Author: Syangja Sandesh

स्याङ्जा २७ जेठ । प्रेस युनियन स्याङजाको नवौं अधिवेशनले तोलाकान्त बगालेको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मि रहनुभएको छ । सचिवमा शंकर सुवेदी र सहसचिवमा कल्याणी खाँण, कोषाध्यक्षमा हिमाल न्यौपाने निर्वाचित हुनुभएको छ । सदस्यहरुमा राजनप्रसाद पौडेल, भुवन भण्डारी, सुजन पोखरेल, रामचन्द्र उपाध्याय, युवराज सुवेदी, बबिन पाठक, युवराज पौडेल, तीलक गुरुङ, निशा भट्टराई, दिपक विक, भेषराज रेग्मी निर्वाचित हुनुभएको छ। लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहनुभएका बगाले रेडियो आँधीखोलाको स्टेशन म्यानेजर, राष्ट्रिय समाचार समिति , आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज र बुलेटिन नेपाल अनलाईनको अध्यक्ष हुनुहुन्छ ।

Read More

स्याङ्जा २७ जेठ । नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो नवौं अधिवेशन तथा साधारणसभाका शुक्रवार राती सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले पत्रकार आवाज बिहीनका आवाज बन्नुपर्ने बताउनु भयो । समाजको वास्तविकता बाहिर ल्याउनु पर्ने बताउदै पत्रकारिता जगतले समाजका सबै खालका प्रतिविम्बलाई खुलाउनु पर्ने बताउनुभयो । कार्यक्रममा पुतलीबजार नगरउपप्रमुख देवी अर्याल, पत्रकार महासंघका केन्द्रीय पूर्वउपाध्यक्ष गंगाधर पराजुली, नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य धुव पंगेनी, प्रेस यूनियन गण्डकी प्रदेश अध्यक्ष टेकप्रसाद अधिकारी, प्रदेश सदस्य प्रकाश डोटेल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाली कांग्रेस…

Read More

स्याङ्जा २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सफल नएको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी मिचिएको कुरा नउठाएको उहाको भनाइ छ। उहाले वर्तमान सरकारको कुनै गन्तब्य नभएको आरोप लगाउनुभयो। सरकार कामभन्दा पनि हल्लाको पछाडी लागेको उकहाको भनाई छ । आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार एकै दिन उद्घाटन गर्दै ओलीले सरकारको काम गर्ने ल्याकत नभएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो कार्यकालको तीन वर्षमा विकासले ठूलो फड्को मारेको दाबी गर्नुभयो । हेलिकोप्टर चडेर आउनु भएको ओलीले पहिला आधीखोला र त्यसपछि कालीगण्डकी पुगेर नवनिर्मित प्रशासनिक भवनको उदघाटन गर्नुभएको हो । बिभिन्न…

Read More

स्याङ्जा २४ जेठ । अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा भएको गाडी दुर्घटनाममा गम्भीर घाईते चालकको मृत्यु भएको छ । जिल्ला समन्वय समितिको पीक अप गाडी बुधबार साझँ दुर्घटना हुदाँ ४ जना घाईते मध्ये चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना खतरामुक्त रहेको बताइएको छ । दुर्घटनामा चालक ३५ बर्षिय अमृत खनालको मृत्यु भएको हो । दुर्घटनामा ४५ बर्षिय जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, बिद्युत सुपरभाइर ४५ बर्षिय टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन । शिरुबारीबाट खोले हुदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको गाडी सडक भन्दा करिब ५० मिटर तल खसेको हो । दुर्घटना बारे…

Read More

स्याङ्जा २३ जेठ । सरकारी बिद्यालयमा कार्यरत कर्मचारीले बिगत ३ दिनदेखि शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको मुख्यद्धारमा बसेर धर्ना दिदै आएका छन्। बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म उनीहरुको धर्ना रहन्छ । नेपाल बिद्यालय कर्मचारी परिषद स्याङ्जाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका सेवा, सुबिधा सहित पेशागत स्थायित्वको माग गर्दै साताब्यापी धर्ना जारी राखेको जनाएका छन् । परिषदका अध्यक्ष चिरञ्जिवी न्यौपानेका अनुसार, ‘न्यून तलबमा पनि स्थायी शिक्षक सरह सेवा प्रदान गरिरहेका हामी कर्मचारीका बारेमा बजेट सम्बोधन गरिएन। नेपाल सरकारको निति तथा कार्यक्रमको बुदा नं १२७ मा समेटिएपछि पनि बजेटमा कतैं सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएका छौं।’ बर्षौंदेखि न्यून सेवा र सुबिधामा पनि…

Read More

स्याङ्जा २२ जेठ । स्याङ्जा समाज जापानबाट घाटीका क्यान्सर पिडित दिलिपबहादुर गाइनेलाई १ लाख ३६ हजार रुपैंया नगद सहयोग गरिएको छ । पुतलीबजार नगरपालिका १४ निवासी ४० बर्षिया गाईनेका परिवारलाई हिजो सो रकम हस्तान्तरण गरिएको हो । रोजगारका लागि स्याङ्जाबाट जापान गएकाहरुबाट संकलित सो रकम स्याङ्जा समाज जापानका सल्लाहकार ताराप्रसाद गौडेलले परिवारलाई हस्तान्तरण गर्नुभएको हो । बैदेशिक रोजगारका लागि सोही वडाबाट जापान पुग्नु भएको भुवन गिरीको संयोजकत्वमा सो रकम संकलनगरिभएको विरामीका उपचारका लागि पठाइएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्लले क्यान्सर पिडित गाइनेलाई सबैको सहयोगको आवश्यकता रहेको जनाउदै सेवा नै धर्म भएको बताउनुभयो । कार्यक्रममा सामुदायिक…

Read More

स्याङ्जा २२ जेठ । आज देशभर विश्व वातावरण दिवस मनाइदै छ ।‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ वातावरण दिवस मनाइएका हुन । सोही अवसरमा पारेर हिजो अर्जुनचौपारी गाउँपालिकाले झण्डै २ हजार विरुवा रोपेर वातावरण दिवस मनाएको छ । यहाँका पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरु सहित आमा समूह, जनप्रतिनिधिहरु, अर्जुनचौपारी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी, आम नागरिकले वातावरण जोगाउन आवश्यक रहेको भन्दै खाली रहेका बाझा जमिनमा विरुवाहरु रोपेका थिए । बिरुवा रोपेर वातावरण दिवसको उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले बढ्दो प्रदुषण हटाउन पनि विरुवा रोपणगरी वातावरणीय सन्तुलन कायम राख्न सुझाव दिनुभयो । सोही कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, जिल्ला…

Read More

स्याङ्जा, २२ जेठ । स्वास्थ्य अवस्था गम्भीर भएका ब्यक्तिलाई सोही अवस्थामै छिटोभन्दा छिटो अस्पताल वा उपचार केन्द्रमा पुरयाउने सवारी साधनलाई एम्बुलेन्स भनिन्छ । तर,स्याङ्जामा भने त्यस्ता सुबिधायुक्त एम्बुलेन्स एउटा पनि छैन्। स्याङ्जा जिल्लाभर ‘क’ बर्गको एउटा पनि एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा ‘ख’ बर्गको एउटा, ‘ग’ बर्गको २४ वटा एम्बुलेन्स छन् । स्याङ्जा जिल्लाभरमा ‘ख’ बर्गको पनि एउटा मात्र एम्बुलेन्स छ । पुलतीबजार नगरपालिका वडा नं. १४ ले यसैबर्षदेखि ‘ख’ बर्गको एम्बुलेन्स संचालनमा ल्याएको हो । झण्डै ६ महिनाअघिदेखि चण्डीकालिका स्वास्थ्य चोैकी मार्फत सो एम्बुलेन्स संचालनमा रहेको छ । सतौ पोखरा सम्पर्क समाज र लायन्स क्लवको सहयोगमा…

Read More

स्याङ्जा २१ जेठ । नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटीको आयोजनामा आइतवार १८ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको छ । दिवसको उदघाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य सीमा क्षत्रीले संबिधानले सबै खालका बिभेद तथा छुवाछुत अन्त्य गरेको तर ब्यवहारमा भने त्यस्तो हुन नसकेको बताउनुभयो । कार्यक्रममा संबिधानसभा सदस्य टेकु नेपाली, एमाले प्रदेश उपाध्यक्ष मोहन रेग्मी, समाजका केन्द्रिय सविच धनबहादुर नेपाली र अमृत नेपाली, आधीखोला गाउपालिकाका अध्यक्ष विश्व पौडेल, एमाले उपसचिव तारा शर्मा, सदस्य महेश पुरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । मुक्ति समाजका अध्यक्ष मेघ प्रनेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोहन सुनारले स्वागत एवं सचिव…

Read More

स्याङ्जा २१ जेठ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजनामा स्थानीय तह तथा सरोकारवाला विच समन्वय गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्याले कार्यालयले गर्दै आएका कामको बारेमा चर्चा गर्दै कार्यालय र पालिकाहरुले सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलाधार व्यवस्थापन स्याङ्जाका अधिकृत प्रकाश गिरीले स्वागत एवं भू तथा जलाधार व्यवस्थापन पर्वतका प्रशासन अधिकृत भिमप्रसाद अर्यालले संचालन गर्नु भएको थियो । यसैगरी, सोही कार्यक्रममा सहभागी जिल्लाका पालिकाका प्रमुख तथा उपप्रमुखहरुले कार्यक्रममा दोहोरो पना नहुने गरी…

Read More

स्याङ्जा २१ जेठ । जिल्ला समन्वय समितिको आयोजना सामाजिक विकास कार्यालयको व्यवस्थापन र मानव विकास आश्रमको सहजीकरणमा ूसडक मानव व्यवस्थापन,उद्धार,राहत बिषयक अन्र्तक्रिया गरिएको छ । सडक मानव ब्यवस्थापन, उद्धार राहतका लागि सरोकारवाला निकायहरु संग अन्तरक्रिया एंव खुशी एक कला कार्यक्रमू समेत गरिएको थियो । अन्र्तक्रियामा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले नगरपालिका यस्ता बिषयमा संवेदनशील रहेको जनाउदै आगामी निती तथा कार्यक्रममा यस्ता बिषयलाई समेट्ने जनाउनुभयो । उहाले सडकमा मानव आउने परिस्थिती हुन नदिनका लागि आवश्यक काम अघि बढउने बताउनुभयो । प्रमुख रेग्मीले मानव सेवा नै परम धर्म रहेकाले सबैले साथ, सहयोग र मायाले यी सबै सम्भव रहनेमा जोड दिनुभयो ।…

Read More

स्याङ्जा २० जेठ । बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकार सम्मानित हुनुभएको छ । गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञः सरुभक्तले उहाहरु ४ जनालाई सम्मान गर्नुभएको छ । सम्मानित हुनेमा आधीखोला गाउपालिका हाल भरतपुर निवासी डा. एकनारायण पौडेल, अर्जुनचौपारी गाउपािलका हाल भरतपुर निवासी डा. कृष्णप्रसाद सापकोटा, पुतलीबजार नगरपालिका १४ निवासी चिन्तु गिरी र पुतलीबजार नगरपालिका १ हाल काठमाण्डौं निवासी डा. रजनी ढकाललाई प्रदान गरिएको हो। सम्मान सहित पुरस्कार प्रदान गर्दे प्राज्ञ श्रेष्ठले साहित्य मार्फत सामाजिक विकास र समृद्धीमा जुट्नु पर्ने बताउदै नवउदयीवान युवालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुलाई बा.सु.…

Read More

स्याङ्जा २० जेठ । पुतलीबजार नगरपालिका १४ स्थित पवित्र तीथर्थस्ल अव प्याराग्लाइडिङ्का लागि पनि उपयुक्त भएको छ। पुजाआजाका लागि यहाँ देश तथा विदेशबाट समेत बर्षेनी सयौं हिन्दुधर्मालम्बीहरु आउने गर्छन । बाबु एडभेन्चर क्लबले शुक्रवार गरेको परीक्षण प्याराग्लाइडिङ् उडान सफल भएसंगै अव यहाँबाट उडान भरिने भएको हा े।केही सातादेखि पुतलीबजार नगरपालिका, चण्डीकालिका मन्दिर ब्यवस्थापन समिति, सहिद महेन्द्र शाह स्मृति प्रतिष्डान र बाबु एडभेन्चर क्लबको आर्थिक प्राविधिक सहयोगमा प्याराग्लाइडिङ्का लागि उडान क्षेत्र निर्माणसंग प्राबिधिक पक्षका बारेमा नियमित परिक्षण गरिदै आएको थियो । क्लवका संस्थापक एवं अन्र्तराष्ट्रिय ख्यातीप्राप्त प्याराग्लाइडर सानुबाबु सुनुवार र क्लवका अध्यक्ष कृष्णजंग केसी लगायतको ९ जनाले पालैपालो यहाँबाट प्याराग्लाइडिङ गरेर…

Read More

स्याङ्जा १६ जेठ । गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको छ । पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ्य बच्चालाइ जन्मदिएको अस्पतालले जनाएको छ । ्वालिङ नगरपालिकावडा न ६ महिलाले शल्यक्रिया मार्फत प्रसुती सेवाप्रदान गरिएको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ठकाले जानकारी दिनुभएको थियो ।उँहाले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहजनहुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको र यो सेवालाइ अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको बताउनुभयो ।विशेषज्ञ चिकित्सक डा. नारायणबहादुर गोदार र डा. सुरज ढकालको संयुक्त स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेको थियो । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण…

Read More

स्याङ्जा १५ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीको बिरोध गर्दै पुतलीबजार नगर कमिटी युवा संघले रयाली सहित सोमबार दिउसो बिरोध प्रदर्शन गरेको छ। मन्त्रीपरिषदको शिफारिसमा रास्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसर पारेर रेशम चौधरीलाई आममाफी दिने निणर्य भएपछी सोमबार बिहान उहा रिहा भैसक्नु भएको छ । एमालेको भातृ संगठन युवा संघ सहित एमाले नेता सम्मीलित रयालिले प्ले कार्ड बोकेर नारा लगाउदै मुख्य बजार परिक्रमा गरेर रास्ट्रपतिको राजीनामा माग गरेका छन। टिकापुर घटनाका दोषीलाई षडयन्त्र पुर्बक दिइएको आममाफीको बिरुद्द बिरोध प्रदर्शन गरेको नगर अध्यक्ष भिम रानाले जानकारी दिनुभयो । प्रदर्शनकारीले सरकार र रास्ट्रपति विरुद्ध पनि नारा लगाएका थिए…

Read More