउँपालिकाका इन्द्र थापाको परिवारलाई स्थानीय पालिकाले एक लाख रुपैंया आर्थिक सहयोग गरेको छ। थापाका छोरी जस्मिन थापालाई गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला लगायतले सहयोग हस्तान्तरण गर्नु भएको हो । कालीगण्डकी गाउँपालिका ३ लसर्घा देउराली निवासी उनी आलमदेवी नजिकको जंगलमा लागेको आगो निभाउने क्रममा ३७ बर्षिय थापा जलेर गम्भीर घाईते भएका थिए। घाईते उनको उपचारका क्रममा एकसातापछि मृत्यु भएको हो। चेैत २९ गते आगोले गम्भीर घाईते भएका थापाको वैशाख ६ गते उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो।जंगलमा लागेको आगो गाउँमा पस्न नदिनका लागि आगो नियन्त्रण गर्न खोज्दा ज्यानै…
स्याङ्जा २० बैशाख । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयले अपांगता सम्बन्धी हालसम्म भए गरेका सेवा सुबिधाका बारेमा जानकारी लिएको छ । अपांगता भएका ब्यक्तिले पाउने स्वास्थ्य सेवा, सुबिधा लगायत अन्य बिषयमा पनि जानकारी आदानप्रदान गरिएको हो । स्वास्थ्य सम्बन्धी पुनस्र्थापना सेवाका लागि पुतलीबजारका जनप्रतिनिधि र सरोकारवालाबीच भएको समन्वयात्मक बैठककमा सो का बारेमा जानकारी लिएको हो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले अपांगता भएका ब्यक्तिको स्वास्थ्य बिमा, सहायक सामाग्री बितरण, बिभिन्न जानकारीमूलक कार्यक्रम सहित सहयोग, अडियोग्राफी परिचयपत्र बनाउने मेशिन, अपांगता स्याहार भत्ता लगायतका काम गरिरहेको जनाउदै आगामी दिनमा पनि आवश्यकता अनुरुपका सहयोग उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा उपप्रमुख देवी…
स्याङ्जा, २० बैशाख । ईलाका प्रशासन कार्यालय वालिङले मंगलबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापनाको झण्डै २३ बर्षपछि कार्यालयले आफनै भवनबाट सेवा प्रवाह गरेको छ । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र प्रदान गरेर वालिङ नगरपालिका ९ सुर्कौदी स्थित नवनिर्मित आफ्नै भवनबाट सेवा शुभारम्भ गर्नुभएको हो । विस २०५७ सालमा स्थापित ईलाका प्रशासनले यसअघि नयाँबजारबाट ४ बर्षसम्म र त्यसपछि वालिङ ८ कटौंजेमा १९ बर्ष भाडाको घरवाट सेवा दिदै आएको थियो । करिब ४ रोपनी क्षेत्रफलमा ३ करोड २२ लाखको लागतमा सुबिधा सम्पन्न भवन निर्माण गरिएको छ । भवन साढे २ तला र १४…
स्याङ्जा १८ बैशाख । नेकपा निकट नेपाल टे«ड युनियन महासंघ जिफन्ट पुतलीबजार नगरकमिटि स्याङ्जाले सोमबार १ सय ३४औँ मजदुर दिवस मनाएको छ । दिवसका अवसरमा जिफन्टले रयाली पनि गरेको थियो । रयालीले पुतलीबजार नगरपालिका १ स्थित मुख्यबजार परिक्रमा गरी सभामा परिणत भएको थियो । एमाले पार्टी कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पुर्व मन्त्री सीता सुन्दासले सम्पुर्ण श्रमिक तथा रोजगारदाताहरु सामाजिक सुरक्षामा सुचिकरण भई भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले सम्पुर्ण श्रमिकहरुको हकहितका लागी प्रतिवद्ध रहेको भन्दै श्रमिकहरु बिना कुनै पनि प्रकारको विकास र समृद्धि संभव नरहेको भन्दै श्रमिकप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले…
स्याङ्जा १८ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ११ ले अपांगता भएका ब्यक्तिलाई घरघरमै पुगेर भेटघाट सहित खाद्य सामाग्री बितरण अभियान सोमबारदेखि सुरु गरेको छ । पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले बगालथोक स्थित मुना अर्याल सहित उनका ३ दिदीवहिनीलाई खाद्य सामाग्री प्रदान गर्दै अभियानको सुरु गर्नुभएको हो । सो घरमा मुना सहित ३ दिदीवहिनी दृष्टिविहीन छन् । खाद्य सामाग्री हस्तान्तरण गर्दे उपप्रमुख अर्यालले भन्नुभयो्, ‘संघिय सरकारले उपलब्ध गराउदै आएको आर्थिक सहयोगसंगै वडा कार्यालयले फरक क्षमताका ब्यक्तिलाई घरघरमै पुगेर गरेको भेटघाट सहितको सहयोग अनुकरणीय छ । यो अभियान नगरभित्रका सबै वडालाई सिकाई बन्नसक्छ ।’ प्रति ब्यक्ति एक क्रेट अण्डा, चना, हर्लिक्स÷च्वावनप्रास…
स्याङ्जा १६ बैशाख । गण्डकी प्रदेश सांसद महेश भट्टराईले स्याङ्जाको व्यापार प्रर्बधनका लागि कुभिन्डे देखि राम्दी सम्मको बजार क्षेत्रको विस्तार गरेर यातायातको पहुँचलाई प्रभावकारी बनाउन सके मात्रै स्याङ्जाको भविष्य राम्रो हुने बताउनु भयो । शनिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ स्थित गल्याङ उद्योग वाणिज्य संघको दोस्रो साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको थियो । वि.स. २०२६÷२७ सालमा खनिएको राजमार्ग अहिले पनि यथाबत रहेको र समयानुकुल ठूला सवारी साधन सञ्चालनमा समस्या भएकाले स्याङ्जाका ठूला व्यापारीक केन्द्रमा दैनिकी उपभोग्य बस्तु ध्वानीमा समस्या देखिएकोले यहाँका व्यापारी विस्थापित हुनुपर्ने परिस्थिती आएको कुरा बताउनु भयो । गण्डकी प्रदेश सांसद भट्टराईले भन्नु…
स्याङ्जा १६ वैशाख । वालिङ नगरपालिकाले अपाङ्गता सम्बन्धी सार्वजनिक बहस गरेको छ । नगरपालिकाको सभाहलमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहस गरिएकोे हो ।नगरपालिकाको आयोजना तथा अन्तरध्वनी नेपालको सहकार्यमा सार्वजनिक बहस भएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले समृद्ध नगर र सुखी नगरबासी अभियानमा सबै नागरिकहरु एकजुट हुनुपर्ने बताउनुभयो । नगर विकासको लागि मानसिक रुपमा नगरबासी तयार हुनुपर्ने उल्लेख गर्दै नागरिकको स्वास्थ्य र आयआर्जन सबल बन्नुपर्नेमा उपप्रमुख तिवारीले जोड दिनुुभयो । हरेक महिनाको ५ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै आइरहेको जानकारी दिँदै उपप्रमुख तिवारीले नगरको कार्यविधिले अपाङ्गता परिचयपत्र वितरणमा असहज भएको बताउनुभयो । नगरपालिकाले जारी गरेको…