काठमाडौँ, ७ भदौ । नेपाल सरकारले शर्त सहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।
Author: Syangja Sandesh
स्याङ्जा ७ भदौ । स्याङ्जामा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी देखिएको छ । गतबर्ष नागरिकता भन्दा ५ हजार ३३५ वटा बढी राहदानी लिएको पाइएको हो । आर्थिक वर्ष २०८०÷८१ मा प्रशासन कार्यालय स्याङ्जाबाट ९ हजार ४८७ वटा नागरिकता नागरिकता बितरण भएको हो । बंशजका आधारमा लिएका नागरिकता हुन । यसैगरी, १४ हजार ८२२ वटा राहदानी बितरण भएको थियो । सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दे जिल्लाको मध्यभाग पार्नेगरी वालिङ्मा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । यसो गर्दा, उत्तरतर्फ जिल्ला प्रशासनमा र…
स्याङ्जा ६ भदौ । विश्व हिन्दु युवा संघ स्याङ्जाले अर्जुनचौपारी गाउँपालिकामा पुस्तकालय स्थापना गरेको छ । पालिकाको कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्लाका हरेक पालिकामा एक आध्यात्मिक ,सनातन धर्म संस्कृतिको जगेर्ना ,बालबालिका ,युवा केन्दृत सहितको पुस्तकालय स्थापना गर्ने उदेश्यले विश्व हिन्दु युवा संघले यसको सुरुवात अर्जुनचौपारीबाट गरेको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताउनुभयो । पुस्तकालयको माध्यमबाट मानिसहरुमा पढ्ने बानिको बिकास गर्न खोजिएको पौडेलले बताउनु भयो । पुस्तकालयमा झण्डै ७०० वटा नेपाली ,संस्कृत ,अङ्ग्रेजी भाषाका पुस्तक राखिएका छ्न। पुस्तकालयमा बिद्यार्थी ,युवा,बृद सबै जना आएर पढ्न मिल्ने पालिकाका अध्यक्ष प्रकाश तिवारीले भन्नुभयो । शिक्षा सुधारको पुस्तकालय स्थापना गर्नु…
स्याङ्जा ५ भदौ । स्याङ्जाका साहित्यकार एवं पुतलीबजार नगरपालिका प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी मनास्लु साहित्यदूत सम्मानबाट सम्मानित गरिने भएको छ । नेपाली भाषा साहित्यका लागि पुरयाउदै आउनु भएको योगदानको कदर गर्दै उहालाई आउदो कात्तिक १० र ११ अर्थात अक्टोबर २६ र २७ गते काठमाण्डौंमा सम्मान गरिने भएको हो । प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा काठमाण्डौमा हुने दुई दिने विश्व साहित्य सम्मेलनमा सो सम्मान समर्पण गरिने विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिनुभयो । विश्व नेपाली साहित्य महासंघमा विश्वका २५ देशमा र नेपालका ५१ जिल्लामा शाखा तथा उपशाखा रहेका छन । करिब १५ बर्षअघि स्थापना भएको संस्थाले यस पटक…
स्याङ्जा ५ भदौ । आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै ढाकिदिएका छन् । वालिङ नगरपालिका वाड नं ९ मा निर्माण गरिएको भवनको उद्घाटन आईतवार गरिएपनि भवनमा लेखिएको ताम्रपत्रमा उद्घाटन मिति भने २०८१ असार २२ लेखिएको छ । पुरानो मितिको ताम्रपत्र १ महिना पछि सुटुक्क आएर उद्घाटन गर्दा गृह जिल्लामै गृह सचिव अर्याल विवादमा फसेका हुन । जग्गा दाता तथा स्थानीयहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै ताम्रपत्र हटाउन र पुनः…
स्याङजा ३१ साउन । कबिबर केदारमान ब्यथित एवं पुष्पमान श्रेष्ठ र –चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा स्याङ्जामा खुला कबिता प्रतियोगिता एवं कबिता महोत्सव गरिएको छ । बिहीवार स्याङ्जा सदरमुकाममा आयोजित प्रतियोगितामासुन्दर शिरिष प्रथम हुनु भएकोछ सिन्धुपाल्चोक निवासी शिरिषले देश फर्किरहेको देश भन्ने शिर्षकमा कबिता वाचन गर्नु भएको थियो । यसैगरी, झापाका राजन सुवेदी दिपकको ‘हराएको देश’ द्धितिय, बाँकेका चन्द्राबती अधिकारीको ‘म आए’ तृतीय हुनु भएको छ । यसैगरी, तनहुका बिनायक पन्तको ‘ब्रह्माण्ड मस्तिष्क र स्याङजाका सम्झना थापाको ‘सम्झनु त्यही मेरो देश हो भन्ने कबिता सान्त्वना भएको छ । प्रथम हुनेलाई १५ हजार ५५५, द्धितीयलाई ११ हजार १११, तृतीयलाई ७ हजार ७७७ र…
स्याङ्जा २९ साउन। किसानलाई थप प्रोत्साहित बनाउन गल्याङ नगरपालिकाले प्रति लिटर १५ रुपैया अनुदान दिनथालेपछि यहाँ कृषि तथा पशुपालनमा आर्कषण बढेको छ । यहाँका दुध बिक्री गर्ने किसान सबैलाईगरी नगरपालिकाले ६५ लाख अनुदान बितरण गरेको जनाएको छ। पालिकाले बर्षेनी सो रकम बिनियोजन गर्दै आएको छ । जसका कारण किसान र पशु संख्यामा पनि बृद्धि भएको छ। किसानले उन्नत तथा स्थानीय जातका गाईभैसीं पालनगरी मनग्ये आम्दानी गर्न थालेका छन । नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानका लागि घाँस, दुध राख्ने भाडा, जुका, माटे लगायतका औषधी, गोबर परिक्षण, गोठ सुधार, पशु प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ । गएको बर्ष नगरपालिकाबाट एक…
स्याङजा २८ साउन । साउन २३ गतेदेखि भएको एसईईको पुरक ग्रेड वृद्धि परिक्षा स्याङ्जामा पनि जारी रहेको छ । पुरक ग्रेडबृद्धिका लागी स्याङजाबाट २ हजार १३२ जना परिक्षार्थी सहभागि हुँदैछन् । एसईईको गे्रडवृद्धिका लागी परिक्षा भएको र हालसम्म नियमितरुपमा परिक्षा संचालन भएको जिल्ला शिक्षा ईकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । परिक्षाकालागि जिल्लाभरलाई लक्षित गर्दै ६ वटा केन्द्रहरु तोकिएको छ । पुतलीबजार नगरपालिकामा ३ र वालिङमा ३ गरि ६ वटा परिक्षा केन्द्र तोकिएका छन । पुतलीबजारका त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय, रोशनी मावि र स्याङ्जा माविमा र वालिङ नगरपालिकाका पूर्णामृत भवानी मावि, पायनियर्श मावि र भूतपूर्व सैनिक माविमा परिक्षा केन्द्र…
स्याङजा २८ साउन । ज्याग्दी नहरमा गएको पहिरो झण्डै एक महिना लगाएर हटाएपछि पानी सञ्चालनमा आएको छ । गत असार २२ गते आएको अविरल वर्षसँगैको पहिरोले अवरुद्ध हुँदा नहर सञ्चालनमा आउने सकेको थिएन् । अविरल वर्षासँगै आएको पहिराले नहरको छ किमि तीन सय मिटरको दुरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दुरीमा रहेको डाङग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिराले नहर अवरुद्ध भएको थियो । नहर सञ्चालनमा नआउँदा चापाकोटको ५०० हेक्टर जमिनमा रोपाईँ हुन सकेको थिएन् । नहर सञ्चालनमा आएसँगै कृषकहरु धन रोप्न व्यस्त भएका छन् । चापाकोट नगरपालिका ४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर लामो नहरबाट…
स्याङ्जा २७ साउन । चापाकोट नगरपालिका — १० बारीकुनामा ट्याक्टर ठोक्किदा चालक महेन्द्र दमाईको मृत्यु भएको छ । बायोडाँडा स्थित भित्रि सडक खण्डमा माटो लिई आउने क्रममा लु ४ त २२१ नम्बरको टयाक्टर सडकको भित्तामा ठोक्किर घाईते भएका चालक दमाईको उपचारका क्रममा आइतवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पा रामपुर नगरपालिका —४ देवीस्थान घर भई हाल स्याङ्जा चापाकोट १० बोटेटारमा बस्दै आएका २८ बर्षे दमाईको उपचारको क्रममा चापाकोट अस्पताल मृत्यु भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा २७ साउन । बुटवल पावर कम्पनी (बीपीसी) को स्याङ्जा स्थित आँधीखोला बिद्युत बितरण केन्द्रको लेखा शाखामा लगाइएको ताला ३ महिनापछि खोलिएको छ। बिद्युत नियमन आयोगले जेठ महिनामा बढाइएको मूल्य तत्काल कार्यान्वयन नगर्न भनि पत्राचार गरेपछि केन्द्रमा लगाइएको ताला स्थानीय उपभोक्ताले नै खोली दिएका हुन्। महसुल बृद्धिको बिरोधमा मिटर रिडिङमा रोक लगाउनकै लागि तालाबन्दी गरेका हुन।वीपीसी र स्थानीयबीच भएका बिभिन्न सम्झौता वेवास्ता गर्दै आएको र एकतर्फिरुपमा बिद्युत महशुल बृद्धिगर्ने निर्णय गरेकाले उपभोक्ताहरु जेठ महिनादेखि आन्दोलित थिए। आन्दोलित स्याङजा र पाल्पाका स्थानीय उपभोक्ताले मूल्यबृद्धिको बिरोध गर्दै जेठ २२ गते केन्द्रमा तालाबन्दी गरेका थिए। गल्याङ नगरपालिका ३ मा स्थित आधीखोला जलबिद्युत केन्द्रले…
स्याङजा २७ साउन । नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव स्याङ्जामा मनाइएको छ । स्याङ्जा जिल्ला बार एशोसियसनको आयोजनामा हिजो बार्षिकोत्सव मनाइएको हो । बार्षिकोत्सवको उदघाटन गर्दै जिल्ला न्यायधीशा बासुदेव पौडेलले न्याय निरुपणमा बार र बेन्चबीच समन्वय र सहकार्य गर्दै अघि बढेको बताउनुभयो । बार र बेन्चको मर्यादा, आचरण र ब्यवस्थापनतर्फ ध्यान दिदै छिटो छरितो न्याय दिलाउने कार्यमा समन्वय र सहकार्य भएका कारण अदालती प्रक्रियामा सहज बनेको उहाले भन्नुभयो । कानुन व्यवसायीहरूको हक हितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्नु गराउनु र यसको अनुकरण गर्नु हामी सबैको लक्ष्य रहेको उहाले औल्याउनुभयो । कार्यक्रममा अदालतका श्रेस्तेदार एवं…
टिकाराम अधिकारीगल्याङ २६,साउन । गल्याङ नगरपालिका वडा नं.११,छाँप घरभइ गल्याङ बस्दै आउनु भएकी जमुना थापाको दुबै मृगौला फेल भइ हाल पोखरामा उपचार गराई रहनु भएको छ र उहाँको थप उपचारका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले संकलन गरेको रकम एक कार्यक्रमका बिच नगद १५,००,०००÷–( पन्ध्र लाख रूपैयाँ) हस्तान्तरण गरेको छ । रकम हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद महेन्द्र थापा मगरले रहेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउँदै हामीले खाने आहार व्यहारमा ध्यान दिन सकियो भने रोगबाट बच्च सकिने भएकाले रोग लाग्नु भन्दा पहिले नै संजक हुन आवश्यक रहेको कुरा बताउनु भयो । उहाँले भन्नु भयो “पट्ट मगर…
स्याङ्जा २६ साउन । विद्युत नियमन आयोगले बिपीसीलाई विद्युत महसुल बृद्धि गर्न दिएको अनुमति तत्काललाई कार्यन्वयन गर्न रोक लगाएको छ । विद्युत नियमन आयोग ऐन २०७४ का दफा २२ बमोेजिम उपभोक्ताले दिएको पुनरावलोकन निवेदनका आधारमा हाललाई बृद्धि गर्न दिएको अनुमति कार्यन्वयन नगर्न रोक लगाएको हो । आयोगले बुटवल पावर कम्पनीबाट संंचालित आँधीखोेला विद्युत वितरण केन्द्र गल्याङ् स्याङ्जालाई ४५ प्रतिशत देखी ७५ प्रतिशत सम्म विद्युत महसुल बृद्धि गर्ने अनुमति दिएका थियो । आयोगले महसुल बृद्धि गर्ने सिफारिस गरेपछि उपभोेक्ताहरुले महसुल बृद्धि गर्न नहुने भन्दै आन्दोेलन गर्दै आएका थिए । आयोगले साउन २२ गते एक पत्रजारी गर्दै २०८१ जेठ १ गते गोेरखापत्रमा…
स्याङ्जा २५ साउन । वालिङमा सञ्चालित किचन सहयोगी (कमी) तेस्रो तालिममा सहभागि युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । श्रम,राजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजना तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर,सिटुटेकको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सिप अहिलेको समयमा अपरिहार्य पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो,“सिप सिकेर गरेको जुनसुकै काममा सफलता मिल्छ,आम्दानी पनि राम्रो हुन्छ ।”विदेशको लागि सिप सिकेर जानु अति आवश्यक रहेको उहाँको भनाई छ । कार्यक्रममा प्रेस युनियन स्याङ्जाका निर्वत्मान अध्यक्ष प्रदिप कोईरालाले उपयुक्त सिपको अभावमा युवाहरुले स्वदेश तथा विदेशमा…