स्याङ्जा १६ असार । यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीको आयोजनामा यातायात सेवा ब्यवस्थापन सम्बन्धी सरोकारवालासंग अन्र्तक्रिया गरेको छ । यातायात सेवा ब्यवस्थापन, समस्या, चुनौती र समस्या समाधानका उपायहरु बिषयक अन्र्तक्रिया गरिएको हो । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले यातायात ब्यवस्था कार्यालय, सवारी साधन संचालक सहित साधनमालिक लगायत यात्रुहरु सबैजना सचेत बन्नु र बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले यातायात प्रणाली अनुरुपका कानून नबन्दा कठिनाई बनेको जनाउदै चेकजाँच प्रणालीको ब्यवस्थापनका लागि प्रबिधिमा जोडिनु पर्ने बताउनुभयो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले ट्राफिक ब्यवस्थापन र बर्तमान अवस्थाका बारेमा र यातायात ब्यवस्था कार्यालय…
Author: Syangja Sandesh
स्याङ्जा १४ असार । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक…
स्याङ्जा १४ असार । हिन्दुधर्मालम्बलीहरुले आज हरिशयनी एकादशी मनाउदैछन् । असार मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी’ वा हरिशयनी एकादशी भन्ने गरिन्छ । यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने चलन छ । यसै दिनदेखि चौमासा व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ‘हरिशयनी एकादशी’ भनिएको हो र चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ‘प्रबोधिनी वा हरिबोधिनी एकादशी’…
स्याङ्जा १३ असार । बुटवल पावर कम्पनी (बिपिसी) ले नयाँ आर्थिक वर्षबाट विद्युत् महसुल समायोजन गरिदिन गरेको प्रस्तावमा तत्कालका लागि रोकिएको छ। बुटवल पावर कम्पनीले आँधी खोला जलविद्युत् उत्पादन केन्द्रबाट उत्पादित विद्युत्को महसुल समायोजन गर्न गरेको प्रस्ताव तत्कालका लागि रोकिएको हो। बुटवल पावर कम्पनीले विद्युत् नियमन आयोगमा विद्युत् उत्पादन र प्रसारणमा घाटा भएको प्रतिवेदन पेस गर्दै महसुल समायोजन गरिदिन प्रस्ताव पेस गरेको थियो। विद्युत् महसुल बढाउन उचित छ या छैन भनी आयोगले गत चैत १० गते काठमाडौँमा सार्वजनिक सुनुवाइ गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो तर उक्त सार्वजनिक सुनुवाइमा स्याङ्जावासी उपभोक्ता भने बेखबर थिए। विद्युत् महसुल वृद्धि नगर्न जिल्लाका…
स्याङ्जा १२ असार । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बिद्यालयमा अध्ययरत छात्रछात्रा सहित शिक्षकलाई कागतीका विरुवा बितरण गर्नुभएको छ । पुतलीबजार नगरपालिका १३ स्थित कालिका माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाले विद्यार्थी र शिक्षकलाई कागतीका विरुवा प्रदान गर्नु भएको हो । कितावी ज्ञानसंगै ब्यवहारिक ज्ञान सिकाउने उदेश्यले कोइरालाले एक हजार वटा सुनकागती जातका बिरुवा निशुल्क उपलब्ध गराएको जानकारी दिनुभयो । उहाले कक्षा ६ देखि १२ कक्षामा अध्ययरत सम्पूर्ण विद्यार्थी र शिक्षकलाई कृषिप्रति आकर्षण बढाउनु यो बिधि अपनाइएको बताउनुभयो । जिल्लाका युवा किसानका रुपमा परिचित उनी सुन्तला उत्पादक किसान पनि हुन्। सुन्तलाबाट जिल्लामा धेरै रकम आम्दानी गर्नेमा उहाको नाम पनि पछे…
स्याङ्जा १० असार । स्याङ्जाको वालिङ नगरपालिकाले आ।व।०८०र०८१ को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगरप्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र उपप्रमुख कबिता तिवारीले बजेट सार्वजनिक गर्नुभएको हो । ‘उत्पादन,रोजगारी र पूर्वाधारःवालिङको विकास र समृद्धिको आधार’ भन्ने उद्गार सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरमा उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको छ । बढ्दो बेरोजगारी समस्यालाई नीति तथा कार्यक्रमले समाधान गर्ने लक्ष्य लिइएको छ । गत आ।व।मा तय गरिएका नीति तथा कार्यक्रमहरु र योजनाहरुको सफल कार्यान्वयन भएको जानकारी दिदैँ नगरप्रमुख खाँणले विगतका कोही योजनाहरुको प्रतिफल क्रमशःप्राप्त भैरहेको उल्लेख गर्नुभयो । प्रस्तुत गरिएको नीति…
स्याङ्जा ९ असार । भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम सहित बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको १२ औं नगरसभामा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख भगवती अर्यालले बजेट सार्वजनिक गर्नु भएको हो । बिभिन्न पक्षलाई सम्बोधन गर्दै र पुराना तथा क्रमगत योजनालाई निरन्तरता दिईनेगरी नीति तथा कार्यक्रम ल्याइएका छन्। शिक्षा, स्वास्थ्य, वातावरण, प्रबिधि, सामाजिक , पर्यटन, कृषि, जेष्ठ, महिला, बालबालिका, अपांग लगायतका बिभिन्न पक्षलाई समेट्दै विकास योजना कार्यलाई अघि बढाइएका छन् । ेयसैगरी, आर्थिक वर्ष २०८०÷८१ का लागि ७८ करोड ८२ लाख १६ हजारको बजेट विनियोजन गरेको छ । कुल विनियोजित रकम मध्ये चालु…
स्याङ्जा ९ असार । गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री किरण गुरुङले नेपालका लागि संघियता आवश्यक रहेको बताउनु भएको छ । आदिबासी जनजातिको आन्दोलनले गर्दा देशमा संघीयता आएको र जनजातिलाई नेतृत्वको अवसर प्रदान गर्ने पनि संघीयता भएको गण्डकी प्रदेशका पूर्व मन्त्री गुरुङले बताउनु भएको हो । लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जाको प्रथम जिल्ला अधिवेशनमा संवोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनु भएका गुरुङले संघीयता चाहिँदैन भन्ने भ्रममा पर्न नपर्न समेत सुझाव दिनुभयो । सबै जातजातिका बीचमा पुग्न सहजहोस र अवसर पाउनुपर्छ भनेर जनवर्गीय संगठन निर्माण गरिएको व्यक्त गर्नुभयो । जनवर्गीय संगठनको सुरुवात गर्ने नेकपा एमाले भएको नेता गुरुङको भनाई छ ।…
स्याङ्जा ९ असार । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीलाई सपथ ग्रहणपछि बोल्दै अध्यक्ष श्रेष्ठले उद्यमी महिलाहरुको समितिले यहाँका महिला उद्योगी व्यवासायी एव्ां उद्यमीहरुको हितका पक्षमा काम गर्दै उहाहरुलाई आत्मनिर्भर हुने खालका कार्यक्रममा जोडिन आग्रह गर्नुभयो । उहाले उद्यमीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । केसीको अध्यक्षतामा मनोनित १७ सदस्यीय महिला उद्यमी विकास समितिले शुक्रबार सपथ ग्रहण गरेको हो । महिला उद्यमी विकास समिति अध्यक्ष केसीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो । साथै…
स्याङ्जा ९ असार । कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ। आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताउनुभयो । अब आर्थिक अभावले उपचार नपाएर मर्नुपरे बाध्यताको अन्त्य हुनेछ । कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार निःशुल्क हुनेछ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने उहांले बताउनुभयो । नागरिक स्वस्थ रहेनै समाजको सर्वाङ्गिण विकास हुने थापाको ठम्याइ छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उहांले बताउनुभयो । आगामी आर्थिक वर्षमा समाजवाद उन्मुख स्वास्थ्य क्षेत्रको…
स्याङ्जा ९ असार । वालिङका उद्योगी ब्यापारीहरुसहित सरोकारवालाहरुका लागि अन्तरक्रिया एवं करदाता शिक्षा सञ्चालन गरिएको छ । करदाता सेवा कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ उद्योग वाणिज्य संघको समन्वयमा बिहीबार वालिङस्थित सिटीहलमा अन्तरक्रिया गरिएको हो । उद्योगी, ब्यापारी लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख शोभाकान्त पंगेनीले पान लिएपछि अनिवार्य रुपमा खरिद बिक्री खाता राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवाग्राहीहरुले स्पष्ट देखिने गरी पान नम्बर तथा करपाटीहरु ब्यापार ब्यवसाय गरेको ठाउँमा राख्नुपर्ने बताउनुभयो । उद्योगी ब्यापारी तथा सरोकारवालाहरुले राखेका जिज्ञाशाहरुको पगेनीले सहजीकरण गर्नुभएको थियो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले उद्योगी, ब्यापारी तथा…
स्याङ्जा ७ असार । गाउँपालिकाले विरुवा प्रज्ञा प्रतिष्ठान ऐन २०७९ र प्रज्ञा प्रतिष्ठान संचालन कार्यविधि २०७९ जारी गरे सँगै बरीष्ठ लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष शंकर बिरही गुरुङको अध्यक्षतामा विरुवा प्रज्ञा प्रतिष्ठानको कार्यसमिति गठन भएको हो । पिताम्बर शर्मा उपाध्यक्ष रहेको उक्त प्रतिष्ठानमा खड्क बहादुर गुरुङ र भिमलाल थापा सदस्य तथा विरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसाल सदस्य सचिव रहनुभएको छ । साथै विरुवा प्रज्ञा प्रतिष्ठान परिषद्मा प्रज्ञा प्रतिष्ठानका कार्यसमितिका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था बमोजिम श्री नवल बहादुर थापा, नन्द कुमारी खड्का, खेमराज गुरुङ, लेख बहादुर आले, कमला थापा, लक्ष्मी बसेल, गणेश…
स्याङ्जा ७ असार । वालिङ नगरपालिका वडा नं. ६ एक्ले पिपल स्थित एक महिलालाई सामाजिक संञ्जाल टिकटक मार्फत साथी बनाई निजको घरमा गएर बस्ने गर्दै गर्दा सोही महिलाकै घरबाट सुनका गहना चोरी गर्ने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ की कुसुम वि.सी. हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार विसिले वालिङ ६ एक्लेपिपलकी महिलाको आधी तोला बराबरको बेरुवा औठी थान–१ र अंदाजी १ तोला बराबरको करुवा लकेट सहितको सिख्री थान–१ चोरी गरी पोखरा स्थिन सुन पसालमा विक्रि गरेको भेटिएको हो । विसिलाई पक्राउ गरी…
स्याङ्जा ७ असार । पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा बिहीवार आयोजित १३ औं नगरसभामा नगरप्रमुख तुलसीराम रेग्मीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरेको हो । सभामा नीति तथा कार्यक्रमका बारेमा वाचन गदै नगर प्रमुख रेग्मीले संचालनमा रहेका नगरका गौरबका योजनालाई निरन्तरता दिईने गरी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सडक, पर्यटन, प्रबिधि, सामाजिक सुरक्षा तथा पञ्जिकरण, वातावरण, विपद ब्यवस्था, महिला, बालबालिका, जेष्ठ नागरिक , न्यायिक सेवा, सूचना तथा सञ्चार क्षेत्रलाई प्राथमिकता…
स्याङ्जा ४ असार । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत फोहोर संकलन गर्ने डष्टबिन वितरण गरेको छ । लघुवित्तले त्रिभुवन आदर्श बहुमुखी क्याम्पस र १००८ चम्पागिरी आश्रमलाई २÷२ थान ठूलो डष्टविन वितरण गरेको हो । डष्टविन हस्तान्तरण गर्दै सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका पूवं संचालक एंव संस्थापक सेयरधनी रमेश गोदारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत उपलब्ध डष्टविनको उचित सदुपयोग गर्न अनुरोध गर्नुभयो । उहाले प्रतिकात्मक रुपमा सबै सँगै छौं भन्नका लागि डष्टविन उपलब्ध गराएको भएपनि प्रत्यक्ष परोक्ष रुपमा सबै लघुवित्तमा जोडिएको बताउँदै सहकार्य र साझेदारीका लागि सबैलाई अनुरोध गर्नुभयो । डष्टविन ग्रहण गर्दै त्रिभुवन आदर्श बहुमुखि क्याम्पसका…