Author: Syangja Sandesh

स्याङ्जा ७ जेठ । राज्य निर्माणका कार्यमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका छ त्यसैले राज्यले नीजि क्षेत्रलाई समेटेर व्यापारीको समस्याहरुलाई बुझेर औधोगीक प्रबद्र्वनमा राज्य लाग्नु पर्ने गण्डकी प्रदेश उर्जा, सिंचाई एवम् खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले बताउनु भयो । कोभिडका कारण यस वर्ष बजेट घटेर आएको र आर्थिक मन्दिका कारण पनि केही समस्या बनेको र विकास निर्माण अभियानमा स्थानीय तह देखि प्रदेश, संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने कुरा बताउनु भयो ।उहाँले भन्नू भयो जनताले आफूहरुलाई विकास निर्माणको काम गर्ने मेन्डेट दिएर पठाएको र सोही अनुसार जनताका हरेक समस्याको समाधानमा प्राथमिक्ताका आधारमा विकास गर्दै अगाडि बढ्ने कुरा बताउनु भयो । मन्त्री…

Read More

स्याङ्जा ५ जेठ । चापाकोट जनप्रतिनिधि सहितको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चापाकोटमा कृषि क्याम्पस स्थापना गर्ने विषयमा भेटघाट गरेका छन् । समूहले चापाकोटमा क्याम्पस स्थापनाका लागि ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं स्याङ्जा क्षेत्र २ का प्रतिनिधिसभा सदस्य धनराज गुरुङको नेतृत्वमा गण्डकी प्रदेशसभाका पूर्वसांसद भागवत प्रकाश मल्ल, चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर) लगायतको समूहले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी कृषि क्याम्पस स्थापना गरी सञ्चालन गर्ने विषयमा ध्यानकर्षण गराउदै छिटै प्रक्रिया सुरु गर्नेगरी वातावरण निर्माण गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटघाट कुराकानी गर्दै कानुन मन्त्री गुरुङले कृषि क्याम्पस संचालन गर्ने विषयमा…

Read More

स्याङ्जा ४ जेठ । स्वास्थ्य मानिसको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण गर्ने लक्ष्य सहित अर्जुनचौपारी गाँउपालिकामा निशुल्क आयूर्वेद स्वास्थ्य शिविर गरिएको छ । गाँउपालिकाको आयोजनामा गरिएको शिविरमा ३६२ जनाको स्वास्थ्य परिक्षण सहित औषधी बितरण गरिएको थियो । गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले स्थानीय रुपमा उत्पादन हुने जडीबुटीको संरक्षण गरि आफना पालिकाबासीको स्वास्थ्य, आयआर्जनमा जोड दिने बताउनुभयो । स्वास्थ्य रक्षाको निम्ति घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने लक्ष्य रहेको र सोही बमोजिम गाउपालिकाले काम गरिरहेको उहाले बताउनुभयो । अर्जुनचौपारी — १ निवासी का ९६ बर्षका वेदप्रसाद अर्याललाई बिरामी पुर्जा र डा. उत्सव पोैडेलको वीपी सेट हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।…

Read More

स्याङ्जा ४ जेठ । वालिङ नगरपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरि छलफल गरेको छ । यहि शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको र अघिल्लो वर्ष नै १ देखी ५ सम्मको पाठ्यक्रम निर्माण गरिएकोवालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो । पाठ्याक्रमलाइ समय सान्दर्भिक, आवश्यकतामा आधारित साथै व्यवहारिक, जीवनोपयोगी बनाउन सरोकारवालिहरुबाट राय सुझाव संकलन गरि स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ । मस्यौदामाथिको छलफल कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटिका स्मार्ट नागरिक शिक्षा हाम्रो ठुलो चुनौती रहेको छ । यहि कछुवाको तरिकाले शिक्षालाइ गति दिने हो भने…

Read More

स्याङ्जा ४ जेठ । स्याङ्जाका ४ वटा नगरपालिकाले श्रम स्वीकृत सेवा सुरु गरेका छन् । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएसँगै पुतलीबजार, भीरकोट, वालिङ् र गल्याङ् नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । श्रम स्विकृतिका लागि अनलाइन मार्फत सुरूवात गरेपछि स्थानीय तहबाटै वैशाख १ गतेदेखि स्थानीय पालिकाबाट लिन पाउने ब्यवस्था गरिएपछि रोजगारीका लागि विदेशमा जानेहरुका लागि निकै सजिलो बनेको छ । नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका ४ निवासी लोकबहादुर सुनारलाई पुनः श्रम स्वीकृति प्रदान गरी यसैसातादेखि सो सेवा शुभारम्भ गर्नुभएको छ । गल्याङ् नगरपालिकाले पनि…

Read More

स्याङ्जा २ जेठ । मानवअधिकार तथा शान्ति समाज स्याङजाले कुशासन र दण्डहीनता बिरुद्धको अभियान र्मगलबार देखि सुरु गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषिलाई कारवाही गर भन्दै मंगलार जिल्ला प्रशासन कार्यालय स्याङजाको प्रवेश द्धारमा आधा घण्टा धर्ना दिएको छ । सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चिता गर । मानव अधिकार मैत्री ऐन बनाउ । संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउ भन्ने बिबिन्न माग सहित धर्नाका कार्यक्रम गरेको हो । धर्नापछि बोल्दै मानवअधिकार तथा शान्ति समाजका सभापति हरिप्रसाद रेग्मीले भ्रष्टाचार मुक्त अभियानमा सबै जुट्नु पर्ने बेला आएको बताउनुभयो । सोही कार्यक्रममा समाजका उपाध्यक्ष भवानी अधिकारी, सचिव गंगादेवी अर्याल, कोषाध्यक्ष…

Read More

स्याङ्जा २ जेठ । लामोसमय जग्गाको कित्ताकाट रोकिदा अंशबण्डा देखि जग्गाको लेनदेन र कारोवारमा समस्या हुदै आएको थियो । जग्गाको बर्गिकरण गर्ने जिम्मेवारी स्थानीयतहलाई दिइएपनि अहिले सम्म छुट्टाउन सकेका थिएनन् । ढिलै भएपनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट शुरु गरेको छ । राष्ट्रिय भु–उपयोग ऐन २०७६ र नगरपालिकाको भु–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको बर्गिकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुने भएको हो । आंशिक रुपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । वालिङ नगरपालिका भित्रका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जारी गरेको सुचनामा उल्लेख…

Read More

स्याङ्जा १ जेठ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएसँगै पुतलीबजार नगरपालिकाले पनि सोमबारदेखि श्रम स्वीकृति दिन थालेको छ । नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका वडा नं ४ निवासी लोबहादुर सुनारलाई आजै पुनः श्रम स्वीकृति प्रदान गरेर सो सेवाको शुभारम्भ गर्नुभएको हो । वैदेशिक रोजगारीमा जान लाग्नु भएको सुनारले आफनै पालिकाबाटै पहिलो श्रम स्वीकृति सेवा पाउदा निकै खुशी लागेको बताउनुभयो । यसअघि श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्विकृतिका लागि अनलाइन प्रणालीको सुरूवात भए…

Read More

स्याङ्जा १ जेठ । असल समाज निर्माणमा शिक्षा तथा स्वास्थ्यको महत्वपूर्ण भूमिका रह्ने भएकाले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रममा पहिलो प्राथमिक्तामा दिएर विद्यार्थीको प्रतिभाको पहिचानमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो । गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित गल्याङ नगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु केन्द्रित गल्याङ टेल्यान्ट शो कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो । नगरप्रमुख भट्टराईले भन्नु भयो असल र सक्षम नागरिक निर्माणका लागि यस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा अझै बढाएर लैजाने कुरा बताउनु भयो । ग्रामिण क्षेत्रमा लुकेर रहेको प्रतिभाको…

Read More

स्याङ्जा, १ जेठ । अर्जुन चौपारी गाउँपालिका १ मा नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम शुरु भएको छ ।चार दिन सम्म चल्ने प्रशिक्षण तथा अभ्यास कार्यक्रम अर्जुन चौपारी गाउँपालिले राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा गरिएको हो । युवाको नेतृत्व तथा ब्याक्तित्व बिकास, नमुना गाउँसभाको अभ्यास, निर्वाचन पक्रिया र युवा भएर के गर्न सकिन्छ भन्ने बारेमा सिकाउने सरकारको नीति अनुसार कार्यक्रम गरिएको हो । हरेक बर्ष एक जिल्लामा एक पालिकामा प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने सकारकारको कार्यतालिका अनुसार अर्जुन चौपारी परेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले सरकारको अपेक्षा अनुसार प्रशिक्षकसगँ सिकेर ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । युवा…

Read More

स्याङ्जा १ जेठ । बुद्ध जयन्तीको अवसर पारेर पुतलीबजार नगरपालिका १३ स्थित स्मृति युवा क्लवद्धारा आयोजित चौथो वडाअध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी होराइजन युवा क्लव भुम्रेले जितेको छ । आयोजक स्मृति क्लव भने उपविजेता बनेको छ । योसंगै विजेता क्लबले १ लाख ११ हजार १११ रुपैंया नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र पाएका छन् । यसैगरी, उपबिजेता आयोजक क्लवले ५० हजार १११ रुपैंया सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन। प्रतियोगिता अन्तरगत अण्डर फिफ्टिन समुहतर्फ भने पर्वतको मर्दिखोलाले उपाधी जितेको छ भने स्याङ्जाको लामागे युवा क्लव उपविजेता बनेको छ । उपाधी बिजेता क्लवबले १४ हजार र उपविजेता क्लवले ७…

Read More

स्याङ्जा ३१ बैशाख । राज्यलाई यौनिक तथा लैंगिक अल्पसंख्यकका बारेमा नीति निर्माणका पक्षमा आवाज उठाउन दवाव दिने उदेश्यले अभिमूखीकरण गरिएको छ । आफना आवाजलाई राज्यले वेवास्ता गरेको जनाउदै गण्डकी प्रदेशको स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट अभियान सुरु गरेको जनाए । समावेशी मंच नेपालको आयोजना तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको ब्यवस्थापनमा पुतलीबजार नगरपालिकामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका पक्षमा नीति निर्माण बिषयक अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका पक्षमा पुतलीबजार नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । नीतिगत समस्या भएता पनि एक अभिभावकको नाताले नगरभित्रका यौनिक तथा अल्पसंख्यकका हित र आवश्यकताका पक्षमा नगरपालिकाले आवश्यक सहयोग गर्ने…

Read More

स्याङ्जा ३१ बैशाख । पत्रकार रोशन लामिछानेलाई पितृ शोक परेको छ । पत्रकार महासंघ स्याङ्जाका केन्द्रीय पार्षद लामिछानेका बुवा झलकनारायण लामिछानेको ६१ बर्षको उमेरमा निधन भएको छ । पुतलीबजार नगरपालिका ११ का झलकनारायण लामिछाने यही बैशाख २५ गते अचानक बिरामी परेपछि पोखरामा उपचार भैरहेको थियो । लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल उहाको उपचारका क्रममा शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय लामिछानेका पत्नी, दुई छोरा, एक छोरी र ३ नातिनातिना छन् । शनिवार रामनदी धाम राम्दीमा अन्तिम संस्कार गरिएकोे छ । बुवाको निधन प्रति पत्रकार महासंघ अन्तरगतका विभिन्न संघ समूहले श्रद्धान्जली प्रकट गरेकाछन् । नेपाल पत्रकार महासंघ…

Read More

स्याङ्जा ३० बैशाख । गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वती तिवारीले तीन तहको सरकारसंग समन्वय गरेर विकास निर्माण अभियानमा आफू लाग्ने बताउनु भयो । निर्वाचनका बेला जनतासंग गरेका बाचाहरुलाई राज्यले विकास निर्माण अभियानमा ध्यान दिन नसकेका क्षेत्रबाट कार्य सुभारम्भ गर्ने बताउनु भयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ स्यालबास स्थित सत्यशिला माध्यमिक विद्यालयको प्रथम ऐतिहासिक अभिलेखिकरण तथा ६४औँ वार्षिकोत्सव कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले देशमा संघिय संरचना कार्यान्वयन भएपनि अझै पनि नागरिकको आधारभुत आवश्यकताहरु पुरा हुन नसकेको बताउदै गणबन्धन सरकारसंग बसेर…

Read More

स्याङ्जा ३० बैशाख । आर्थिक मन्दीलाई मध्यनजर गर्दै पुतलीबजार नगरपालिकाले अबदेखि अत्यावश्यक बाहेकका तालिम, सेमिनार, गोष्ठी, क्षमता विकास, अभिमूखीकरण जस्ता शिर्षकमा रहेको बजेट खर्च कटौती गर्ने भएको छ । संघिय सरकारले धमाधम खर्च कटौती गरेका बेला नगरकार्यपालिकाको शुक्रवार बसेको बैठकले पनि यस्तो निर्णय गरेको हो । बैठकले नगरका मुख्य बजार क्षेत्रका दाँयाबायाँ अब्यवस्थित रुपमा टाँगीएका, झुण्डिएका, गुजुल्टिएका तार तथा पोलको ब्यवस्थापनका लागि सरोकारवालाई सुझाव दिने निर्णय गरेको हो । सेवाप्रदायक संस्थाले सेवासंगै आफना सामाग्रीको उचित ब्यवस्थापन गर्नुपर्छ । उनीहरुका कारण अन्य नागरिकले दुख पाउनु हुदैन भनेर अब्यवस्थित बस्तुका ब्यवस्थापन लगायतका जनसरोकारका पक्षमा निर्णय गरेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।…

Read More