Author: Syangja Sandesh

स्याङ्जा २५ असार । पुतलीबजार नगरपालिकाले कुटानीपिसानीमा सहज बनाउन कम्वाईन मिल प्रदान गरेको छ । नगरपालिकाले संघीय सशर्त कार्यक्रम अन्र्तगत रैथाने बालि प्रवद्र्धन कार्यक्रम अन्तर्गत ती मिल उपलब्ध गराएको हो। नगरपालिकाको ५० र किसानका ५० प्रतिशत लागत साझेदारीमा कम्बाइन मिल उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । मिल हस्तान्तरण गर्दै मिलको उपयोग वडाबासी सबैले गर्न सुझाव दिदै प्रमुख रेग्मीले, ‘आफना गाउँघरमा उत्पादित अन्न गाउँघरमै कुटानीपिसानी गर्न सहज बनाउने उदेश्यले मिल उपलब्ध गराएका जनाउनुभयो ।, सेवाग्राहीलाई सहज हुनेगरी सुपथ शुल्कमा सेवा उपलब्ध गराउन समेत प्रमुखले सुझाव दिनुभयो ।’ यसपटक वडा नं. २, ५, ६, ७, ८, ९, ११, १२, १३,…

Read More

वालिङ, २४ असार । नगरपालिकामा सञ्चालनमा रहेको ‘उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र–ईबिक’लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व ग्रहण गर्ने तय भएको नगरउपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिसँग मिलेर सञ्चालनमा ल्याएको ईबिक प्रभावकारी रहेको छ त्यसैले यसलाई पालिकाले स्वामित्व ग्रहण गर्नेछ र पालिकाको अंगको रुपमा सञ्चालन गर्नेछ ।” कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका निवर्तमान् प्रमुख दिलिपप्रताप खाँणले उद्यमशीलताको प्रवद्र्धन अहिले आवश्यक्ता भएको बताउनु भयो । विदेशबाट फर्किएका र स्वदेशमा नै उद्यम गर्न चाहानेहरुको एक…

Read More

स्याङ्जा २४ असार । पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा कृषि उपज संकलन केन्द्र तथा सामुदायिक वीउ बैकको शुभारम्भ गरिएको छ । र बैंकको एक कार्यक्रमका बीच पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले संयुक्त रुपमा गमलामा कुरिलो रोपेर समुद्घाटन गर्नुभएको हो । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९ग्ल्म्ए० को आर्थिक तथा प्राविधिक सहयोग एंव सूर्योदय क्लब, स्याङ्जाको व्यवस्थापनमा संचालित हरितपुर्नउत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रमको सहयोग र सहजीकरणमा स्थापित केन्द्र र बीउ बैंकको पुतलीबजार बहुउदेश्यीय विकास केन्द्रले संचालनमा ल्याएको हो । संकलन केन्द्र र बीउ बैंकको…

Read More

स्याङ्जा २४ असार । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले हरेक मानिस शिष्ट र अनुशासन भएर आफ्नो जीवनलाई सुब्यवस्थित रुपमा सञ्चालन गर्नु आवश्यक भएको कुरा बताउनु भयो । गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गा स्थित वडा भवनमा आयोजित स्टेज उद्घोषण तथा माइन्युट लेखन ६ दिने तालीमको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो । नगर प्रमुख भट्टराईले भन्नु भयो बोल्ने पनि मानिसको एउटा कला हो त्यसलाई सहरुपमा प्रयोग गर्नु पर्ने र मानवीय जीवनलाई सहज र प्रभावकारी बनाउन र हरेक योजनाहरुलाई कागजी प्रक्रिया पुरागर्नका लागि भाषको माधयमबाट लेख्नु पर्ने भएकाले लेखन सीपको विकासका यस्तो तालिमको आयोजना…

Read More

स्याङ्जा २४ असार । प्रशस्त बर्षात् भएको बेलामा पनि कागतीका विरुवा नबिक्दा गल्याङ्का २६ बर्षे प्रदीप पाण्डेलाई चिन्ता थपिएको छ । बर्षभरिको मेहनतले बजार नपाउँदा उहामा चिन्ता थपिएको हो। गल्याङ् नगरपालिका २ स्थित रैबवारमा जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र संचालन गर्दै आएका पाण्डेसंग अहिले १८ महिनाका ६० हजार कागतीका (बीजु) विरुवा छन्। उहाका नर्सरीमा भएका ८० हजार मध्ये २० हजार मात्र बिक्री भएको उहाले बताउनुभयो । उहाले भन्नुभयो ‘सुनकागती १, सुनकागती २ र स्थानीय जातका कागतीका विरुवा छन्। सुनकागती १ तराईमा, सुनकागती २ पहाडमा र स्थानीय जातका कागती उच्च पहाडमा राम्रो उत्पादन लिन सकिन्छ।’ पोलीब्याग भित्रका कागतीका प्रति विरुवा…

Read More

स्याङ्जा २२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाका २ जना छात्रले सर्वोत्कृष्ठ नतिजा ल्याएका छन्। सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने दुबै छात्र निजी बिद्यालयका हुन् । वालिङ् नगरपालिका ९ स्थित पिसजोन एकेडेमीका संगीत भुषाल र गल्याङ् नगरपालिका ३ स्थित चिराग अंग्रेजी माध्यमिक बिद्यालयका उमेश चापागाईले ४÷४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिनुभयो । समन्वय अधिकारीका अनुसार, स्याङ्जामा ३.६ देखि ४ जीपीए ल्याउने १३५ जना, ३.२ देखि ३.६ ल्याउने ३७५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ६९७ जना, २.४ देखि २.८ जीपीए ल्याउने १ हजार २६ जना बिद्यार्थी छन ्। यसैगरी, २ देखि २.४…

Read More

स्याङ्जा २१ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिनुभयो । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत बढी रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुने छ । बोर्डले त्यससम्बन्धी निर्णय…

Read More

स्याङ्जा २१ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बिहीवार स्याङ्जाका घटनाका बारेमा अर्धबार्षिक समिक्षा गरेको छ । इन्सेकद्धारा प्रकाशित बर्ष पुस्तकको समिक्षा एवं जिल्लामा मानवअधिकारको अवस्था बिषयक अन्र्तक्रिया समेत गरिएको हो । पुतलीबजार नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश रोमाकान्त ज्ञवालीले न्याय अनुभूभि गर्ने बिषय भएको बताउनुभयो । जहाँ मानवअधिकारको प्रत्याभूति हुन्छ त्यहाँ मात्र विकास र समृद्धी संभव हुनेमा उहाले जोड दिनुभयो ।गर्भदेखि मृत्युपर्यन्तका सबै संस्कारको संरक्षण गर्नु मावनअधिकारभित्र पर्ने हुँदा सबैका अधिकार संरक्षणमा सरोकारवाला सबैको सकारात्मक सहयोग हुनु पर्ने बताउनुभयो । कार्यक्रममा पुतलीबजारका उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला न्यायधीवक्ता रामचन्द्र शर्मा, राष्ट्रिय अनुसंधान कार्यालयका…

Read More

स्याङ्जा, १९ असार । भीरकोट नगरपालिका सचिवालयमा एकल महिलाहरुका लागी क्षमता अभिवृद्धि तालिम भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिकाको समन्वयमा सोमबार एक दिने एकल महिलाहरुका लागी सामाजिक कुरिति विरुद्धको अभियान तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । तालिमको अवसरमा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने भन्दै समाजको विकासमा एकल महिलाहरुको पनि उत्तिकै महत्व र भुमिका रहेको बताउनुभयो । सकारात्मक सोँचले नै सिंगो समाजलाई परिर्वतन गर्ने भएकाले परम्परागत रुपा रहेका गलत संस्कारहरु हटाउन आवश्यक रहेको नगरप्रमुख कर्माचार्यले बताउनुभयो । नगरका ९ वटै वडाका एक महिलाहरु गरी ७० जनाको सहभागिता थियो ।

Read More

स्याङ्जा, १९ असार । वालिङ नगरपालिकाले दलित समुदायको लागीपञ्चे बाजाका सेट, सिलाई मेसिनहरु प्रदान गरेको छ । विभिन्न धार्मिक कार्यमा विशेष गरी विवाह प्रतबन्धमा प्रयोग हुँदै आएको पञ्चेबाजा पछिल्लो समय आधुनिकताका कारण र नयाँ पुस्तामा पुख्र्यौली पेशामा रुचि बढाउने उदेश्यले ती सामाग्री प्रदान गरिएको हो । दलित समुदायलाई आयआर्जन संग जोड्न तथा परम्परागत पुख्यौली पेशालाई निरन्तरता दिन चाहानेहरुका लागी अनुदानमा पञ्चेबाजा र सिलाई मेसिनहरु प्रदान गरेको उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले नगरभित्रका पञ्चे बाजा बजाउने समुह, शिलाई व्यवसायगर्दै आउनुभएका उद्यमीहरुका लागी मागको आधारमा आधुनिक शिलाई मेसिनहरु उपलब्ध गराईएको बताउनुभयो । नगरभित्रका ६७ जनाले…

Read More

स्याङ्जा, १९ असार । पुतलीबजार नगरपालिकाले सदरमुकामस्थित मुख्य बजारको चोकमा सुन्तलाको प्रतीक स्वरूप दुईवटा हरिया पात र डाँठ सहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा स्थापना गरेको छ । सदरमुकाम सहितको पुतलीबजार नगरपालिका–१ स्थित सहिदचोकमा निर्मित टावरको भित्री भागमा पाकेको सुन्तलाको फल राखिएको हो । नवलपरासी निवासी नरबहादुर विकले झण्डै ३ महिनामा सो प्रतिमा निर्माण गर्नुभएको हो । करिब ५० किलो तौलको सो प्रतिमामा तामा, पित्तल लगायतका विभिन्न धातु मिश्रण गरी बनाइएको छ । करिब ५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको बताइएको छ । समग्र जिल्लाकै पहिचान बोकेको सुन्तला र त्यसमा पनि पुतलीबजारमा अत्यन्तै राम्रो उत्पादन हुने भएकाले सुन्तलाको प्रवर्द्धन एवं…

Read More

स्याङ्जा १८ असार । आज गुरु पूर्णिमा नेपालमा आध्यात्मिक वा शैक्षिक गुरुहरूको सम्मानमा मनाइने पर्व हो । आफ्ना गुरुहरूलाई नमन गर्न र उनीहरूप्रति आदर प्रकट गर्न यो पर्व मनाइन्छ । हामी सबै मानिसको जीवन निर्माणमा गुरुहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। यस्तो अवस्थामा हामीलाई आकार दिन योगदान पु¥याउने गुरुहरूप्रति कृतज्ञताको भावना कायम राख्नुपर्ने जनविश्वास छ र त्यसलाई व्यक्त गर्न नै गुरुपूर्णिमा पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरुको परम्परा अनुसार असार शुक्ल पक्षको पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइन्छ । यो पर्व सामान्यतया असार साउन महिनामा पर्दछ । यो वर्ष असार १८ गते सोमबार आज गुरु पूर्णिमा परेको छ । पौराणिक मान्यता अनुसार गुरु…

Read More

स्याङ्जा, १७ असार । स्याङ्जाका मार्गहरुमा संचालित सवारी साधनहरुका भाडादर तोकिएका छन् ।पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरको आधारमा र कच्ची सडकमा भाडादर निर्धारण गरिएको छ । विस २०७२ सालपछि नयाँ भाडादर कायम गरिएको ब्यवसायीका भनाई छन् । जिल्लामा संचालित यातायातहरुको ब्यवस्थापन एवं अस्थायी मार्ग तथा भाडा निर्धारण समिति सहित सरोकारवालाहरुका बैठकले पक्की तथा कच्ची सडकमा गुड्ने सवारी साधनको भाडादर तोकिएको हो । पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडादरका आधारमा बस यात्राका लागि प्रतिब्यक्ति प्रति किलोमिटर ५ रुपैंया ५० पैसा र जीपमा प्रतिब्यक्ति प्रतिकिलोमिटर ६ रुपैंया कायम गरिएको छ । यसैगरी, कच्ची सडकमा बसका लागि प्रतिब्यक्ति प्रतिकिलोमिटर…

Read More

स्याङ्जा १७ असार । मध्यअसार सकिदा पनि स्याङ्जामा यसबर्ष १५ प्रतिशत मात्र रोपाईँ सकिएको छ । यसबर्ष समयमै पर्याप्त वर्षा नहुँदा मध्य असार आइसक्दा पनि जिल्लाभर १५ प्रतिशत मात्र रोपाईँ सकिएकोे कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । पानीको अभावमा बाँझा खेत पनि रोपाई हुन सकेको छैन। जिल्लामा जेठ अन्तिम साताबाटै रोपाइँ गरिन्छन्। गत वर्ष भने यही समयमा २० प्रतिशत रोपाइँ सकिएको थियो । मुल फुट्नेगरी पानी नपरेको किसानहरुका भनाई छन् । सिंचाई पुगेका खेतमा भने धान रोपिएका छन्। यसबर्ष साउनको अन्तिमसम्म रोपाईँ हुने अनुमान गरिएको छ । जिल्लाको माथिल्ला भेग पुतलीबजार नगरपालिका सहित फेदिखोला, आँधीखोला गाँउपालिकाहरुमा १५…

Read More

स्याङ्जा १६ असार । वालिङमा आधारभुत पत्रकारिता सम्बन्धी अभिमुखीकरण शुरु भएको छ । वालिङ नगरपालिकाको आयोजना र वालिङ टेलिभिजनको समजीकरणमा दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी अभिमुखीकरण तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले प्लस टू अध्यनरत विद्यार्थीका लागी यो अभिमुखीकरण तालिमको आयोजना गरिएको बताउनुभयो । प्लसटू मा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल टेलिभिजनका समाचार प्रधान सम्पादन शालिकराम सुवेदी प्रमुख प्रशिक्षक रहनुभएको छ । सुवेदीसंगै रेडियो आँधीखोलाका प्रबन्धक तोलाकान्त बगाले र वालिङ टेलिभिजनका मोहन सुनारले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा र संचालन शिक्षा साखा…

Read More