Author: Syangja Sandesh

स्याङ्जा १५ जेठ । आज जेठ १५ गते १६ औं गणतन्त्र दिवस स्याङ्जा लगायत मुलुकभर बिबिध कार्यक्रमगरी मनाइँदै छ । सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ ३ दिन मनाउने भएको छ । विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक…

Read More

स्याङ्जा १४ जेठ । पुतलीबजार नगरपालिकाको समन्वय तथा सामाजिक विकास कार्यालय र जिल्ला बाल क्लव स्याङ्जाको आयोजनामा अन्तरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर गरिएको हाजिरीजवाफ प्रतियोगितामा आधीखोला गाउँपालिका प्रथम, कालीगण्डकी गाउपालिका द्धितिय, भीरकोट नगरपालिका तृतीय र अर्जुनचौपारी गाउँपालिकाले सान्तवना भएका छन् । सामान्य ज्ञान, श्रब्यदृश्य, श्रब्य र दृश्य गरेर ४ बिधिबाट सोधिएका प्रश्नहरुका जवाफ दिदै आधीखोला र कालीगण्डकी प्रथम÷प्रथम र भीरकोट र अर्जुनचौपारीले द्धितिय स्थान पाएपछि फेरि दोश्रो चरणको प्रश्नले आधीखोलालाई प्रथम र कालीगण्डकीलाई द्धितीय स्थान बनायो । भीरकोट र अर्जुनचौपारीले भने फेरि पनि बराबर अंक ल्याएपछि चिट्टा मार्फत तृतीय र सान्वना बनाउनु परेको थियो…

Read More

स्याङ्जा १४ जेठ । सहिद महेन्द्र शाहको ४४ औं स्मृति दिवस शनिवार उहाको जन्मगाउँमा पुगेर स्मरण गर्दे मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानलेले पुतलीबजार नगरपालिका वडा नं. १४ स्थित सतौंमा निर्मित शाहको अर्धकदको शालिकमा माल्यापर्ण सहित उहाको स्मरण गर्दै दिवस मनाएको हो । स्मृतिसभामा वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, नेपाली कांग्रेसका वडासभापति राजेन्द्रकुमार भण्डारी लगायतले स्थानीय समाजसेवीहरुले कलिलो उमेरमै महेन्द्र शाहले आम नेपालीका स्वतन्त्रताका निम्ति बलिदानी गरेको स्मरण गर्नुभयो । महेन्द्र शाह प्रतिष्ठानका अध्यक्ष हुमनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रविन केसीले गर्नुभएको थियो । विस २०१८ सालमा जन्मनु भएका महेन्द्र शाह विस २०३६ सालको बिद्यार्थी आन्दोलनका क्रममा…

Read More

स्याङ्जा १३ जेठ । गल्याङ नगरपालिकाले प्रदान गरेको सेवा प्रवाहका विषयमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरिएको छ । आलमदेवी मिडिया प्रा.लिको सहजीकरणमा सुनुवाई भएको हो । नगर प्रमुख गुरु प्रसाद भट्टराईले समृद्व गल्याङ खुशी नगरबासी बनाउने अभियानका साथ आफू अगाडि वढेको र जनताको साथ सहयोग लिएर अगाडि बढेको कुरा बताउनु भयो । संघ तथा प्रदेश सरकार संग समन्वय गरेर गल्याङको सडक, स्वास्थ्य शिक्षा, खानेपानी, सिंचाई, बसपार्क र पुर्वाधार विकासको पक्षमा अहोरात्र लागिपरेको कुरा बताउनु भयो । कृषि तथा व्यावसायीक पशुपालन गरेर आत्मनिर्भर बनाउने उत्पादित बस्तुको बजारीकरण गर्ने बाटोघाटो पिच गरेर गल्याङ नगरलाई सुंगम नगरको रुपमा विकास गर्ने बसाईसराई कम गर्ने…

Read More

स्याङ्जा १३ जेठ । बिश्व हिन्दु युवा संघ स्याङ्जाले संस्कृत भाषाको महत्व र संरक्षणको आवश्यकता र औचित्य बुझाउदै प्रचारमा सक्रिय बन्ने अभियान सुरु गरेको छ । भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिरबाट संघले संस्कृत भाषाको महत्व ,संरक्षण र प्रचार सहितको अन्तक्रिया सहित वि.सं. २०८० सालको भित्तेपात्रो बिमोचन गरेको छ । कार्यक्रममा बोल्दै भिरकोट नगरपालिका १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले संस्कृत भाषाको महत्व धेरै रहेको जनाउदै यसको बारेमा हामिले अब बुझ्न ढिला गर्न नहुनेमा जोड दिनुभयो । हिन्दु संस्कार र संस्कृतिको हामीले बुझ्न र बुझाउन नसक्दा नेपाल पछाडि परेको बताउनुभयो । उहाँले आफ्नो मौलिक परम्परा ,धर्म ,संस्कृतिको जगेर्ना…

Read More

स्याङ्जा १३ जेठ । स्याङ्जा जिल्ला अस्पतालले २३ औं स्थापना दिवस साप्ताहिक रुपमा बिबिध कार्यक्रमगरी मनाउने भएको छ । शनिवार (आज)देखि सुरु भएको दिवसको कार्यक्रमको उदघाटन गर्दै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग बिशेषज्ञ डा. प्रेमराज पंगेनीले अस्पतालले जनसेवामा पुरयाएको योगदानको चर्चा गर्नुभयो । उहाले पहिलो दिन सोही परिसरका निशुल्क पाठेघरको मुखको क्यान्सर तथा भीआइए स्क्रिनिङ् परिक्षण शिविर संचालन गरेर उदघाटन गर्नुभएको थियो । शिविर सचालनको शुभारम्भ गर्दै डा. पंगेनीले नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर संख्या धेरै रहेको र यस प्रकारका परिक्षणले १० बर्ष पछि क्यान्सर हुन सक्ने अवस्थाका बारेमा अहिले थाहा पाउन सकिने बताउनुभयो । परिक्षणको नतिजा तत्कालै थाहा…

Read More

स्याङ्जा १३ जेठ । स्याङ्जा सहयोग समाज कतारले आधीखोला गांउपालिकामा रहेको गुरुकुल बेद बिधाश्रम माध्यामिक बिधालयमा अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले बिभिन्न संस्थासंग आर्थिक सहयोग संकलन गरेर गुरुकुललाई आर्थिक सहयोग गरेको जनाएको छ ।सामाजिक क्षेत्रमा क्रियाशिल सहयोग समाजले बिभिन्न क्षेत्रमा यसैगरी सहयोग गर्दै आएको छ । गाउपालिका वार्ड २ का अध्यक्ष कमलप्रसाद पौडेलले सरकारी क्षेत्रबाट केही सहयोग भए पनि प्रयाप्त नभएको अबस्थामा यस्ता सहयोगहरुले यहाँ अध्ययरत बालबालिकालाई थप प्रेरणा मिलेको एवं सयहोग मिलेको बताउनुभयो । कार्यक्रममा स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकास परियारले अक्षयकोषका लागी १ लाख ५ हजार रुपैंया हस्तान्तरण गर्दै हाम्रो धर्म संस्कार…

Read More

स्याङ्जा १२ जेठ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ब्यक्तित्व विकास तथा उदघोषण कला सम्बन्धि ५ दिने तालिम हिजो सम्पन्न गरेको छ । मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको आर्थिक सहयोगमा यही ८ गतेदेखि तालिम सुरु गरिएको हो । तालिमको समापन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले ब्यक्ति र ब्यक्तित्व विकाससंगै नेतृत्वको विकास हुने जनाउदै यस्ता तालिमले सकारात्मक प्रभाव पार्ने उहाले बताउनुभयो । नगरपालिकाले बाल, युवा, महिला, जेष्ठ नागरिकका लागि बिभिन्न खालका रोजगार एवं क्षमता अभिवृद्धि गर्ने खालका सीपमूलक तालिम सहितका योजना बनाएको जनाउदै यसबाट लाभ लिन समेत आग्रह गर्नुभयो । उहाले तालिममा सिकेको सीपले प्रशिक्षार्थीहरूलाई…

Read More

स्याङ्जा १२ जेठ । वालिङ बहुमुखी क्याम्पस संचालक समितिले क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरेपछि प्राध्यापकहरु असन्तुष्ट देखिएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल वालिङ बहुमुखी क्याम्पसले संचालक समितिले कुनै अध्ययन, प्रक्रिया र सरोकारवालाहरु सगँ छलफल, बहस बिना क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरिएको ध्यानाकर्षण गरेपछि असन्तुष्टी देखिएको हो । प्राध्यापक संघले क्याम्पसको दिर्घकालिन रुपमा समस्या समाधान गर्ने तर्फ चासो दिनभन्दा आर्थिक संकटकाल घोषणा गरेर एक एतिहासिक शैक्षिक संस्थाको बन्दाम गराउने तर्फ अग्रसरता देखाएको आरोप लगाउदै ५ बुँदे विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष छविलाल अर्यालबाट हस्ताक्षरीत गरिएको ध्यानाकर्षणपत्रमा क्याम्पसका समस्याहरु समाधानका लागि अविलम्व बिशेष साधरणसभाको आव्ह्रान गर्न…

Read More

स्याङ्जा १२ जेठ । जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको ल्याण्ड लाईन फोन नंम्बर ०६१—४२४१२१ हो । नेपाल टेलिकम मार्फत जहिलेदेखि स्याङ्जामा ल्याण्ड लाईन फोन सेट बितरण कार्य सुरु भयो। तवदेखि जिल्लाकै सबैभन्दा अग्रणी संस्था उद्योग वाणिज्य संघले पनि ०६३— ४२०१२१ नम्बर पाएको हो । पछिल्लो समय इन्टरनेटको पहुँच बिस्तारसंगै नम्बरका केही अंक परिवर्तन गरिएता पनि यस संस्थाको नम्बर भने उही नै छ। सोही नम्बरबाट मुलुकभरका झण्डै १ सय २५ जिल्ला नगर सहित, ब्यक्ति, संघ, संस्था, कार्यालयमा सम्पर्क गरिदै आएको छ । तर, पछिल्ला केही दिन यता, स्याङ्जा स्थित उद्योग वाणिज्य संघ स्याङ्जा कार्यालयको नाममा रहेको सोही ल्याण्ड लाईनको फोन सेटबाट…

Read More

स्याङ्जा १० जृठ । भ्रष्टाचार सामाजिक कलंकका रुपमा रहेको जनाउदै यसका बिरुद्धको ज्ञापनपत्र बुझाइएको छ । नेपालमा भ्रष्टाचार संस्थागत रुपमा विकास भइरहेको र भ्रष्टाचारका काण्डहरु सार्वजनिक भएका अवस्थामा भ्रष्टाचार नियन्त्रण सहित आरोपित सबैलाई कडा सजाए दिलाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाईएको हो । वास नेपाल र आपसी सहयोग केन्द्र स्याङ्जाको संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो । वासका उपाध्यक्ष हेमप्रसाद गुरुङ र आपसी सहयोग केन्द्रका कार्यक्रम निर्देशक हरिप्रसाद ढकालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा १० बुदे सुझाव सहित अनुरोध गरिएको छ । भ्रष्टाचार बिरुद्धको प्रभावकारी उ्रत्तम अभ्यासको विकास र प्रवद्र्धन गर्न, भ्रष्द्धाचार बिरुद्धको संयन्त्रको क्षमता…

Read More

स्याङ्जा ९ जेठ । मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि कारवाही सुनिश्चित गर्न आग्रह गर्दे मंगलबार ज्ञापनपत्र बुझाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित मन्त्रिपरिषद कार्यालयलाई बुझाईएको हो । समाज स्याङ्जाका सभापति हरिप्रसाद रेग्मीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘नक्कली भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेल सम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन अनुसन्धानगरी दोषीहरु जो कोही भए पनि कानूनसम्मत कारवाही सुनिश्चित गरी सुशासनको प्रत्याभूति सहित आर्थिक पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पुरयाउन आग्रह गरिएको छ ।’ मानवअधिकारकर्मी…

Read More

स्याङ्जा ९ जेठ । वालिङ जेसीजको आयोजनामा नगरपालिकाको सभाहलमा संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संसदीय बैठक प्रणाली तालिम वालिङ जेसीजले दिइएको हो । संसदीय बैठक प्रणाली तालिममा प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले वालिङ जेसीजले महत्वपूर्ण तालिम संचालन गरेको र यसले अब आउने नगरसभा र कार्यपालिका बैठकहरु सव्य हुने विश्वास व्यक्त गर्नुभएको थियो । नेपाल जेसीजका उपाध्यक्ष तथा वालिङ जेसीजको लागि निरुपित राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसालले अब आउने दिनमा वालिङ जेसीजले महत्वपुर्ण र सिर्जनशिल कार्यक्रम गरी यहाँका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि नेपाल जेसीजले पूर्ण सहयोग रहने र…

Read More

स्याङ्जा ९ जेठ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ब्यक्तित्व विकास तथा उदघोषण कला तालिम सोमबारदेखि सुरु गरेको छ । मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोगमा पुतलीबजार स्थित संघको सभाहलमा ५ दिने उदघोषण तालिम सुरु भएको हो । तालिमको उदघाटन गर्दै मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले कृषिका लागि स्याङ्जाको प्रचुर संभावना रहेको बताउदै उहाले कृषि मार्फत आय आर्जनमा जोडिनुपर्ने बताउनुभयो । आयआर्जनसंगै ब्यक्ति र ब्यक्तित्वको विकास गर्नुपर्नेमा उहाले जोड दिनुभयो । ब्यक्ति र सुन्दर भावना सहितको ब्यक्तित्वले मात्र सफलता प्राप्त गर्ने हुदाँ यस्ता कार्यक्रमले हाम्रा ब्यक्तित्व निखार्न प्रभावकारि भूमिका खेल्ने उहाको भनाइ छ । कार्यक्रममा प्रशिक्षक एवं पत्रकार महासंघका…

Read More

स्याङ्जा ७ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित सदरमुकाममा छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । वैठकको उदघाटन गर्दै नेकपा एसका केन्द्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री केशवलाल श्रेष्ठले देशमा छरिएर रहेका कम्यूनिष्ट पार्टीको अगुवाई नेकपा एसले मात्र गर्न सक्ने बताउदै नेकपा एसमा जोडिन अव ढिलाई गर्न नहुने बताउनुभयो । यसैगरी, महासचिव घनश्याम भुषालले नक्कली शरणार्थी बनाउने भ्रष्टाचारिकलाई कारवाही गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सचिव लक्ष्मण केसी, स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङ र स्थायी कमिटी सदस्य शारदा सुवेदी, पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री रामजी शर्मा, पूर्व सांसद महेन्द्र थापा, केन्द्रिय सदस्य…

Read More